Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेल्लेख गाउपालिका को छैटौं गाउँ सभामा ४१ करोड ६१ लाख बढीको निति तथा कार्यक्रम प्रस्तुत

मेल्लेख गाउपालिका को छैटौं गाउँ सभामा ४१ करोड ६१ लाख बढीको निति तथा कार्यक्रम प्रस्तुत

लालबहादुर चदारा, अछाम ।

मेल्लेख गाउपालिकाले छैटौँ गाँउ सभाबाट आगमी आर्थिक बर्षका लागि अनुमानित आयव्याय सहितको ४१ करोड ६१ लाख ८९ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ । सभाले १ करोड भन्दा बढि बजेट अझै अपुग भएको नीति तथा कार्यक्रममा राखिएको छ ।

पालिका उपाध्यक्ष धनबहादुर शाहीले गाँउपालिकाकाले आगामी आर्थिक बर्षका लागि ल्याएको निति तथा कार्यक्रममा विभिन्न सुचकहरु प्रस्ततु गरेका थिए ।

आर्थिक बिकास, गरिबी निबारणमा प्रत्येक्ष योगदान पु¥याउने उत्पादन मुलुक छिटो प्रतिफल प्राप्त गर्न सकिने जनताको जीवन स्तरमा आम्दानि रोजगारि बढाउने लगायतका कार्यक्रममा प्रथामिकता दिएको छ । यस्तै कृषि, पसु, उधोग पर्यटन सहकारी, स्वास्थ्य खानेपानी तथा सरसफाइ संसकृति प्रबर्द्धन शिक्षा ,पर्बधार बिकास सिचाइ संचार बन तथा वातावरण, बिपत ब्यबस्थापन शुसासन तथा संस्थागत बिकास लगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा जोड दिईएको छ ।

यसबर्ष मेल्लेख गाउपालिकाले ल्याएको नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्रथामिकता राखेको छ । कृषि बिमा, कृषी एमबुलेन्स, तरकारी फलफुल संकलन केन्द्र र बिश्व महामारीको रुपमा फैलिदै गएको अबस्थामा पिसिआर मेशिन खरिदको लागि अन्य गाउपालिका तथा नगरपालिकासम्म सहकार्य गरेर मसिन खरिदका लागि पनि नीति तथा कार्यक्रम राखेको छ ।

गाउपालिकाले निति तथा कार्यक्रममा अधिकांश कार्यक्रम अघिल्लो बर्षका बिषयलाई निरन्तरता दिदै कार्यन्वयन गर्ने कुरामा जोड दिएको छ । यस्तै कोरोना रोकथाम तथा नियन्त्रणमाको लागि पनि बिशेष बजेटको ब्यबस्था गरेको छ ।

गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा भएको गाउसभाका प्रमुख अतिथि पूर्व जिविस सभापति कृष्णप्रसाद जैसि रहनु भएको थियो । गाउँ सभामा नेकपा जिल्ला कमेटि सदस्य तथा नेकपा मेल्लेख इनचार्ज हिरेन्ड भट्टराई नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य पदम खडका लगाएतले निति तथा कार्यक्रम माथि सुझाव राखेका थिए ।

प्रतिक्रिया