Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बोलचाल नभएका अध्यक्ष र उपाध्यक्ष गाउँसभामा दुईतिर फर्किएपछि...

बोलचाल नभएका अध्यक्ष र उपाध्यक्ष गाउँसभामा दुईतिर फर्किएपछि...

रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच बोलचाल छैन । बोलचाल नभएको मात्र हैन, फौजदारी अभियोगमा एकअर्काबीच अदालतमा मुद्दा चलिरहेको छ । अध्यक्षता गर्ने र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी तोकिएका दुईबीच बोलचाल नभए पनि झण्डै १० महिनासम्म दुई पक्षको विवादले ठप्प भएको उक्त गाउँपालिकाले यस वर्ष तोकिएकै दिन गाउँसभा गरेको छ । 

गाउँसभामा अगाडि राखिएको सोफाका दुई छेउमा बसेका अध्यक्ष र उपाध्यक्षबीच हेराहेरसमेत भएन । उनीहरु दुवै नेकपाकै हुन् । गाउँसभामा एकअर्कालाई देखिन्छ कि भन्ने हिसाबले उनीहरु विपरीत दिशामा फर्के । झण्डै ५ घण्टा सौहार्दपूर्ण रुपले सञ्चालन भएको सभामा उनीहरुले एकअर्काबीच आरोप–प्रत्यारोप भने गरेनन् ।

सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेले अदालतमा फौजदारी मुद्दा हुँदाहुँदै एक कदम पछि हटेर जनताका लागि क्रियाशील रहेको बताइन् । २ करोड पैसा नदिए आफू र आफ्ना परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिने कार्यमा उपाध्यक्ष र वडा अध्यक्ष सुवास बोहोरासमेतको संलग्नता रहेको भन्दै अध्यक्ष खड्काले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । दुवै धरौटीमा रिहा भएका छन् ।

अध्यक्ष गोबिन्दबहादुर खड्काले फौजदारी मुद्दा आफ्नो व्यक्तिगत र अदालतको विषय भएको बताए । उनले विगतमा व्यक्तिगत मुद्दा भए पनि पालिकामा विवादको रुपमा नहेरिदिन आग्रह गरे । उनले विगतमा काम गर्दै जाँदा केही कमीकमजोरी भएको भन्दै माफी पनि मागे । ‘सुरुमा काम गर्दा कानुन नै मै हुँजस्तो पनि लाग्थ्यो, बुझिएको थिएन,’ खडकाले भने, ‘कर्मचारीलाई दबाब पनि दिइयो । अब त्यस्तो हुँदैन । धेरै कुरा बुझियो । नचाहिने, कानुन, विधि र पद्धतिभन्दा बाहिर काम गर्न कर्मचारीले लाए पनि अब गर्दिनँ ।’

उनले अरु जनप्रतिनिधिहरु पत्र काटेर बोलाउँदा पनि नआएको बेला आफूले गाउँपालिकामै बसेर जनताको सेवा गरेको बताए । विद्युतीकरणमा बदमासी भएको प्रमाणित भए आफूले सजाय नभएको बताए । खड्का विद्युतीकरणमा भ्रष्टाचार अभियोगमा अख्तियारको छानबिनको दायरामा छन् ।

खड्काले सम्बोधनका क्रममा पटकपटक उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेलाई आदरणीय उपाध्यक्षज्यू मात्र हैन नामै किटेर सम्बोधन गरेका थिए । तर उपाध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अध्यक्षज्यू मात्र भनिन् । उनले आगामी आर्थिक वर्षका लागि ५९ करोडको आम्दानी र सोही अनुसारको व्यय हुने अनुमानित वजेट प्रस्तुत गरेकी थिइन् ।

गत वर्षको गाउँपरिषदमा दुरागाउँलगायतको विद्युतीकरणका लागि खर्च भएको ५ करोड ९५ लाख रुपैयाँ विनियोजन गर्नु पर्ने प्रस्ताव खड्काले राख्दा उपाध्यक्षलगायतका केही वडाध्यक्षले अनुगमन मूल्यांकन गरी वास्तविक खर्च मात्र विनियोजन गर्ने अडान लिए पनि गाउँपालिकाको विवाद चुलिएको थियो ।

दुवै आफ्नो हठमा बसेपछि पालिकाको बजेट पारित हुन सकेन भने व्यक्तिगत मुद्दा मामिलातिर जनप्रतिनिधि लागे । तीन महिनाअघि जिल्ला समन्वय समितिमा नेकपाका नेताहरुको सक्रियतामा विवादित पक्षलाई राखेर बजेट बाँडफाँड गरी काम सुरु भएको हो । अहिले लिखु तामाकोसीमा उपभोक्ता समितिसँग सम्झौता र खाता खोल्ने काम भइरहेको छ ।

रामेछापका दुई नगरपालिका र अन्य पाँच गाउँपालिकाले समेत गाउँसभा सम्पन्न गरी नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका छन् ।  कान्तिपुर दैनिक बाट

प्रतिक्रिया