ताजा अपडेट
क्यारेबियन प्रिमियर लिगमा सन्दीपको मूल्य एक करोड
काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिब एक करोड ८ लाख ५० हजार मूल्यसँगै ड्राफ्टमा नाम दर्ता गराएका छन्। सीपीएलमा नाम दर्ता गराउने उनी एकमात्र नेपाली क्रिकेटर हुन्।
सीपीएलले आज बुधबार ड्राफ्ट गर्ने बताएको छ, जहाँ सन्दीपले ९० हजार अमेरिकी डलर बराबरको ड्राफ्ट दर्ता गराएका छन्।
ईएसपीएन क्रिकइन्फोका अनुसार ड्राफ्टमा २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्टमा सर्वाधिक मूल्य राख्नेमा पाकिस्तानका शाहिद अफ्रिदी छन्। उनले आफ्नो मूल्य एक लाख ६० हजार डलर राखेका छन्। विश्वकप विजेता इंग्ल्यान्डका कप्तानले आफ्नो मूल्य एक लाख ३० हजार डलर राखेका छन्।
सन्दीप धेरै मूल्य राख्नेमा चौथो नम्बरमा छन्। तेस्रो नम्बरमा भने टम बन्टन, टिम साउथी र बेन बटिङले समान एक लाख १० हजार डलर मूल्य राखेका छन्।
सिपीएल आगामी अगस्टको १८ बाट सेप्टेम्बर १० सम्म बन्द रंगशालामा हुने तय भएको छ। स्थानीय सरकारको स्वीकृतिमा क्रिनिडाड र टोबागो रंगशालामा खेल हुनेछ। – नेपाल समय
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन
-
प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने
-
हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ
-
एक विज्ञप्ति जारी गर्दै बालेन र हर्कलाई गरे मुकुलले आह्वान
-
गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
प्रतिक्रिया