ताजा अपडेट
दलित सेवा संघ अछामले गर्यो जिल्लाका ३ तहलाई आर्थिक सहयोग
सुरत सुनार, अछाम –
दलित सेवा संघ अछामले आफ्नो कार्य क्षेत्र रहेका ३ स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ। संघले जिल्लाका ३ साँफेबगर नगरपालिका, बान्नीगढी जयागढ़ गाउँपालिका र मेल्लेख गाउँ पालिकाले स्थापना गरेको कोरोना राहत कोषमा १५/१५ हजार आर्थिक सहयोग गरिको हो।
३ पालिकाको राहत कोषको खातामा जम्मा हुने गरि १५ हजारको चेक प्रदान गरिएको संघका सचिव टंक ताम्राकारले बताए।
कोरोना भाईरसका कारण सृजना भएको अप्ठेरो परिस्थीतीमा यसको रोकथाम तथा नियन्त्रण गर्न केही हद्सम्म भएपनि राहत पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको उनको भनाई छ।
बुधबार आज मेल्लेख गाउँपलिकलाई आर्थिक सहयोगको चेक प्रदान गरिएको थियो। मेल्लेख गाउँ पालिकाका अध्यक्ष लोक बहादुर बोहरालाई सस्थाका कार्यक्रम सँयोजक खम्मेश्वरी बोगटीले चेक हस्तान्तरण गरेकी थिन।
यसअघि संघले साँफेबगर नगरपालिका र बान्नीगढी जयागढ़ गाउँपालिकालाई पनि १५ हजार आर्थिक सहयोग गरेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया