Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सम्झनामा स्वाँर

सम्झनामा स्वाँर

गोविन्द अधिकारी

नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ । चिनेको भन्न पनि नमिल्ला । तनहुँका राष्ट्रिय पञ्चायत सदस्य उमाभद्र खनालसँगै म उनको कार्यकक्षमा पुगेको थिएँ । सिंहदरबार, ग्यालरी बैठकसँगैका काठे घरमा अध्यक्षको कार्र्यालय थियो । कतै काम परेर जाँदा फुर्र्सद हुनेबित्तिकै उमाभद्र जीले मलाई पनि स्वाँरको कार्यकक्षमा लैजान्थे । सँगै गएपछि मेरो परिचय पनि उनैले दिन्थे । कहिले कहीँँ त मलाई नै लाज लाग्ने गरी प्रशंसा गरिदिने । यही क्रममा स्वाँर जीको कार्यालयमा जाँदा उनका कुरा सुन्ने गरेको हो । 

त्यतिबेला राष्ट्रिय पञ्चायतका १२ जना सदस्यहरूको एउटा गुट अलि बढी नै विद्रोही देखिन थालेको थियो । अध्यक्ष स्वाँर पनि यिनीहरूको पक्षमा थिए । उमाभद्र खनाल, मुक्तिलाल चुके, पेसलकुमार पोखरेल, रामध्वज खड्का, भद्रा घले, गणेशबहादुर खत्री, आङ दण्डी लामा आदि थिए त्यस समूहमा । उनीहरू पञ्चायतमा बालिग मताधिकारका आधारमा चुनाव र राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी प्रधानमन्त्रीजस्ता सुधारका पक्षमा थिए । पञ्चायतभित्रको गुटबन्दीको झल्को मैले त्यति बेलै यिनीहरूकै संगतबाट पाएको हो । स्वाँर जीको कार्यकक्ष यही समूहले प्रायः कब्जा गर्थ्यो । 

नलाई भेट्न विदेशी पाहुना प्रायः आइरहन्थे । पाहुनाका लागि भनेर ल्याएको मिठाइ उब्रिँदो रहेछ । त्यो मिठाइ अध्यक्षले साथीहरूलाई खुवाउँदा रहेछन् । त्यही लहरोमा दुई चारपटक म पनि मिठाइ खाने लहरमा परेको थिएँ । परराष्ट्र मन्त्रालयको अतिथि सत्कार विभागबाट आउने ती मिठाइ बजारमा पाइनेभन्दा धेरै मीठा हुन्थे । एक दिन हामीहरू पुग्दा विदेशी पाहुनाका लागि ल्याएको मिठाइ सकिएछ । उमाभद्र जीले अध्यक्षले मिठाइ त खुवाउनै पर्छ भन्न थाले । अनि स्वाँर जीले बजारमा किन्न पठाए । शीतल निवासबाट आउनेजस्तो किन हुन्थ्यो ? यसरी झुक्याउने भन्दै उमाभद्र जीले स्वाँरको सातो खाए । नैनबहादुर जी रिसाएनन् । हाँसेर टारे । 

त्यसपछि लामो समयसम्म नैनबहादुर जीसँग भेट हुने कारणै भएन । 

जनमत संग्रहपछि सम्पन्न राष्ट्रिय पञ्चायतको सदस्यको निर्वाचनपछि सूर्यबहादुर थापाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा नैनबहादुर स्वाँर शक्तिशाली गृहमन्त्री भए । तनहुँ जिल्ला पञ्चायतमा निर्वाचित भएपछि फेरि सरकारी मानिसहरूसँगको सम्बन्ध बढाउनु पर्ने भयो । तनहुँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले सामान्य जनतालाई मात्र हैन हामी निर्वाचित जनप्रतिनिधिलाई पनि हेप्ने र जानीजानी सताउने गर्थे । सीडीओको तालुकवाला मन्त्रीका हैसियतमा हामी गृहमन्त्रीकहाँ पुग्यौँ सरुवाको माग गर्दै । उनले हामीलाई सहानुभूति त देखाए तर आश्वासन दिएनन् । प्रधानमन्त्री थापाको जिल्ला धनकुटाका सीडीओ श्रीभगवान सिंहलाई सरुवा गर्न खोज्दा पनि नसकेको र दरबारकै इच्छाबाहेक अरूबाट केही नहुने खुलासा भने गरे । 

यही क्रममा भ्रष्टाचारको आरोपको एउटा रमाइलो कथा उनले सुनाएका थिए । जनमत संग्रहका बेला अछामको कुनै गाउँमा घोडेटो बाटाका लागि एक लाख रुपियाँ निकासा भएछ । बाटो निर्माण समितिको अध्यक्ष स्वाँरलाई नै बनाएछन् । बाटो समितिका नाममा खाता खोलेर लाख रुपियाँको ड्राफ्ट जम्मा गरेछन् । जनमत संग्रह, निर्वाचन आदिको व्यस्ततामा बाटो बनाउने कुरा हराएछ । अनि काठमाडौंमा पत्रकारले थाहा पाएर स्वाँरले लाख रुपियाँ भ्रष्टाचार गरे भनेर समाचार छापेछन् । दरबारबाट सोधनी हुँदा त स्वाँर झसंगै भएछन् । तुरून्तै सीडीओलाई त्यसको विवरण पठाउन भन्दा बाटो समितिको खातामा ९९ हजार मौज्दात रहेको जानकारी आएछ र दरबारमा जाहेर गरेछन् । 

तनहुँ जिल्ला सभाले २००७ सालमा बन्दिपुर कब्जा गर्ने क्रममा राणाका सिपाहीको गोली लागेर मारिएका सहिदहरूको स्मारक उनीहरूको समाधीस्थल बन्दिपुर टुँडिखेलमा निर्माण गर्ने निर्णय गरेको थियो । (अहिले यो स्मारक बनिसकेको छ । बन्दिपुर जानेहरूले रुचि भए टुँडिखेलमाथि हेर्न सक्छन् ।) कम्युनिस्ट समर्थक र ‘खाँटी पञ्च’हरूले त्यसको विरोध गरेका थिए । त्यस्ता संरचना बनाउन सरकारको स्वीकृति लिनुपर्थ्यो । त्यही स्वीकृतिका लागि गृहमन्त्रीसँग अनुरोध गरियो । उनले त ठाडै दिन्न भनिदिए ।

हामीले देशबाट राणा शासन हटाउँदा मारिएकाहरूलाई काठमाडौंमा त्यत्रो सम्मान दिन हुने बन्दिपुरमा किन नहुने भनेर जिरह गर्दा स्वाँरले भनेका थिए— त्यहाँ बनाउन दिए अरू ठाउँमा पनि त्यस्तै क्रम सुरु हुन्छ । राजनीतिक पहुँच हुनेहरूले जोसुकैको पनि बनाउन थाल्छन् । अनि पुलिससँग मुठभेडमा मारिएका डाँकाहरूको पनि सालिक ठडिनेछ । स्वीकृति नपाउने भएपछि रिस उठेको थियो । अहिले सहिदका नाममा गरिएको राज्यको ढुकुटीको दोहन र सहिद मानिएका अपराधीहरूको सूची हेर्दा पो नैनबहादुर स्वाँर सही रहेछन् भन्ने लाग्यो ।  

स्वाँर जीप्रति हार्दिक श्रद्धाञ्जलि !  बाह्रखरी

प्रतिक्रिया