Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

‘मैले गर्दा विरोधीलाई ठूलै फाइदा पुग्यो, थाहा छ ! यदि ड्रग्स नलिएको भए कस्तो खालको खेलाडी हुन्थेँ ?’- म्याराडोना

‘मैले गर्दा विरोधीलाई ठूलै फाइदा पुग्यो, थाहा छ ! यदि ड्रग्स नलिएको भए कस्तो खालको खेलाडी हुन्थेँ ?’- म्याराडोना

अर्जेन्टिनालाई सन् १९८६ मा विश्व कप जिताउने दिग्गज फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । असाधारण क्षमताका कारण उनले आफ्नो करियरलाई त चम्काए तर ड्रग्सको लतका कारण यसमा आफैंले दाग पनि लगाए । यो नशाको लतमा एकपटक म्याराडोना आफैंले भनेका थिए, ‘मैले आफ्ना विरोधीलाई ठूलै फाइदा पुर्याएँ । थाहा छ, यदि मैले ड्रग्स नलिएको भए कस्तो खालको खेलाडी हुन्थेँ ? ’

म्याराडोनाले सन् १९८२ को दशकमा कोकिन लिन सुरु गरेका थिए । त्यतिबेला उनको करियर फस्टाउँदो थियो । तर उनलाई नशाको लत लागिसकेको थियो । सन् १९८४ मा जब नेपोली क्लबका लागि खेल्न थालेका थिए तब उनी इटालियन माफिया कोमोरोको सम्पर्कमा आएका थिए । त्यसको दुई दशकसम्म उनले लगातार ड्रग्स लिए र रक्सी पिए । 

सन् २०१५ मा म्याराडानाले ड्रग्सको लतबारे कुरा गर्दै आफूले विरोधीलाई ठूलो फाइदा पुर्याएको बताए । उनले एकपटक अन्तर्वार्तामा भनेका थिए, ‘के तपाईंलाई थाहा छ, यदि मैले ड्रग्स नलिएको भए कस्तो प्रकारको खेलाडी हुन्थेँ ?’
कोकिन सेवन गरेको भन्दै उनको क्लब नेपोलीले उनलाई सन् १९९१ मा १५ महिनाका लागि प्रतिबन्ध गर्यो । त्यसै वर्ष उनलाई ब्यूनस आयर्समा ५ सय कोकिनसहित पक्राउ गरिएको थियो । उनलाई त्यतिबेला १४ महिनाको सजाय दिइएको थियो । 

फिर्ता भए तर नशाले छोडेनः

३ वर्षपछि सन् १९९१ मा म्याराडोनाको अर्जेन्टिनाको नेशनल टिममा फिर्ती भयो । त्यतिबेला ग्रीसविरुद्ध गरेको उनको गोल चर्चामा रहेको थियो । म्याराडोनाले ग्रीसविरुद्ध गरिएको आफ्नो गोलका लागि क्यामेराको अगाडि चिच्याउँदै खुसी मनाएका थिए । यद्यपि, उक्त खेल पनि म्याराडोनाले पूरा खेल्न पाएनन् किनभने प्रतिबन्धित औषधीको सेवनका कारण उनलाई १५ महिनाका लागि प्रतिबन्ध गरिएको थियो । यो नै उनको करियरको अन्त्य थियो । 

सन् १९९५ मा उनी बोका जुनियर्स क्लबका लागि खेल्न थाले । त्यहाँ पनि उनी ड्रग परीक्षणमा फेल भए । यसपटक उनी ६ वर्षमा तेस्रो पटक ड्रग परीक्षणमा फेल भएका थिए । यसले उनको फुटबल करियर नै नष्ट पारिदियो । 

करियरमा दाग लाग्यो, स्वास्थ्य पनि कमजोर भयोः

म्याराडोनाको करियरमा ड्रगका कारण थुप्रै पटक उतार–चढाव आयो । उनले आफ्नो गल्ती स्विकार गर्नु थुप्रै वर्षअघि सन् १९९६ मा सार्वजनिक रुपमा भनेका थिए, ‘म ड्रग एडिक्ट थिएँ, हुँ र सधैं रहनेछु ।’ ड्रग्सले उनको स्वास्थ्यलाई पनि क्षती पुर्यायो । सन् २००० मा उनलाई ड्रग्सको ओभरडोज भएको थियो । यसैकारण उनलाई सन् २००४ मा हृदयघात भएको थियो । सन् २००५ मा उनले आफ्नो बायपास सर्जरी गराउनु परेको थियो । सन् २००७ मा उनलाई अस्पताल भर्ना गराइएको थियो । 

पछिल्लो विश्वकपमा पनि बानीका कारण चर्चामा आएः

सन् २०१७ मा म्याराडोनाले नशाको सेवन छोडिदिएको अनुमान गर्न थालियो । उनी आफैंले सन् २०१७ मा आफूले पछिल्लो १३ वर्षदेखि ड्रग्स नलिएको र आफूले निकै राम्रो महसुस गरेको बताएका थिए । तर सन् २०१८ को विश्वकपमा उनी अर्जेन्टिनाको थुप्रै खेलमा रक्सी पिइरहेको देखिएका थिए । उनको एउटा भिडियो पनि सार्वजनिक भएको थियो जसमा उनी विमानभित्र टकिला पिइरहेका थिए । म्याराडोनाले भनेका थिए, ‘नाइजेरियाविरुद्ध खेल जितेपछि मैले सबै वाइन पिएको थिएँ ।’

प्रतिक्रिया