Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेस अछामद्धारा जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण

कांग्रेस अछामद्धारा जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण

नेपाली कांग्रेस अछामले जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्ला कार्य समितीको पहलमा पार्टी सभापति भरत कुमार स्वारले जिल्लाका सबै तहलाई मास्क, हेण्डसेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा रोकथाममा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री विरतण गरिएको सभापति स्वारले बताए । कांग्रेस अछामले सुरुवाती देखि नै पार्टीका कार्यकर्ता लगायत सबै तहबाट अग्रपंक्तीमा रहेर कोरोनाका बिरुद्ध जिल्लामा सक्रिय भुमिका निर्वाह गरिरहेको सभापति स्वारको भनाई छ ।

सामाजिक दुरी कायम गरी जिल्ला कार्य समितीको पार्टी कार्यालय रहेको बिपि स्मृती भवन मंगलसेनमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको जिल्ला सहसचिव एवंम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

कोरोनाले निम्त्याएको बिषम परिस्थितीमा पनि कांग्रेस अछामले स्वास्थ्य सामाग्री वितरण गरेको भन्दै स्थानिय तहका प्रमुखहरुले पार्टीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबिच जिल्ला पार्टी सभापति भरत कुमार स्वारले नेपाल प्रजातान्त्रीक सम्र्पक महासंघ अछामको जिल्ला अध्यक्षमा चयन भएका अर्जुन ताम्राकार र सचिव मिनबहादुर बोगटी तथा स्कुल अफ डेमोक्रेसी नेपाल अछामको अध्यक्षमा मनोनित भएका पदमराज अधिकारीलाई सोही क्रममा बधाई तथा शुभकामना दिएका थिए ।

सभापति स्वारले उनिहरुलाइ माला र अबिरका साथ सम्मान गर्दै बधाई दिएका कांग्रेस अछामले जनाएको छ । कार्यक्रममा पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, महासमिति सदस्य बल बहादुर कुँवर, अम्बिका चलाउने, महाधिबेशन प्रतिनिधि टक्कर ताम्राकार लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया