Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

म्यासेन्जर बन्न सक्छ जूमको प्रतिस्पर्धी

म्यासेन्जर बन्न सक्छ  जूमको प्रतिस्पर्धी

कोरोना महामारीका कारण विश्वव्यापी लकडाउन हुँदा जूम र माइक्रोसफ्ट टिम्सजस्ता भिडियो कन्फ्रेन्सिङ एपको लोकप्रियता ह्वात्तै चुलियो ।

बितेको नौ महिनामा यी दुबै सेवाको सक्रिय प्रयोगकर्ता संख्यामा उल्लेखनीय वृद्धि भयो । दैनिक अर्बौ मिनेटका मिटिङहरु यी एपहरुमा होस्ट हुन्छन् । गुगलको ट्रेण्ड डेटा अनुसार २०२० मा जूम सबैभन्दा धेरै सर्च भएको शब्दको चौथो स्थानमा थियो ।

यसबीच फेसबुकले समेत आफ्नो सेवा म्यासेन्जर रुम सार्वजनिक गर्‍यो । भिडियो कन्फ्रेन्सिङ प्लेटफर्मको रुपमा सुरु भएको म्यासेन्जर रुम प्रयोगकर्ताको लागि पूर्णरुपमा निःशुल्क छ । यसमा जोडिंदा समयको कुनै सिमा छैन ।

जति समय पनि निरन्तर यसमा भिडियो कन्फ्रेन्सिङ गर्न सकिन्छ । ५० जना भन्दा माथि सहभागी हुन सक्ने यस प्लेटफर्ममा जोडिनका लागि फेसबुक अकाउन्ट मात्रै भए पुग्छ ।

भिडियो कन्फ्रेन्सिङ स्पेक्ट्रम
अन्य हाई प्रोफाइल भिडियो कन्फ्रेन्सिङ एप जस्तो म्यासेन्जर रुम्सको उदय बिजनेस मार्केटसँग जोडिएको छैन । गत अप्रिलमै सार्वजनिक भएको म्यासेन्जर रुम्सले आफ्ना सेवाग्राहीहरुलाई सुरुमै सेवा प्रदान गर्न थालेको थियो ।

म्यासेन्जरमा प्रोडक्ट म्यानेजमेन्ट निर्देशक रहेका कोन्नर ह्यासका अनुसार भिडियो कन्फ्रेन्सिङ मार्केटको उद्योग स्याचुरेट भएको छ । तर उपभोक्ताको दृष्टिकोणबाट भिडियो कलिङ सेवा दिन चाहने व्यवसायका लागि भने अझै पनि पर्याप्त ठाउँ रहेको उनी बताउँछन् ।

‘भिडियो कन्फ्रेन्सिङ एक्लो बजार होइन । यसभित्र अन्य धेरै किसिमका बजार पनि छन्,’ ह्यास भन्छन्, ‘यो त मानिसहरु एकठाउँमा आएर ह्याङ–आउट गर्ने ठाउँ माध्यम मात्र हुन् ।’

‘हामीले बारम्बार के सिक्दै आइरहेका छौं भने उपभोक्ताको प्रयोगका लागि बनाएका केही कुराहरुले सुरुवातमा अभूतपूर्व स्तरमा भ्याल्यू प्रदान गर्दछ ।

अहिले प्रारम्भ नै छ र हामी मानिसहरुका लागि कस्तो अनुभव उपयुक्त हुन्छ भन्ने कुराको अध्ययन गरिरहेका छौं । तर आगामी केही वर्षमा तपाईले भिडियो कन्फ्रेसिङको स्पेसमा हामीलाई ठूलो खेलाडीको रुपमा देख्नुहुनेछ ।’

बिजनेस प्रयोगका लागि हुने किसिमका प्लेटफर्महरुसँग पहिले पनि मानिसहरु एक स्तरमा परिचित थिए । तर उपभोक्ता केन्द्रित प्लेटफर्म यसबाट लाभान्वित हुन सकेन । मानिसहरु यससँग अभ्यस्त थिएनन् । भिडियो कन्फ्रेन्सिङलाई सामान्य जीवनको हिस्सा बनाउन उनीहरुलाई समय चाहिन्छ ।

मानिसहरुलाई भिडियोबाट जोड्ने यो व्यवसाय निकै विकसित छ । भिडियो कन्फ्रेन्सिङ आवश्यक बनेसँगै व्यवसाय केन्द्रित सेवा तिरै मान्छेहरुको सोच जान्छ ।

‘तर भिडियो सेवालाई कसरी व्यापक मानिसहरुमाझ पुर्‍याउने त्यो अवसर हामीलाई छ । ताकी विश्वभरका जुनसुकै कुनाका मान्छेहरुलाई पनि एकअर्कासँग अलग्गिएर बस्दा एक साथ भएको महसुस गर्ने माध्यम पाउन सकून्,’ उनले भने ।

महामारीपछिको समयमा भिडियो कन्फ्रेन्सिङ
कोभिड १९ को भ्याक्सिन बाहिर आएसँगै धेरै मानिसहरु घरभित्रबाट बाहिरी बातावरणमा फर्कन थाले । संकटको समयमा भिडियो कन्फ्रेन्स मात्र त्यस्तो माध्यम थियो जसले विजनेसहरुलाई चलायमान राख्न र परिवारहरुलाई जोड्न मद्दत गरेको थियो ।

तर विश्व सामान्य अवस्थामा फर्कदैँ गर्दा बजारको प्रतिक्रिया के हुन्छ भन्ने कुरा हेर्ने बाँकी छ । ह्यासलाई यसबारे सोध्दा भिडियो कन्फ्रेन्सको भविष्यलाई लिएर महामारीपछिको समयमा पनि यसको प्रयोगसुमधुर हुनेमा उनी निश्चिन्त थिए ।

‘हजारौं लाखौं मानिसहरुले कहिल्यै प्रयोग नगरेको सेवासँग परिचित भएका छन् र यसबाट भ्याल्यू पनि निकाल्न थालेका छन् । यसैले महामारी सकिए पनि यो महत्वपूर्ण छ भन्ने कुरा बजारले बुझिसकेको छ,’ ह्यास भन्छन् ।

प्रतिक्रिया