Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आखिर कहिलेसम्म चल्छ विवादको खेती

आखिर कहिलेसम्म चल्छ विवादको खेती

राणा शासनको अत्याचारको विरुद्ध सुरु भएको शासन सत्ता परिवर्तको श्रृंखला गणतन्त्र प्राप्तिसम्म आइपुगेको छ । २००७ सालको क्रान्तिपछि पञ्चायती व्यवस्था पनि केही समय रह्यो । पञ्चायतविरुद्ध आन्दोलन सफल भएकै कारण २०४६ सालमा देशमा बहुदलीय व्यवस्था स्थापना भयो । शासन व्यवस्था परिवर्तन गर्न नागरिकहरूले बारम्बार ठूलो त्याग र बलिदानी गरे । बहुदलीय व्यवस्था स्थापना भएको छोटो समयमै देश १० वर्षे सशस्त्र द्वन्द्वमा फस्न पुग्यो ।

अन्ततः सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको समझदारीअनुरूप २०६२÷०६३ सालमा भएको जनआन्दोलनको कारण वर्षौंदेखि शासन गर्दै आएको राजतन्त्र विधिवत् रूपमा ढालेर आन्दोलनको बलमा देशमा संघीय गणतन्त्र स्थापना भयो । छोटो समयमा देशमा शासन व्यवस्था परिवर्तन हुँदै आयो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नागरिकहरूले आशा र अपेक्षा गरेका थिए । अब शासनव्यवस्थाकै लागि लड्नु पर्दैन, देश समृद्धको दिशामा अगाडि बढछ । जुन चाहना स्वाभाविक र जायज पनि थियो । देशमा गणतन्त्र स्थापना भएको पनि झण्डै १५ वर्ष पुगिसकेको छ ।

गणतन्त्र स्थापनापछि पनि बारम्बार सरकार परिर्वतन भइरहँदा अपेक्षाकृत काम सरकारले गर्न नसकेको गुनासो भएपछि गतनिर्वाचनमा पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेटसहित नेकपालाई करिब दुईतिहाइको बहुमत दिएर पनि पठाए । नेकपाको नेतृत्वमा सरकार गठन भयो ।

किनकि नेकपाको चुनावी प्रतिबद्धताअनुसार काम हुने हो भने देश नै कायापलट गराउने खालको थियो । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गर्ने अपेक्षा नागरिकहरूले गरे पनि नेकपाको नेतृत्वमा सरकार गठन भएकै दिनबाट सुरु भएको पार्टीभित्रको झगडाले नागरिकहरू नै लज्जित भएका छन् । यति मात्र होइन जनमतको समेत नेकपा नेतृत्वको सरकारले अपमान गरेको छ ।

लामो समयपछि देशमा राजनीतिक स्थायित्व र समृद्धिको सपना देखेका नागरिकहरू अहिले निराशा बोकिरहेका छन् । नेकपालाई भारी मत दिएर विश्वास गरेरै सरकार बनाउने जनमत दिएका थिए । तर, सत्तामा पुगेपछि सरकारको कार्यशैली लोक हसाउँने खालको छ । भ्रष्टाचार बढेको बढ्यै छ । बेरोजगारी बढेकै छ । समृद्धिको सपना त ललिपपजस्तै भएको छ । दुईतिहाइ बहुमतप्राप्त सरकारको विरुद्ध शासन व्यवस्थामाथि नै प्रश्न उठाउँदै नारा लाग्ने क्रम सुरु भएको छ ।

गणतन्त्रमा जनताको मुद्दा प्राथमितामा हुनुपर्ने हो । जनजीविकाको सवाल मुख्य एजेन्डा बन्नुपर्ने थियो । स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको विकृति हटाएर सरकारले निःशुल्क बनाउनुपर्ने थियो । तर, प्राथमिक मुद्दा पन्छाएर नेताहरू आफ्ना मान्छेलाई मात्र फाइदा हुने खेतीमा लिप्त भएका छन् । निर्वाचनमा गरेको वाचा र प्रतिबद्धतालाई पाखा लगाउँदै नातावाद कृपावादमा सरकार सञ्चालन गर्नेहरू रमाउने क्रम बढेको छ ।

राजनीतिक दलबीच अहिले देश बनाउने एजेन्डा र योजनाभन्दा पनि गुट बनाउने एजेन्डा बलियो बन्दै गएको छ । देशको समृद्धिको अहिले सरकारलाई ठूलो चिन्ता छैन, रोजगारी सिर्जना गर्ने दायित्व वहन गर्न आफ्नो कर्तव्य ठानेको छैन । सरकारको एक मात्र चिन्ता सत्ता कसरी टिकाउने मात्र रहेको छ । सत्ता त विभिन्न जालझेल तिकडम गरेर चल्ला तर आखिर देशमा परिवर्तन चाहिँ हुन्छ के ? के यही दिनहुँको किचलो झगडा भनाभन आरोप–प्रत्यारोप गर्न जनताले दुईतिहाइ मत दिएर पठाएका हुन् त ?

प्रतिक्रिया