ताजा अपडेट
कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि
धनगढी : कैलालीमा एउटै पालिकामा थप ५८ जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ र २ को क्वारेन्टिनमा राखेर घर पठाईएका ५८ जनामा कोरोना पुष्टि भएको हो।
दुई सय ४२ जनामा आरडिटी पोजेटिभ आएकोमा ९३ जनाको जेठ २८ गते स्वाब संकलन गरीएको बताउँदै स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले ५८ जनामा कोरोना पुष्टि भएको बताईन्।
प्रेस विज्ञप्ती जारी गर्दै उनले भनेकी छिन्, ‘उनीहरुलाई लम्की बहुमुखी क्याम्पस र राधास्वामी सतसंगमा राखिएको थियो। तर नतिजा आउन ढिलाई भएपछि घर पठाईएको थियो।’
विज्ञप्ती मार्फत स्वास्थ्य शाखाले संक्रमण पुष्टि भएका ५८ जना भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र उनीहरुमा कोरोनाको लक्षण पनि नदेखिएकोले जानकारी गराईएको छ। पेजेटिभ देखिएका संक्रमितलाई घरमै सुरक्षित बस्न समेत आग्रह गरीएको छ। दिनेश खबर बाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया