ताजा अपडेट
छायांकनको समयमा करणको धर्मा प्रोडक्सनले फोहोर फैलाएको भन्दै लिखित माफीको माग
निर्देशक करण जौरहको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सन कम्पनीविरुद्ध गोवाको इन्टरटेन्मेन्ट सोसाइटीले नोटिस जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हालै गोवामा छायांकनको लागि गएको धर्मा प्रोडक्सनले त्याँहाको छायांकन स्थलमा फोहोर गरेको आरोप लागेको हो ।
गोवास्थित नेरुलाका बासिन्दाले धर्मा प्रोडक्सन टोलीविरुद्ध उजुरी दिएपछि नोटिस जारी गरीएको हो । ती बासिन्दाले धर्मा टोलीले छायांकन नजिकैको सडकमा अन्य फोहोरहरु सहित बायोमेडिकल फोहोरहरु पनि अव्यवस्थित रुपमा फालेको भन्दै उजुरी दिएकी थिइन ।
बासिन्दाको उजुरीपछि यो विषय गोवाको सम्पदा बचाउ अभियान र कोभिड–१९ को समयमा त्याँहाको स्वास्थ्य सेवा निर्देशनालयको पनि ध्यानाकर्षण भएको छ । यो विषय तब चाखलाग्दो भयो जब अभिनेत्री कंगना रनौटले चलचित्र निर्माता र उनको निर्माण गृहको आलोचना गरिन ।
उनले ट्विटरमा यसो लेखिन्, “चलचित्र उद्योग राष्ट्रको नैतिक फाइबर र संस्कृतिका लागि मात्रै नभई वातावरका लागि पनि अत्यन्त विनाशकारी र हानिकारक भाइरस भैसकेको छ प्रकाश जावेडकर जी । यस्ता ठूला चलचित्र निर्माण कम्पनीहरुको यस्तो गैरजिम्मेवारपूर्ण कार्य ।”
लोचनचो एकभोट गोवाले करण जौहरसँग लिखित माफीको माग गरेको छ । यदि करणले ४८ घण्टाभित्रमा लिखित माफी नपठाएमा ती फोहोरहरु धर्मा प्रोडक्सनको कार्यालय र करण जौरहेको निवासमा पठाउने दाबी गरेको छ ।
यद्यपी यो आरोपलाई खण्डनगर्दै लोकल लाइन प्रोड्युसर दिलीप ब्रोकरले बुधबार पन्जाबमा भएको प्रेस कन्फरेन्समा कंगना र अन्यले वास्तविकता थाहा नपाई यो विषयमा अनावश्यक बोलिरहेको भनेका छन् । साथै उनले फोहोर राम्रोसँग व्यवस्थापन भएको तर त्याँहाको फोहोर व्यवस्थापन समितीको लापरवाहि रहेको दाबी गरेका छन् । - बलिउड हंगामा

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया