Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

महाकाली नदीमा पुल निर्माणको काम ढुङ्गा नपाउँदा प्रभावित

महाकाली नदीमा पुल निर्माणको काम ढुङ्गा नपाउँदा  प्रभावित

कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । 

पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र सुरु हुन थालेपनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ । यहाँको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुङ्गाकै कारण रोकिएको निर्माण कम्पनीको गुनासो छ । 

सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । “नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ”, पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफासीको संयुक्त लगानीका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठले भने, “ढुङ्गा नपाउने हो भने आउँदो बर्सातमा पुल पुग्नसम्म बनाएको पहुँच मार्ग सबै नदीले बगाउने चिन्ता छ ।”

उनले ढुङ्गाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य निकायसित समन्वय गरिरहेको बताए । आठ सय मिटरको पुल भएपनि पुलको वारिपारि छ/छ सय मिटर पहुँच मार्ग महाकाली नदीमै पर्छ । “पहुँच मार्गमा भर्ने काम सकेर अस्थायीरुपमा बनाए पनि बर्सातमा बाँध भएन भने पुल बीचमा झुण्डिने अवस्था छ”, श्रेष्ठले भने । 

त्यसैगरी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीका इन्जिनीयर किशोरराज पाण्डेयले बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने बताए । “करीब ७० प्रतिशत ढुङ्गा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छ”, इञ्जिनीयर पाण्डेयले भने, “पुलसम्म पुग्ने ६०० मिटर पहुँच मार्ग जोगाउन बाँध अति आवश्यक छ ।”

महाकाली पुलको हालसम्म ५७ प्रतिशत काम सकिएको छ । “पुलको मात्रै भन्ने हो भने ७० प्रतिशत काम सकिएको छ”, उनले भने, “पहुँच मार्गको सुरक्षा नै बाँधले दिने हो ।” उनले स्थानीयस्तरमा ढुङ्गाका लागि पहल गरिए पनि उपलब्ध हुन नसकेको बताए । २०७४ साल भदौदेखि सुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७.८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग पनि रहेको छ ।

पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुईवटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर धु्रवकुमार झाले ढुङ्गाको समस्याको विषयमाथि मन्त्रालयसम्म पु¥याइएको बताए । इञ्जिनीयर झाले भने, “निर्माण व्यवसायीले ढुङ्गा ल्याउन खोज्दा अवरोध भयो र हामीले फाइल माथि पठायौँ ।” उनले ढुङ्गा नहुँदा हाल निर्माण भएका पुलबाहेकका अन्य संरचना धरापमा पर्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया