ताजा अपडेट
नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै
बंगलादेशको निमन्त्रणामा ढाकामा रहेको नेपाली फुटबल टोलीले मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । बंगलादेशस्थित बंगबन्धु रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल हुन लागेको हो ।
खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । बालगोपाल महर्जनको प्रमुख प्रशिक्षणमा रहेको नेपाली टोलीले दोस्रो खेल जित्ने लक्ष्य लिएको छ ।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई कतार विश्वकप छनोटको तयारीस्वरूप लिएको छ । कतार विश्वपकपका लागि एसियाली छनोट अन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी छ । समूह ‘बी’ रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी रहेको हो ।
तर यसअघि कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मिति तय भएको छैन। स्थगित भएको खेल दशरथ रंगशालामा हुनेछ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया