Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्कटल्यान्ड बन्यो निःशुल्क प्याड दिने पहिलो देश

स्कटल्यान्ड बन्यो  निःशुल्क  प्याड दिने पहिलो देश

स्कटल्यान्डले सेनिटरी प्याड र टेम्पुन निःशुल्क वितरण गर्ने भएको छ। सिएनएनका अनुसार महिनावारीमा चाहिने टेम्पुन र प्याड निःशुल्क वितरण गर्ने देशमध्ये स्कटल्यान्ड पहिलो राष्ट्र बनेको हो।  

सार्वजनिक भवन, स्कूल, विश्वविद्यालय र सर्वसाधारणमा स्कटल्यान्डले प्याड र टेम्पुन निःशुल्क उपलब्ध गराउने भएको हो। नयाँ नियम अनुसार यी क्षेत्रबाट महिलाहरूले निःशुल्क सामग्री पाइरहेका छन् वा छैन भन्ने सुनिश्चित गर्न स्थानीय अधिकारी र शिक्षा प्रदायकहरू खट्नेछन्। 

मंगलबार स्कटल्यान्डको संसदिय बैठकमा ुमहिनावारीका सामग्रीु सम्बन्धी विधेयकको पक्षमा अत्याधिक मतदान भएको थियो। सिएनएनका अनुसार विधेयकमा सांसदहरूले महिनादिन अघिदेखि समर्थन गर्दै आएका थिए। 

यो अभियानलाई ट्रेड युनियन, महिला संगठन र परोपकारी संघ(संस्थाले व्यापक समर्थन गरेको छ। गत वर्ष विधेयक प्रस्तुत गरेका सभासद मोनिका लेननले मतदान हुनु केही समयअघि मात्र भनेकी थिइन्, ुस्कटल्यान्ड यसको लागि अन्तिम इतिहास भने हुने छैन।ु

लेननका अनुसार यो विश्वकै लागि एक उदाहरण बनेको छ। महिनावारीका सामग्री निःशुल्क प्राप्त गर्न सकिन्छ भन्ने स्कटल्यान्डको यो अभियान उदाहरण बनेको छ। 

विधेयकसँगै जारी आर्थिक ज्ञापनपत्रका अनुसार यसरी निःशुल्क प्याड र टेम्पुन वितरण गर्दा  सन् २०२२ सम्ममा ९० लाख डलर खर्च हुनसक्ने अनुमान छ। यो खर्च महिलाहरूले अभियानबाट लिने लाभमा भर पर्छ।यसअघि बेलायत, न्युजिल्याण्ड लगायत देशले स्कुलहरूका लागि मात्रै सेनिटरी प्याड निस्शुल्क दिँदै आएका थिए।

प्रतिक्रिया