Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बिहानको घाम चढ्दै छ, तर अनामनगरस्थित एउटा सानो कोठा र साँफेबगर नगरपालिका ३ बस्तिगाउँ स्थित एक घरमा अन्धकार उत्रिएको दुई साताभन्दा बढी भइसकेको छ। त्यो अन्धकार सधैंभरिको होइन, तर अहिले नै असह्य बनिसकेको छ। कारण एउटै — शिक्षक जगत बहादुर कुँवर घर फर्किनुभएको छैन।

अछामको साँफेबगर नगरपालिका–३ घर भएका ५५ वर्षीय कुँवर शिक्षण पेशामा समर्पित एक इमानदार र शालीन व्यक्ति हुन्। समाजमा ज्ञानको उज्यालो छर्ने, अनुशासन र आदर्शको उदाहरण बनेका कुँवर असार १७ गते बिहान सधैंझैं "मर्निङ वाक" भन्दै घरबाट निस्किए। त्यस दिन बिहानका लागि सामान्य लागे पनि त्यो दिन नै उनी हराउने भए भन्ने कसैले कल्पनासमेत गरेको थिएन।

उनको परिवार अहिले हरेक बिहान सुत्दा एउटै आशा बोकेर उठ्छ—शायद आज खबर आउनेछ, कुँवर फर्किनुहुनेछ। तर दिनहरू बित्दै गए, आशा ओइलाउँदै गयो, अब त आशा पनि रुँदै बसेको छ। न कुनै ठाउँमा गए भन्न सकिन्छ, न त केही हिंसात्मक घटना भएको पत्ता लागेको छ। प्रहरी खोजीमा लागेको छ, अस्पतालहरूमा जाँच भइसकेको छ, सडक किनाराहरू छामिइसकेका छन्—तर कुँवर अझै हराइरहनु भएको छ।

शिक्षक कुँवरको हराइरहेको अवस्थाले केवल एउटा परिवार होइन, एक समाज नै स्तब्ध भएको छ। तर सबैभन्दा कारुणिक छ—उनका छोराहरुको अवस्था। उनका जेठा छोरा अनिल कुँवर, हरेक दिन बुवाको जन्मदिन जस्तै सम्झिएर कुरिरहेका छन्। अन्ततः उनले आफ्नो पीडा शब्दमा पोख्न थाले का छन्—सामाजिक सञ्जाल फेसबुकमा दुई दिन अघाडी लेखिएको त्यो पोष्ट अब एक छोराको हृदयबाट निस्किएको 'प्रार्थनाको  स्वर' बनेको छ।

"बुवा, आज हजुरको जन्मदिन। सिङ्गो समाजलाई उज्यालो छर्नु भएको हजुर, आज हामीलाई अध्यारोमा राखेर कता जानु भयो?" अनिलका यी शब्द केवल भावना होइनन्—ती गहिरो घाउ हुन्, जसले अब बोल्न सक्ने शब्दहरूसमेत हराउँदै छन्।

उनको पोष्टमा उनी बुवाविना असक्त र अपाङ्ग भइसकेको बताउँछन्। “हामी हजुर बिना अपाङ्ग भैसकेउँ बुवा, छिट्टै फर्कनुहोस्। हाम्रो लागि त्यो दिन भन्दा ठुलो खुशीको दिन अरू कुनै हुनेछैन।”

कहिलेकाहीँ जीवन आफैं अनुत्तरित प्रश्न बन्छ—के उज्यालो बाँड्नेहरू आफैं उज्यालोमा बस्न पाउँदैनन्? शिक्षक कुँवरले जीवनभर समाजका बच्चाहरूलाई शिक्षित बनाए, उनीहरूलाई जीवन देखाउने आँखा दिए। तर आज उहाँ  आफैं कतै हराइरहनु भएको छ—त्यो अँध्यारो कुनामा, जहाँबाट कोही बोल्दैन, फर्कंदैन।

घरको कुनामा आमा चुपचाप बसिरहेकी छिन्। छोराले बुझाउन खोजे पनि आमाको आँखाबाट टल्किने आँसुहरूले छाती चिर्छ। बुहारी न बोल्छिन्, न गुनासो गर्छिन्, तर आँखाले सुनाउँछिन्—बुवाको अभाव कति गहिरो छ। एउटा घर जसले ज्ञान बाँड्नेसँग बाँच्दै आएको थियो, आज त्यो घर नै टुक्रिएको अनुभूति भइरहेको छ।

बुवा, तपाईं सधैं अरूका छोराछोरीलाई उज्यालोमा पुर्‍याउनु भयो। आज तपाईंको आफ्नै छोरा—आफ्नै रगत, आफ्नै जिउको टुक्रा—अन्धकारमा बसेर तपाईंलाई पुकार्दैछ। "हामीले अरूलाई सम्हाल्यौं, अब हजुर सम्हाल्न आवश्यक छ," अनिल ले यसरि भन्न खोजेपनी भन्न सकेको छैनन, किनभने आवाज नै भासिएको छ।

सिङ्गो समाज आज त्यो उज्यालो शिक्षकको खबर पर्खिरहेको छ, जसले वर्षौंसम्म उज्यालो बाँड्यो। अब हामीले पनि केही दिनु छ, सोधपुछ, चिन्ता, माया, सहयोग। प्रहरी सक्रिय छ, तर समाजको आत्मिक सहयोग बिना यो खोज अपूरो हुनेछ। प्रहरीले खोजी–तलासी अभियान जारी राखेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहोरा द्वारा पुष्टि गरिए अनुसार, ठूला टोली मार्फत साँढे–ठेगाना, अस्पताल र ट्राफिक चेकप्वाइन्ट सुरक्षाका दृष्टिले जाँच भइरहेको छ । यद्यपि अहिलेसम्म कुनै जानकारी नभएपछि परिवार र समुदायमा अनिश्चितता र पीडाले अवस्था अझ गहिरिएको छ।

जगतबहादुर कुँवर अछामको एक अनुभवी शिक्षक थिए। उनी पूरै जीवन विद्यालयमै समर्पित थिए र गहिरो इमानदारीका साथ शिक्षा प्रदान गर्दै आएका थिए । दुई साताभन्दा बढी दिन देखी बेपत्ता भएकै आधारमा मानवीय चिन्ता मात्र होइन, एक समाजे चेतनाको कमीको सवाल पनि उठ्छ। शिक्षक मात्रै होइन, उनी एउटा पिताका भूमिकामा समेत प्रतिष्ठित हुन्—जसले परिवारको आधारसेतु बाँध्दै समाजलाई उज्यालो बनाउँदै आएका थिए। 

भिडियो र पोस्टका माध्यमबाट अनिलले प्रष्ट देखाउँदै छन् कि एक पिताको अनुपस्थितिमा सम्पूर्ण परिवार मानसिक र सामाजिक रूपमा प्रभावित भइरहेको छ। उनको भनाइमा घरमा छोराभन्दा ठूलै असहाय अवस्था आइपर्दा केटाकेटी, बुहारी र आमाबिच अनुपस्थितिको गहिरो असर बढिरहेको छ। जन्मदिनमा उनी सम्पूर्ण समाजलाई ज्ञान दिएको त्यो व्यक्ति अहिले नै फिर्ता भएर परिवारलाई जीवन उज्यालो बनाओस् भन्ने भावनाले बाँचेका छन्।

जगतबहादुर कुँवरको यस अप्रत्याशित हराइरहनुले भव्य मानवीय, पारिवारिक र सामाजिक पक्षहरू उजागर गरिरहेछन्। वर्षौँसम्म शिक्षाकर्मीको भूमिका निभाएका उनले जहाँ अर्कालाई प्रकाश दिएका छन्, अहिले पारिवारिक पाटोमा त्यही उज्यालो आफ्ना छोराछोरी र पति–पत्नीका लागि अपेक्षित बनेको छ। प्रहरी प्रयासलाई टेवा दिदै, सम्पूर्ण समाजले उनलाई सुरक्षित तरिकाले फिर्ता ल्याउनुपर्ने दायित्व छ।

अनिलकाका समाजसेवी पितालाई खोज्ने यो अभियान केवल उसको विशेष पीडा मात्र होइन, शिक्षित व्यक्तिको सुरक्षा, जिम्मेवार प्रहरी प्रयास र मानवतावादी संवेदनशीलतालाई समेत उजागर गर्दछ। हामी आशा गर्छौं—उहाँ छिट्टै प्राप्त हुन् र त्यो ‘आधार उज्यालो’ पुनः घरमा फर्कियोस्।

यदि तपाईं कतै हुनुहुन्छ—कुनै चोक, गुम्बा, मन्दिर, अस्पताल, बसपार्क—तपाईंको परिवार तपाईंको बाटो हेरेर थाकिसकेको छ। फर्कनुहोस् बुवा। तपाईंको फर्कनु नै त्यो घरमा फेरि उज्यालो ल्याउनु हो। जन्मदिनको त्यो दिन… जुन तपाईंको अनुपस्थितिमा बित्यो, त्यो दिन अब हामी फेरि मनाउनेछौं—तपाईं फर्किएपछि।

यो परिवारको रुवाइ सिङ्गो समाजले सुन्नु पर्ने बेला भएको छ। यो उज्यालोको पुकार हो—अब हामी सबै मिलेर बोल्नुपर्छ : “बुवा, तपाईं जहाँ हुनुहुन्छ, कृपया फर्कनुहोस्।”

प्रतिक्रिया