Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्कटल्यान्ड बन्यो निःशुल्क प्याड दिने पहिलो देश

स्कटल्यान्ड बन्यो  निःशुल्क  प्याड दिने पहिलो देश

स्कटल्यान्डले सेनिटरी प्याड र टेम्पुन निःशुल्क वितरण गर्ने भएको छ। सिएनएनका अनुसार महिनावारीमा चाहिने टेम्पुन र प्याड निःशुल्क वितरण गर्ने देशमध्ये स्कटल्यान्ड पहिलो राष्ट्र बनेको हो।  

सार्वजनिक भवन, स्कूल, विश्वविद्यालय र सर्वसाधारणमा स्कटल्यान्डले प्याड र टेम्पुन निःशुल्क उपलब्ध गराउने भएको हो। नयाँ नियम अनुसार यी क्षेत्रबाट महिलाहरूले निःशुल्क सामग्री पाइरहेका छन् वा छैन भन्ने सुनिश्चित गर्न स्थानीय अधिकारी र शिक्षा प्रदायकहरू खट्नेछन्। 

मंगलबार स्कटल्यान्डको संसदिय बैठकमा ुमहिनावारीका सामग्रीु सम्बन्धी विधेयकको पक्षमा अत्याधिक मतदान भएको थियो। सिएनएनका अनुसार विधेयकमा सांसदहरूले महिनादिन अघिदेखि समर्थन गर्दै आएका थिए। 

यो अभियानलाई ट्रेड युनियन, महिला संगठन र परोपकारी संघ(संस्थाले व्यापक समर्थन गरेको छ। गत वर्ष विधेयक प्रस्तुत गरेका सभासद मोनिका लेननले मतदान हुनु केही समयअघि मात्र भनेकी थिइन्, ुस्कटल्यान्ड यसको लागि अन्तिम इतिहास भने हुने छैन।ु

लेननका अनुसार यो विश्वकै लागि एक उदाहरण बनेको छ। महिनावारीका सामग्री निःशुल्क प्राप्त गर्न सकिन्छ भन्ने स्कटल्यान्डको यो अभियान उदाहरण बनेको छ। 

विधेयकसँगै जारी आर्थिक ज्ञापनपत्रका अनुसार यसरी निःशुल्क प्याड र टेम्पुन वितरण गर्दा  सन् २०२२ सम्ममा ९० लाख डलर खर्च हुनसक्ने अनुमान छ। यो खर्च महिलाहरूले अभियानबाट लिने लाभमा भर पर्छ।यसअघि बेलायत, न्युजिल्याण्ड लगायत देशले स्कुलहरूका लागि मात्रै सेनिटरी प्याड निस्शुल्क दिँदै आएका थिए।

प्रतिक्रिया