Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मेल्लेख गाउपालिका को छैटौं गाउँ सभामा ४१ करोड ६१ लाख बढीको निति तथा कार्यक्रम प्रस्तुत

मेल्लेख गाउपालिका को छैटौं गाउँ सभामा ४१ करोड ६१ लाख बढीको निति तथा कार्यक्रम प्रस्तुत

लालबहादुर चदारा, अछाम ।

मेल्लेख गाउपालिकाले छैटौँ गाँउ सभाबाट आगमी आर्थिक बर्षका लागि अनुमानित आयव्याय सहितको ४१ करोड ६१ लाख ८९ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ । सभाले १ करोड भन्दा बढि बजेट अझै अपुग भएको नीति तथा कार्यक्रममा राखिएको छ ।

पालिका उपाध्यक्ष धनबहादुर शाहीले गाँउपालिकाकाले आगामी आर्थिक बर्षका लागि ल्याएको निति तथा कार्यक्रममा विभिन्न सुचकहरु प्रस्ततु गरेका थिए ।

आर्थिक बिकास, गरिबी निबारणमा प्रत्येक्ष योगदान पु¥याउने उत्पादन मुलुक छिटो प्रतिफल प्राप्त गर्न सकिने जनताको जीवन स्तरमा आम्दानि रोजगारि बढाउने लगायतका कार्यक्रममा प्रथामिकता दिएको छ । यस्तै कृषि, पसु, उधोग पर्यटन सहकारी, स्वास्थ्य खानेपानी तथा सरसफाइ संसकृति प्रबर्द्धन शिक्षा ,पर्बधार बिकास सिचाइ संचार बन तथा वातावरण, बिपत ब्यबस्थापन शुसासन तथा संस्थागत बिकास लगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा जोड दिईएको छ ।

यसबर्ष मेल्लेख गाउपालिकाले ल्याएको नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्रथामिकता राखेको छ । कृषि बिमा, कृषी एमबुलेन्स, तरकारी फलफुल संकलन केन्द्र र बिश्व महामारीको रुपमा फैलिदै गएको अबस्थामा पिसिआर मेशिन खरिदको लागि अन्य गाउपालिका तथा नगरपालिकासम्म सहकार्य गरेर मसिन खरिदका लागि पनि नीति तथा कार्यक्रम राखेको छ ।

गाउपालिकाले निति तथा कार्यक्रममा अधिकांश कार्यक्रम अघिल्लो बर्षका बिषयलाई निरन्तरता दिदै कार्यन्वयन गर्ने कुरामा जोड दिएको छ । यस्तै कोरोना रोकथाम तथा नियन्त्रणमाको लागि पनि बिशेष बजेटको ब्यबस्था गरेको छ ।

गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा भएको गाउसभाका प्रमुख अतिथि पूर्व जिविस सभापति कृष्णप्रसाद जैसि रहनु भएको थियो । गाउँ सभामा नेकपा जिल्ला कमेटि सदस्य तथा नेकपा मेल्लेख इनचार्ज हिरेन्ड भट्टराई नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य पदम खडका लगाएतले निति तथा कार्यक्रम माथि सुझाव राखेका थिए ।

प्रतिक्रिया