Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा ताल कसरी पुग्यो भारतको कब्जामा ?

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा  ताल कसरी  पुग्यो भारतको कब्जामा ?

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई लिएर सीमा विवाद चुलिएको छ । दुवै देशबीच ती क्षेत्रको सीमा विवाद समाधानका लागि पहल भइरहेको छ । तर त्यसबाहेकका क्षेत्रमा पनि दुई देशबीच सीमा विवाद नभएको भने होइन । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतको कब्जामा छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । ५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो । 

दुवै देशबाट खटिएको संयुक्त टोलीले सर्भे गर्दा नेपालका तर्फबाट सर्वेक्षकमा मधुकर मास्के थिए । सर्भे गर्ने संयुक्त टोलीले नेपालमा सशस्त्र जनयुद्ध उत्कर्षमा पुगेको भन्दै सुरक्षा समस्या देखाएर त्यतिबेला भारतमै डेरा बनाएर बसेर स्थलगत अध्ययन बेगर नै सीमा निर्धारण गरेको स्थानीयवासीको भनाइ छ । एक्कासी पिल्लर गाड्दामात्र आफूहरुले थाहा पाएको उनीहरुको गुनासो छ ।

स्थानीयवासीका अनुसार पुरानो पिल्लर प्यारा तालदेखि ६०० मिटरको दुरीमा भारततिर थियो, जो अहिले पनि ढलेको अवस्थामा छ । सो क्षेत्रमा अहिले भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई जान दिएका छैनन् । अहिलेको नयाँ पिल्लर प्यारा तालदेखि ५०० मिटर नेपाली भू–भागतर्फ राखिएको छ ।

भारतीय पक्षले पिल्लर नं. १९४ र अहिलेको नयाँ गाडिएको १९५ पिल्लरको बीचमा १ किलोमिटर नेपाली भू–भाग कब्जा गरेको छ । जसमा नेपाली नागरिकको २ बिघा जग्गासमेत भारतको कब्जामा परेको छ । आफूसँग लालपुर्जा भएपनि भोगचलन गर्न नपाएको स्थानीयवासीको गुनासो छ ।

पुनर्वास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायणप्रसाद जैशीका अनुसार भारतीयले गुगल म्यापमा समेत नेपाली भूमिलाई आफ्नो देखाएको छ ।

जिविसले ठेक्का लगाउँदै आएको तालमा भारतको कब्जा

वडाध्यक्ष जैशीका अनुसार २०४१/०४२ सालसम्म उक्त ताललाई कञ्चनपुर जिल्ला विकास समितिले ठेक्का दिँदै आएको थियो । त्यतिबेला उक्त तालबाट वार्षिक ३५ हजार रुपैयाँ आम्दानी हुन्थ्यो । भारतीय पक्षले कब्जा जमाएपछि अहिले उक्त ताल कसैले ठेक्का लिन नमानेको र त्यहाँ नेपाली नागरिकलाई जानसमेत भारतीय सुरक्षाकर्मीले रोक्ने गरेको उनले बताए ।

वडाअध्यक्ष जैशी भन्छन्, ‘तालको त कुरै छोडौं, ५०० मिटर यताको लालपुर्जा भएको नेपाली भूमि नै भारतीय पक्षले कब्जा गरेको अवस्था छ, तालमा माछा मार्न दिँदैन, ताल त उनीहरुले आफ्नो बनाइसके ।’ ताल भएको क्षेत्रमा जंगल पर्दछ र भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षसमेत छ । 

उक्त ताल पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । त्यसैले भारतले आफ्नो वनजंगलका वन्यजन्तुलाई पानी खुवाउन सहज हुने र पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर प्रशस्त लाभ लिन सकिने देखेर नै उक्त ताल कब्जा गरेको हुन सक्ने जैशी बताउँछन् । 

भारतीय पक्षले नयाँ पिल्लर वरिपरि १० कट्ठा जमिनसमेत जोत्न दिएको छैन । ‘पहिला त निर्वाध रुपमा नेपालीले नै भोगचलन गर्दै आएका थिए,’ उनले भने, ‘हात्ती रोक्न हामीले फेन्सी तार लगाउँदा भारतीयले उखेलेर फालिदिए ।’

अहिले पनि १९५ नम्बरको जंगे पिल्लर ढलेको अवस्थामा छ भने पिल्लर ढलेको सो क्षेत्र पूर्ण रुपमा भारतको नियन्त्रणमा छ । पुनर्वासका स्थानीयवासीले सोही पिल्लर भएको ठाउँलाई सीमा मान्दै आएका छन् । भारतीय पक्षले तालमात्र कब्जा गरेको नभई ताल वरको नेपाली भू–भागसम्म आफ्नो दावी गरेको छ ।

ताल अहिले जलकुम्भीले ढाकेको छ । नेपाली पक्षले वार्षिक रुपमा ठेक्का लगाएर राजस्व असुल गर्दै आएको तालमा अहिले भारतीय पक्षले कब्जा जमाएका कारण तालको संरक्षण हुन सकेको छैन । तालमा नेपालीहरुलाई जान भारतीयले रोक लगाएको छ ।

यतिमात्र होइन, भारतीय पक्षले पुनर्वास– ९ कै राष्ट्रिय माविको १० बिघा जमिन पनि आफ्नो नक्सामा समेटेको छ । यद्यपि उक्त जग्गा अहिले नेपालीले नै भोगचलन गर्दै आएका छन् तर उक्त जग्गासमेत कब्जा गर्ने नियतले भारतले नक्सा परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ ।

पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा भन्छन्, ‘यस क्षेत्रमा भारतीयको दादागिरी कायमै छ । जबसम्म दुवै देशको सरकारले सीमा छुट्याउँदैन, तबसम्म समस्या कायमै रहनेछ ।’  उनका अनुसार सीमा विवाद समाधान भइसकेपछि यस क्षेत्रका १२ वटा नाकामध्ये दुईवटा नाका आवतजावत गर्न खुला राखेर अन्य नाकामा तारबार गर्न सकिन्थ्यो । अहिलेको अवस्थामा नगरपालिकाले मात्र चाहेर केही नहुने उनले बताए । 

‘सीमा रक्षा, सीमा विवाद समाधान त संघीय सरकारकै जिम्मेवारी हो,’ उनले भने, ‘ताल क्षेत्र वरिपरिको त कुरै छोडौं, सीमा रक्षाकै क्रममा यस क्षेत्रका युवा गोविन्द गौतम सहिद भए, उनकै वडामा रहेको आनन्द बजारमै दुई बिघा जमिन भारतीय पक्षले कब्जा गरेको छ ।’

पुनर्वास नगरपालिका वडा नं. ८ का अध्यक्षय राना श्रवणले पनि विगतमा नेपालीले नै तालको ठेक्का लिने गरेको तर अहिले भारतले आफ्नो भूभाग भन्दै हस्तक्षेप गरेपछि ठेक्का प्रक्रिया रोकिएको बताए ।

२०७५ सालमा यो क्षेत्रमा जंगली हात्ती आतंक रोकथामका लागी विद्युतीय तार जडान गर्दा भारतीय सीमासुरक्षा टोलीले उखेलेर फालिदिएको थियो । सोही समयमा खानेपानी मन्त्री विना मगर नेतृत्वको टोली समस्या समाधानका लागि आएको भए पनि समस्या समाधान नगरी फर्किएको स्थानीयवासी बताउँछन् ।

पुनर्वास–८ बाट बग्ने नाला प्यारा तालसँग जोडिएको छ । सीमा अतिक्रमणको अवस्था यस्तै रहे भोलिका दिनमा त्यो नाला भनि भारतले दाबी गर्न सक्ने भन्दै स्थानीयवासी त्रसित छन् । उनीहरु भन्छन्, ‘हामीहरुको एउटै माग छ, पुरानो जंगे पिल्लर रहेको ठाउँ नै वास्तविक सीमा हो, त्यहाँसम्म नेपालको भूभाग कायम गर्नु पर्छ ।’

पछिल्लो समय कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागबारे दुई देशबीच सीमा समस्या समाधानमा जोड दिइएको भए पनि प्यारा ताल र आसपासका भूभागबारे लामो समयदेखि रहँदै आएको विवाद सुल्झाउन सरकारले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । 

प्रतिक्रिया