Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

विज्ञ भन्छन्- स्कुल खोल्न नहतारिऔं

विज्ञ भन्छन्- स्कुल खोल्न नहतारिऔं

काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ । उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् ।

जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका 

छन् । ‘हाल जाडो छ, अझै खोप आएको छैन, हतारमा स्कुल खोल्दा समस्या हुन सक्छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कुल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरू संक्रमित हुन सक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’

राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो तरंग आउने सम्भावनासमेत कायमै रहेको औंल्याउँदै डा. पाण्डेले भने, ‘हालसम्म स्कुल बन्द रहेकाले कोभिड संक्रमण बढ्न नदिन जनस्वास्थ्यका दृष्टिले धेरै ठूलो सहयोग पुगेको छ ।’

लकडाउन र विद्यालय बन्द रहेका कारण हालसम्म बालबालिकामा कोभिड संक्रमण कम देखिएको कान्ति बाल अस्पतालका प्रमुख बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले बताए । ‘स्कुल बन्द भएकाले बालबालिका घरभित्रै खेल्छन्, समाजसँग सम्पर्कमा छैनन्,’ उनले भने, ‘त्यसैले उनीहरूमा संक्रमण कम देखिएको हो ।’

विद्यालयमा सामाजिक दूरी, उपयुक्त मास्कको प्रयोग, कोठामा हावाको राम्रो ओहोरदोहोर र निरन्तर हातको सरसफाइ असम्भव रहेको जनाउँदै डा. बिच्छाले भने, ‘स्कुल खोलेर बच्चालाई संक्रमणसँग एक्सपोज गर्नु अत्यन्त खतरनाक हो ।’

आगामी तीन महिनासम्म उपत्यकामा जाडो रहने र यही समयमा प्रदूषण पनि चरम अवस्थामा रहने भएकाले विद्यालय खोलेर उच्च जोखिम मोल्न नहुने विज्ञहरूले सुझाएका छन् । ‘स्कुलले जनस्वास्थ्य प्रक्रियाको पूरा ध्यान राख्ने दाबी गर्ला तर बच्चाले संक्रमण बोकेर घरपरिवार र समाजमा सार्न सुरु गर्नेछन्,’ वरिष्ठ छातीरोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘स्कुल खोले बूढापाका, दीर्घरोगी मात्र नभएर ५५ वर्षमाथिका व्यक्ति उच्च जोखिममा पर्नेछन् ।’ विद्यालयमा एक जना संक्रमितले सयौं जनालाई रोग सार्न सक्ने यथार्थलाई बिर्सन नहुने औंल्याउँदै डा. चोखानीले छिमेकी भारतमा पनि विद्यालय खोलिएपछि संक्रमण अत्यधिक बढेकाले पुनः बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

मुलुकमा बुधबार ६२८६ नमुनाको पीसीआर परीक्षण गर्दा १६.७९ प्रतिशत अर्थात् १०५६ जनामा कोभिड देखिएको छ । हालसम्म मुलुकमा मृत्युदर ०.६७ प्रतिशत देखिएको छ । काठमाडौं उपत्यकामा कोभिडको वास्तविक संक्रमण दर २५ देखि ३० प्रतिशतसम्म रहेको दाबी गर्दै ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘अहिले स्कुल खोल्नु हुँदैन, समाजमा संक्रमण दर धेरै उच्च छ । स्कुल खोल्दा कोभिड संक्रमणको दोस्रो तरंग धेरै छिटो आउँछ ।’

भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को गत महिनाको रिपोर्टमा स्कुल खोल्दाको जोखिमबारे विश्लेषण गरिएको छ । एम्सका अनुसार सबै कोभिड पोजिटिभ बिरामीमध्ये ४० प्रतिशत लक्षण नभएका (एसिम्प्टोम्याटिक) थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ