Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रेशम चौधरीमाथि जन्मकैद फैसला उच्च अदालतबाट सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद - टीकापुर घटना

रेशम चौधरीमाथि जन्मकैद फैसला उच्च अदालतबाट सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद - टीकापुर घटना

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । बुधाबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । दिपायल उच्च अदालतले यसअछि कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको फैसला सदर गरिदिएको हो ।

उच्च अदालतले, यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि जन्मकैदको सजाय तोकेको छ। जिल्ला अदालत कैलालीले लक्ष्मण चौधरीलाई तीन वर्षको सजाय फैसला गरेको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

‘उच्च अदालत दिपायलले रेशम चौधरी सहितका सबैजनालाई जिल्ला अदालत कैलालीकै फैसला अनुसार जन्मकैदको सजाय सुनाएको छ, तर जिल्ला अदालत कैलालीले तीन वर्षको कैद सजाय फैसला गरेपछि रिहा भएका लक्ष्मण चौधरीलाई भने जन्मकैदको फैसला गरेको छ’ उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले भनिन् ।

टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए । रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। उनले सार्वजनिक भए पनि जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। 

कैलाली जिल्ला अदालतले २०७५ सालको फागुन २२ गते रेशमलाल चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने पक्राउ परेका लक्ष्मण चौधरी सहित अन्य १२ जना  तीन वर्षसम्मको कैद सजाय फैसला भएकाले तत्कालै छुटेका थिए ।
 
कैलालीका जिल्ला न्यायाधीश परषुराम भट्टराईको ईजलासले घटनामा रेशम सहित हरि नारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डँगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, गंगाराम चौधरीलाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । 

रेशम चौधरी चुनाव जितेपछि मात्रै पक्राउ परेकाले उनी विक्रम सम्बत २०९४ फागुन १३ गते र अरु सबै जना २०९२ सालको भदौ देखि चैतको विचमा मात्र जेलमुक्त हुनेछन । हत्यामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो ।

लक्ष्मण चौधरी, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु (चौधरी), विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो । तर उच्च अदालतले लक्ष्मण चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत कैलालीको फैसला पछि २०७२ सालको भदौ देखि फागुनसम्म पक्राउ परेर पुर्पक्षका लागि थुनामै रहेकाले अदालतले फैसला गरेकै दिन, कैद सजाय भुक्तान गरिसकेकाले थुनामुक्त भएका थिए ।

तर जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम लाल चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको बैशाखमा पुनरावेदन दिएका थिए । प्रतिवादी रेशमलाल चौधरी सहितको तर्फबाट अधिवक्ता गम्भीर सिह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथुराम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए ।

२०७६ सालदेखि यस मुद्दामा उच्च अदालतमा मात्रै चार वटा पेसी भइसकेका छन् । वादीको तर्फबाट वरिष्ठ अघिवक्ता राजेन्द्र सिह साउद, अधिवक्ता विष्णु भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीन जना गरी ५ जनाले बहस गरेका थिए ।

प्रतिक्रिया