ताजा अपडेट
दलित सेवा संघ अछामले गर्यो जिल्लाका ३ तहलाई आर्थिक सहयोग
सुरत सुनार, अछाम –
दलित सेवा संघ अछामले आफ्नो कार्य क्षेत्र रहेका ३ स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ। संघले जिल्लाका ३ साँफेबगर नगरपालिका, बान्नीगढी जयागढ़ गाउँपालिका र मेल्लेख गाउँ पालिकाले स्थापना गरेको कोरोना राहत कोषमा १५/१५ हजार आर्थिक सहयोग गरिको हो।
३ पालिकाको राहत कोषको खातामा जम्मा हुने गरि १५ हजारको चेक प्रदान गरिएको संघका सचिव टंक ताम्राकारले बताए।
कोरोना भाईरसका कारण सृजना भएको अप्ठेरो परिस्थीतीमा यसको रोकथाम तथा नियन्त्रण गर्न केही हद्सम्म भएपनि राहत पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको उनको भनाई छ।
बुधबार आज मेल्लेख गाउँपलिकलाई आर्थिक सहयोगको चेक प्रदान गरिएको थियो। मेल्लेख गाउँ पालिकाका अध्यक्ष लोक बहादुर बोहरालाई सस्थाका कार्यक्रम सँयोजक खम्मेश्वरी बोगटीले चेक हस्तान्तरण गरेकी थिन।
यसअघि संघले साँफेबगर नगरपालिका र बान्नीगढी जयागढ़ गाउँपालिकालाई पनि १५ हजार आर्थिक सहयोग गरेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया