Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रहेनन प्रख्यात अर्जेन्टिनी फुटबल खेलाडी तथा कोच डियगो म्याराडोना - मृत्यु को कारण हृदयाघात

रहेनन प्रख्यात अर्जेन्टिनी फुटबल खेलाडी तथा कोच डियगो म्याराडोना  - मृत्यु को कारण  हृदयाघात

विश्वकै सर्वकालिक महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयाघातका कारण निधन भएको हो। उनी यसअघि पनि मस्तिष्कसम्बन्धी समस्याबाट बिरामी थिए। दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए।  सन् १९६० अक्टोबर ३० मा उनको जन्म भएको थियो।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका हुन्। २००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे। अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो। 

प्रतिक्रिया