Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

गेटा मेडिकल कलेज सञ्चालनबारे नयाँ प्रस्ताव अब गेटा मेडिकल कलेज वा प्रतिष्ठान होइन, 'गेटा विश्वविद्यालय' !

गेटा मेडिकल कलेज सञ्चालनबारे नयाँ प्रस्ताव अब गेटा मेडिकल कलेज वा प्रतिष्ठान होइन, 'गेटा विश्वविद्यालय' !

कैलालीको गेटामा निर्माणाधिन कलेजबारे लामो समयदेखि विभिन्न खाले बहस जारी रहेको बेला सञ्चालनको प्रारुपबारे अब नयाँ  प्रस्ताव अघि सारिएको छ। मेडिकल कलेजको नामले निर्माण थालिएको मेडिकल कलेजलाई कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने प्रस्ताव गरियो। अब भने  कलेजलाई स्वास्थ्य प्रतिष्ठान नभएर विश्वविद्यालय बनाउनुपर्ने बहस सुरु भएको छ। 

कलेज वा प्रतिष्ठानको संकुचित दायरा र सीमित कार्यक्षेत्रले दीर्घकालीन रुपमा टेवा नपुग्ने भन्दै विश्वविद्यालय स्थापना गर्न संगठित आवाज उठाउनुपर्नेमा जोड दिन थालिएको छ। भौतिक निर्माणको झण्डै ८० प्रतिशत प्रगति भएको दाबी गरिएको गेटास्थित प्रस्तावित गेटा मेडिकल कलेज करिव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

निर्माण कार्य सुरु भएदेखि हालसम्म गेटामा भौतिक संरचना निर्माण गर्न २ अर्ब ६६ करोड खर्च भैसकेको छ। भौतिक संरचना निर्माणको करिब अन्त्यतिर पुगेपनि सञ्चालनको प्रारुपबारे भने अझै टुङ्गो लाग्न सकेको छैन। यसैबीच एकपछि अर्को प्रारुपबारे बहस थालेको पाइएको छ।

प्राध्यापक डाक्टर शुभेषराज कायस्थले अहिलेसम्म स्वास्थ्य शिक्षा अध्ययनको कुनैपनि संस्था सञ्चालनमा नरहेकोले सुदूरपश्चिममा मेडिकल कलेज या प्रतिष्ठान स्थापना गर्नुभन्दा स्वायत्त अधिकार क्षेत्र रहेको मेडिकल विश्वविद्यालय स्थापनामा जोड दिनुपर्ने बताउँछन् । 

पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा वर्षौअघि स्थापना भएर पनि आफ्नो सेवा र दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको प्रारुपमा गेटामा स्वास्थ्य शिक्षाको संस्था सञ्चालन गरिनु सान्दर्भिक नहुने तर्क डाक्टर तारामान कडायतको  रहेको छ।

प्राज्ञिक जग बलियो बनाउन र संस्थालाई आत्मनिर्भर बनाई जनसमुदायको स्वास्थ्यका सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने उच्चस्तरको केन्द्रका रुपमा गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्नेमा डाक्टर कडायतकाे जोड छ। 

मेडिकल कलेज स्थापना भए पठनपाठन, बजेट र नीति नियमका लागि विश्वविद्यालयको भर पर्नुपर्ने र  प्रतिष्ठान भएपनि सरकारले ल्याउन लागेको नयाँ ऐन अनुसार स्थापना भए सञ्चालनमा अन्यत्रबाटै निर्देशित हुनुपर्ने सम्भावना रहेको कारण सुदूरपश्चिमबासीले विश्वविद्यालय स्थापना गर्नमा सुरुदेखि नै सामुहिक प्रयास गर्न सके सार्थक परिणाम आउन सक्ने विश्वास  प्राध्यापक डाक्टर मुकुन्द जोशीको रहेको छ।

विक्रम सम्वत् २०५५ सालदेखि गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्ने चर्चा चलेपनि २०६६ सालमा मात्र कलेज स्थापना हुने घोषणा गरिएको थियो। २०७३ सालदेखि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको कामले अहिले गति लिएको छ। तर सञ्चालनको प्रारुपबारे भने अझै टुङ्गो लाग्न सकेको छैन्। 

प्रतिक्रिया