Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

अछाममा एकै दिन ८६ जना संक्रमीत थपिए , जम्मा संख्या २७६ पुग्यो

अछाममा एकै दिन ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका ४ जना र रामारोशन गाउँपालिकाका ८२ जना गरि ८६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या २७६ पुगेको छ ।

Read more

जिससद्वारा स्थानीय तहलाई मास्क र सेनिटाइजर वितरण

जिल्ला समन्वय समिति अछामले यहाँका १० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लामा समन्वय समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा क्षेत्रमा नम्बर १ का पाँच वटा स्थानीय तह र उपप्रमुख टोपबहादुर रावलको नेतृत्वमा क्षेत्र नम्बर २ का पाँच वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

Read more

तुर्माखाँदकी गर्भवती महिला लाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो , लकडाउन यता ३ जना महिलाको उद्वार

तुर्माखाँद गाउँपालिका ४ कि १८ बर्षिया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वार उद्वार गरिएको छ । १८ बर्षिया मनिषा ओखेडाको आज बिहीबार तुर्माखाँदबाट सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहाेर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको उहाँले बताउनुभयो ।

Read more

अछामका सात स्थानीय तहले निति तथा कार्यक्रम सार्वजनिक गरे

साँफेबगर नगरपालिकाकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाँचौ नगर सभा मार्फत नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागि ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन ।

Read more

एकैदिन अछाममा २२ जना संक्रमीत थपिए

अछाममा एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार चौरपाटी गाउँपालिकाका १३ जना ,मंगलसेन नगरपालिकाका ६ जना ,पन्चदेवल बिनायक नगरपालिकाका १ जना मेल्लेख गाउँपालिकाका ३ जना गरि २२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

Read more
Page 8 of 8