ताजा अपडेट
अछाममा थप २ जना कोरोना संक्रमित थपिए
अछाम – जिल्लामा थप २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. २ का २९ बर्षिया महिला र १ बर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टी भएको हो ।
राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौमा भएको परिक्षणका क्रममा थप २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवराज जोशीले जानकारी दिए । सोमबार मात्रै ७ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यो संगै जिल्ला भित्र संक्रमितको संख्या ७८ पुगेको छ भने जिल्ला बाहिरका ३ गरि ८१ पुगेको छ ।
चौरपाटी गाउँपालिकामा कोरोना भाईरस संक्रमितको संख्या ८ पुगेको छ । यस अघि ६ जनामा पुष्टि भए पनि आज दुई जनामा संक्रमण देखिए सँगै आठ जना पुगेको गाउँपालिकाले जनाएको छ ।
यस अघि भारतबाट आएका ब्यक्तिमा देखि पनि आज अन्य ब्यक्तिमा समेत देखि पछि जोखिम बढेको छ । जेठ १२ गते भारतबाट आएका २३ बर्षिया पुरुषको आरडिटी रिपोर्ट नेगेटिभ भए पछि १४ दिन क्वारेन्टाइन समय सकेर घर फर्किएका पुरुष श्वाव संकलन पछि घर गएका थिए ।
घर फर्किएका पुरुषको पिसिआर रिर्पाेट पोजेटिब आए पछि घर परिवारको समेत श्वाब संकलन गरिएको थियो । घर परिवारको अरु सदस्य नेगेटिभ आए पनि पोजेष्टिभ पुरुष सँगै उनका २९ बर्षिया भाउजू र १ बर्षिया छोरीको रिपोर्ट पोजेष्टिभ देखिएको स्वास्थ्य शाखा चौरपाटीले जनाएको छ।
यस अघि भारतबाट आएका ब्यक्तिमा मात्र कोरोना पुष्टि भए पनि समुदायमा आज दुई जनामा कोरोना पुष्टि भए सँगै जोखिम रहेको चौरपाटी स्वास्थ्य शाखा सिनियर अहेब अधिकृत कमल साउदले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया