Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जसले नेपाली परिकार चिनाए विश्वलाई , तिनै सन्तोष एसएलसीमा अनुत्तीर्ण भएपछि भारत पसेका थिए

जसले नेपाली परिकार चिनाए विश्वलाई , तिनै सन्तोष एसएलसीमा अनुत्तीर्ण भएपछि भारत पसेका थिए

'मैले सधैं नेपाली परिकारहरूको सुन्दरता विश्वलाई देखाउने चाह राखें। त्यो चाह पूरा हुँदाको यात्र निकै लामो तर रोचक रह्यो', सन्तोष साहले ट्‍वीट गरे। यतिन्जेल यस वर्षको 'मास्टरसेफ युके'को विजेता घोषित भएका थिए ब्रिटेनका एलेक्स वेब। 

पाककला सम्बन्धी प्रतिस्पर्धाको अन्तिम चरणमा पुग्नु सन्तोष साहका लागि सपनाजस्तै थियो। तर, उनी त उत्कृष्ट तीनमा परे। गत साता भएको सेमिफाइनलमा उत्कृष्ट ६ प्रतिस्पर्धीको सूचीमा अटाउँदा उनको चर्चा चुलियो। विशेषगरी नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जितका लागि शुभकामना दिए। बधाई र धन्यवाद पनि उत्तिकै।

सेमिफाइनलमा उनले सेलिब्रेटी सेफ एन्ड्रयु  वाङको लागि खाना बनाए। नेपालको नेवारी समुदायको परिकार य:मरीलाई 'य:मरी डम्पलिङ्स' नाम दिएका थिए। चकलेट, काजु र खुर्सानीको प्रयोगसहित। सुन्तला र दालचिनीको लेपसहित। त्यस खानाले सबैको मन जित्यो।

निर्णायकहरूका लागि अर्को परिकार 'क्रिस्पी चिली चिकन' पनि बनाएका थिए। उनको पकवानबाट प्रभावित निर्णायकहरूले त्यसलाई दिनको सर्वश्रेष्ठ खाना घोषित गरे। घोषणा सँगै उनले अन्तिम चरणमा प्रवेश पाएका हुन्। त्यसपछिको दुई चरणमा प्रतियोगीहरूको रचनात्मकताको जाँच भयो।

सन्तोषले बीबीसीसँग भने,'म सधैं नेपाली खानालाई दुनियाँको अगाडि पेश गर्न चाहन्थे। यस कार्यक्रमले त्यो मौका दियो। भलै प्रतियोगितामा हामी मानिसक रुपमा दृढ रहनुपर्छ। समयको ख्याल राख्नुपर्छ। दबाब हुन्छ। एउटै खानेकुराका लागि पटक पटक तयारी गर्नुपर्छ', उनले भने। 

कार्यक्रमले नै उनलाई नेपालीहरू माझ चिनायो। कार्यक्रम अवधिभर आफूलाई हरेकपटक एक सेफ बाहिरिँदा निकै दबाब महसुस भएको बताउँछन् उनी। क्यामेराको सामना गर्न पनि केही अप्ठ्यारो लागेको सुनाउँछन्।

***

हाल बेलायतमै रहँदै आएका सन्तोष नेपालको सिरहाको कारजन्हामा जन्मिएका हुन्। सात दाजुभाइ दिदी बहिनीमध्ये सबैभन्दा कान्छा। बुवाको मृत्यु हुँदा उनी भर्खर ५ वर्षका थिए। त्यसैले उमेरले १० वर्षको मात्र हुँदा देखि नै काम गर्न थाले। स्थानीय बजारहरूमा प्लास्टिकको झोला बेच्थे। भन्छन्,'साथीहरूसँग ७ किलोमिटर परसम्म हिँडेर पुग्थें। पाउरोटी किन्थें र त्यसलाई बजारमा लगेर बेच्थें।' उनले आफ्नो जिल्लामा नहर निर्माण परियोजनामा समेत काम गरे।

कक्षा १० सम्म पढेका उनले एसएलसी उतिर्ण गर्न सकेनन्। त्यसैले १५ वर्षकै उमेरमा भारतको गुजरात हान्निए। कामको खोजीमा। सन्तोषले अहमदाबादको एक रेस्टुरेन्टमा भाडा माझ्ने काम सुरु गरे। एकपछि अर्को होटलमा काम गरे तर उनको नयाँ कुरा सिक्ने भोक उस्तै रह्यो। भाडा मात्र माझेनन्। पकाउन सिके। अंग्रजी सिके। र, होटल व्यवस्थापनमा डिप्लोमा गरे। सात वर्षमै उनी एक पाँच तारे होटलको कार्यकारी सेफ बने।

सन्तोषले भारतमा खानेकुराहरूको महोत्सव आयोजना गरे। उक्त महोत्सवले तारिफ बटुल्यो। उनको क्षमता बारे धेरैले थाहा पाए। लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको फोन आयो। जसले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे। उनी सन् २०१० मा त्यहाँ गए। तर, त्यो सन्तोषले चाहेको काम थिएन। नोकरी छाडे र डिसुम नामको एक स्टुरेन्टमा काम गर्न थाले। बेलायतकै ललित होटल र बनारसमा समेत काम गरे।

'म चुनौती लिने स्वभावको मान्छे हुँ। एक पटक एक फ्रेन्च रेस्टुरेन्टको काम छाडें। त्यहाँ मेरो तलव राम्रो थियो। त्यहाँ सिक्ने अवसर पनि थियो। तर म अर्को भारतीय रेस्टुरेन्टमा गएँ', उनले सुनाए। ३५ वर्षीय सन्तोषले मास्टरसेफमार्फत् धेरैको मन जितेका छन्। सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदल्दिएको बताउँछन्।

होलीकाऊ फाइन डाइनिङ रेस्टुरेन्ट चेनका मालिक जो पहिले भाडा माझ्ने काम गर्ने कुल आचार्य भन्छन् – उ ब्रिटेनमा मात्र होइन नेपाली समुदायमा पनि छाइसकेको छ। एक नेपाली मास्टरसेफको फिनालेमा पुग्नु असाधरण कुरा हो। मास्टरसेफ नेपालमा प्रसारण भएन। तर, सामाजिक सञ्जालमार्फत् वा युट्युबमा उनका कामहरू हेर्ने जमात ठूलो बन्यो। उनको प्रशंसा गर्ने र बधाई दिनेहरू पनि उत्तिकै भए।

बीबीसी हिन्दिबाट भावानुवाद

प्रतिक्रिया