Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

दुर्गमका डाक्टर ‘स्वास्थ्य स्वयंसेविका ’

दुर्गमका डाक्टर ‘स्वास्थ्य स्वयंसेविका ’

मेनुका ढुंगाना (अछाम)


मंगलसेन नगरपालिका ४५ मंगला विक २६ वर्ष देखि महिला स्वास्थ्य स्वयंसेविका रुपमा काम गर्दै आएकि छन् । गाउँमा दलित बस्ती धेरै गैर दलित बस्ती कम ।  दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयंसेविका बनाउन गाउँलेले समर्थन गरे । गाउ“मै भएका गैरदलितका घरमा पनि उनले धेरै पटक जानु पथ्र्यो । तर उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरे । ‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जादैनौं भनेर मैले अवसर पाएकि हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्था समेत आयो ।’ उनले भनिन् ,‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’ खोप लगाए घाउ बन्छ , गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको उनि बताउछन् । ‘ठुलै डाक्टर भएर आइ , हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे ।’ उनी भन्छिन् ,‘आमा समूह बनाएपछि अलि काम गर्न सहज भयो । त्यसयताको समयमा कतिका ज्यान बचाइयो हिसाबकिताब छैन । अहिले परिस्तिथि बदलिएको छ । गाउँमा डाक्टर भन्दा बढि हामीलाई मान्ने गरेका  छन् ।’ 

२६ वर्षसम्म वर्ष महिला स्वाथ्य स्वयंसेविका भएर उनले आफ्नो टोलमा बिरामिको सेवा गरी रहेकि छन् । गाह्रो , अप्ठ्यारो पर्दा सबै भन्दा पहिले गाउँलेहरु उनलाई सम्झन्छन् । अहिले सम्म उनले आफ्नो टोलका बिरामी र धेरै गर्भवती महिलालाई बोकेर नै स्वास्थ्य चौकि पुर्याएकि छन् । मंगला गाउँमा स्वास्थ्य स्यवयमसेविका हुँदा सम्म कसैलै दुःख पाउदैनन् भन्ने त्यो गाउँका मान्छेको सोचाइ छ ।

घरमै सुत्केरी हुनेबेला साल र बच्चाको घाँटी एकै ठाउँमा बेरिएपछि ११ वर्ष अघि मंगलसेन –५ कै गंगा विष्टले स्वयमसेविका भएकै कारण ज्यान बचाइन् । स्वयंसेविका मंगललाले २ जना मान्छे जुुटाएर गंगालाई जिल्ला अस्पताल पुयाएर आफ्नो ज्यान जोगाई दिँदा उनी हर्षीत छन् । ‘मंगला दिदी नभए म साह्रै दुःख पाउँथे , मेरो लागि भगवान नै भएर आउनु भयो ’ गंगाले भनिन्, ‘हाम्रो लागि उनै डाक्टर हुन् ।’ उनि जस्तै गाउँका सबै महिलाहरु सामान्य देखि जटिल समस्या देखिने बित्तीकै महिला स्वास्थ्य स्वयंसेविकाको खोजि गर्छन् ।

समुदायका महिला आफू गर्भवती भएको कुरा श्रीमान, सासू, ससुरालाई भन्दा पहिला स्वास्थ्य स्वयंसेविका आफुलाई सुनाएको गरेको अर्कि स्वयंसेविका मथुरा ढुंगानाले भनिन्  । ‘गर्भवती भएको भन्ने कुरा श्रीमान सासू, ससुरालाई पहिला भन्यो भने झाँक्री खोज्न निस्किहाल्छन् । घरमा झाँक्री ल्याइहाल्छन् । ’ मथुराले भनिन् ,‘झाँक्री देखायो भने देउदेउता खुसी हुन्छन् भन्छन्, मैले थाहा पाउँदा उनिहरु त्यो समस्याबाट मुक्त हुन्छन् । त्यसैले श्रीमान्लाई भन्दा पहिले हामीलाई महिनावारी रोकियो भन्छन् ।’
उनका अनुसार, जन्मदा सास नफेर्नु वा नरुनु, समयअगावै जन्म तथा कम तौलजस्ता मुख्य कारणले नवजात शिशुको मृत्यु र गर्भवतीको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा नपाएकै कारण आउने विविध जटिलताबाट गर्भवती आमा पीडित हुने गर्छन् । तर, पछिल्लो समयमा अछाममा भने यी समस्याहरु कम रहेको र सामान्य बिरामि हुँदा पनि स्वास्थ्य स्वयंसेविका घरमा नै पुग्ने गरेकाले अकालमा नै ज्यान गुमाउन परेको छैन । ‘पहिले एक दिनमै ४-५ बच्चा भन्दा बढि मर्थे । बच्चालाई गाड्ने ठाउँ नै छुट्टै हुन्थ्यो । अहिले बच्चा मर्दैनन् ।’ उनले भनिन् ।

मथुराका अनुसार औषधिको बाकस, निर्देशिका, फ्लिप चार्ट , वडा रेजिस्टर, सूचना तथा संचारका सामग्री, झोला, साइन बोर्ड तथा परिचयपत्र प्राप्त गरीसकेपछि सोहि अनुसारको जिम्मेवारी बोेध हुने गरेकोस्वास्थ्य स्वयंसेविका मंगला विक बताउँछिन् । ‘परिवार नियोजनका अस्थायी साधन जस्तै कण्डम  , पुनर्जलीय झोल बनाउने प्याकेट , आइरन चक्की , तथा भिटामिन चक्की पनि स्थानीय स्वास्थ्य संस्थाबाट उपलब्ध गराइन्छ भन्ने जानकारी गराउँदा मात्रै धेरैका ज्यान जोगीएका छन् ।’ उनले भनिन् ।
 समुदायका निमोनिया भएका बालबालिकाको उपचार गर्ने तथा जटिल निमोनियाका बिरामीहरूलाई स्वास्थ्य संस्थामा रिफर गर्ने काम समेत आफुहरुले गरीरहेको अर्कि स्वाथ्य स्यवमसेविका अमृता आउजीले बताइन् । ‘धेरै पटक मैले पनि स्टेचरमा गर्भवतीलाई स्वास्थ्य चौकि पुर्याएकि छुँ । आफ्नो ठान्छन्, जेठानि देवरानि सुख,दुःख साटासाट गर्छन् यसैमा खुसी छुँ ।’ उनले भनिन् । आफूलाई समुदायमा सुरक्षित प्रसूति सेवा खासगरी नाभी मलमको प्रयोग, नवजात शिशुको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिन शिशुको पाइताला नाप र आमाको बिगौती दूधको महत्वका बारेमा तालिम दिएको बताइन् । उनले भनिन् ‘अहिले घरमा नै प्रसूति हुने महिला कोही हुनुहुन्न, प्रसूति हुन स्वास्थ्य चौकीमा नै जानुपर्छ र लैजानुपर्छ भन्ने महिला र पुरुष सबैमा जानकारी छ ।’ 

सुत्केरी हुन स्वास्थ्य संस्थामा अथवा दक्ष स्वास्थ्यकर्मीबाट नै गराउनुपर्छ र विशेष गरी पाँचवर्ष मुनिका बालबालिका बिरामी हुनेबित्तिकै स्वास्थ्य चौकीमा गइहाल्नुपर्छ भन्ने ज्ञान र सोहि अनुरुपको व्यवहार अछाममा वरीवर्तन हुँदै जाँदा पछिल्लो एक दशकमा यहाँका गर्भवती आमा र निमोनिया, मलेरिया, पखाला, कुपोषण र दादुराबाट पाँच वर्षमुनिका बालबालिका अकालमा मृत्यु हुन नपरेको स्वास्थ्यकर्मिहरु बताउछन् ।  

(महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सम्पुर्ण स्वयंसेविकाको योगदानको कदर गर्दै तयार पारिएको हो  ।)
 

प्रतिक्रिया

ट्रेन्डिङ