ताजा अपडेट
बंगलादेशविरुद्ध छिरिङको डेब्यु, भरत बने कप्तान
बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी भरत खवासले गरेका छन् । प्रशिक्षक बाल गोपाल महर्जनले स्ट्राइकर भरतलाई कप्तानीको जिम्मेवारी दिएका हुन् । पहिलो खेलमा गोलकिपर किरण चेम्जोङले नेपालको कप्तानी गरेका थिए ।
यस्तै दोस्रो मैत्रीपूर्ण खेलमार्फत डिफेन्डर छिरिङ गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका छिरिङले दोस्रो खेलमा अवसर पाएका हुन् । गोलकिपिङमा किरण चेम्जोङ यथावत रहँदा डिफेन्डरमा सुमन अर्याल र अजित भण्डारीको स्थानमा रन्जित धिमाल र छिरिङ गुरुङले स्थान बनाएका हुन् ।
यस्तै मिडफिल्डर विक्रम लामाको स्थानमा एरिक बिष्टले सुरुवातदेखि नै खेल्ने छन् । दर्शन गुरुङले समेत सुरुवाती-११ मै स्थान बनाएका छन् । एरिक र दर्शन पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । पहिलो खेलमा खेलेको नेपाली टिममा आज ५ खेलाडी परिवर्तन गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया