Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

महाकाली नदीमा पुल निर्माणको काम ढुङ्गा नपाउँदा प्रभावित

महाकाली नदीमा पुल निर्माणको काम ढुङ्गा नपाउँदा  प्रभावित

कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । 

पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र सुरु हुन थालेपनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ । यहाँको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुङ्गाकै कारण रोकिएको निर्माण कम्पनीको गुनासो छ । 

सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । “नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ”, पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफासीको संयुक्त लगानीका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठले भने, “ढुङ्गा नपाउने हो भने आउँदो बर्सातमा पुल पुग्नसम्म बनाएको पहुँच मार्ग सबै नदीले बगाउने चिन्ता छ ।”

उनले ढुङ्गाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य निकायसित समन्वय गरिरहेको बताए । आठ सय मिटरको पुल भएपनि पुलको वारिपारि छ/छ सय मिटर पहुँच मार्ग महाकाली नदीमै पर्छ । “पहुँच मार्गमा भर्ने काम सकेर अस्थायीरुपमा बनाए पनि बर्सातमा बाँध भएन भने पुल बीचमा झुण्डिने अवस्था छ”, श्रेष्ठले भने । 

त्यसैगरी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीका इन्जिनीयर किशोरराज पाण्डेयले बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने बताए । “करीब ७० प्रतिशत ढुङ्गा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छ”, इञ्जिनीयर पाण्डेयले भने, “पुलसम्म पुग्ने ६०० मिटर पहुँच मार्ग जोगाउन बाँध अति आवश्यक छ ।”

महाकाली पुलको हालसम्म ५७ प्रतिशत काम सकिएको छ । “पुलको मात्रै भन्ने हो भने ७० प्रतिशत काम सकिएको छ”, उनले भने, “पहुँच मार्गको सुरक्षा नै बाँधले दिने हो ।” उनले स्थानीयस्तरमा ढुङ्गाका लागि पहल गरिए पनि उपलब्ध हुन नसकेको बताए । २०७४ साल भदौदेखि सुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७.८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग पनि रहेको छ ।

पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुईवटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर धु्रवकुमार झाले ढुङ्गाको समस्याको विषयमाथि मन्त्रालयसम्म पु¥याइएको बताए । इञ्जिनीयर झाले भने, “निर्माण व्यवसायीले ढुङ्गा ल्याउन खोज्दा अवरोध भयो र हामीले फाइल माथि पठायौँ ।” उनले ढुङ्गा नहुँदा हाल निर्माण भएका पुलबाहेकका अन्य संरचना धरापमा पर्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया