ताजा अपडेट
कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु, पिसिआर रिपोर्ट आएपछि मात्रै अन्तिम संस्कार गरिने
१३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका-७ का ३६ वर्षिय युवकको मृत्यु भएको छ।
सोमबार साँझ घरमै रहेका बेला ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।आइतबार आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो।लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले ती युवकमा अन्य स्वास्थ्य समस्या नभएको बताए।
मृत्युपछि उनको पिसिआर परीक्षण गर्न स्वाब धनगढी ल्याइएको छ।पिसिआरको रिपोर्ट आएपछि मात्र ती युवकको शव व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले बताए।
मृत्यु भएका युवक जेठ २६ गते भारतको हल्दानीबाट नेपाल आएका थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया