Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रतिनिधी सभा विघटन भएसँगै अबका सम्भावित ५ राजनीतिक दृश्य

प्रतिनिधी सभा विघटन भएसँगै अबका सम्भावित ५ राजनीतिक दृश्य

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गर्ने सिफारिस गरेपछि नेपालमा फेरि राजनीतिक अस्थिरताको सुरुवात भएको छ । संविधान बनाउँदा राजनीतिक स्थिरता नहोस् भनेर प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट प्रावधान राखिएको थिएन । तैपनि प्रधानमन्त्री ओली आफू कमजोर भएपछि संसद विघटन गरी नयाँ चुनावमा जाने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले लिएको यो बाटोले नेपाललाई फेरि राजनीतिक अस्थिरतातर्फ लगेको छ । प्रधानमन्त्री ओलीले गरेको यो निर्णयको संवैधानिक र कानूनी वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेको यस अवस्थामा अबको राजनीतिक अस्थिरता कता मोडिन्छ अथवा, प्रतिनिधी सभाको विघटनको घोषणाले अब के के हुन सक्छ त ?

१. अदालतमा प्रश्न
संविधानमा स्पष्ट संसद विघटनको प्रावधान नभएकाले अब यसविरुद्ध सर्बोच्च अदालतमा प्रश्न उठ्छ । संविधानमा प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष हुने उल्लेख छ । यो प्रावधानमाथि टेकेर अदालतमा प्रश्न उठ्न सक्छ । अदालतले यो विषयलाई जायज पनि ठान्न सक्छ वा नाजायज ठहर्याउन पनि सक्छ । यो विषयमा संवैधानिक रुपमा अदालतले गर्ने निर्णयले भर पर्छ ।

२.नेकपा फुट्ने
प्रधानमन्त्रीे संसद विघटन गरेपछि अब नेकपा फुट्ने लगभग पक्का जस्तै भएको छ । प्रधानमन्त्रीलाई सच्चिएर अघि बढ्न भन्दै आएको नेकपाको प्रचण्ड–माधव नेपाल समुहले ओलीमाथि अब बहुमतबाट कारवाही गर्न सक्छन् । यसले नेकपा एक नरहने स्थिति बनेको छ । नेकपाका प्रचण्ड नेपाल समूहका नेताहरुले ओलीको कदमलाई संवैधानिक भनेका छन् । निर्णय फिर्ता लिन पनि आग्रह गरेका छन् । तर उक्त आग्रह अनुसार ओली फिर्ता लिन तयार छैनन् । त्यसैले अबको अवस्थामा नेकपा औपचारिक रुपमा फुट्छ ।

३.तत्काल सरकारको निरन्तरता
राष्ट्रपतिले प्रतिनिधी सभा विघटनको सिफारिस गरिसकेको अवस्था छ । अब यस अवस्थाले अदालतमा ठाडो प्रश्न उठाएको छ । अदालतले यो विषयमा निरुपण नगर्दा सम्म ओली नेतृत्वको सरकार निरन्तर रहन्छ । संवैधानिक जटिलता भएकाले यो बिषयमा अदालतमा बहस र विवाद हुन सक्छ । धेरै जना न्यायाधिशहरुको राय बाझिन सक्छ । त्यस्तो अवस्थामा अदालतले दिने फैसला के हुन्छ त्यो भने पखाईको विषय बनेको छ ।

४.विघटन असंवैधानिक ठहरिए ओली हट्ने
ओलीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले नाजायज ठहराए संसदको निरन्तरता हुन्छ । संसद निरन्तर भए ओलीले पद गुमाउने छन् । किनकी अहिलेको झगडाका कारण ओलीको बहुमत गुम्छ । पार्टी फुटिसकेको अवस्थामा उनीसँग बुहमत सांसदहरु हुदैनन् । यस्तो अवस्थामा प्रचण्ड नेपाल समूहले नै अविश्वासको प्रस्ताव बैधानिक रुपमा ल्याउँछ । कांग्रेस र विपक्षी दलले पनि साथ दिन्छन् । त्यस्तो अवस्थामा ओली सरकार ढल्छ ।

५. चुनाव कसको नेतृत्वमा ?
प्रधानमन्त्री ओलीले बैशाख २३ मा चुनाव गर्ने घोषणा गरेका छन् । उनले गरेको संसद विघटन जायज ठहरिए, अवश्य चुनावमा जानुपर्ने हुन्छ । त्यो चुनाव ओलीको नेतृत्व कि कसको भन्नेमा अर्को झगडा हुन सक्छ । अहिले काम चलाउ चुनावी सरकारको रुपमा ओली नेतृत्वकै सरकार निरन्तर रहन्छ । तर उसको नेतृत्वको सरकारमा कोही सहभागी हुन मानेन भने त्यो बेलामा फेरि अर्को समस्या आउन सक्छ । ओलीले निष्पक्ष निर्वाचन गराउँछन् भन्नेमा शंका भएका अन्य दलहरु चुनावमा भाग लिनका लागि नमान्ने स्थिति आउन सक्छ । त्यसैले चुनावको मिति प्रस्ताव गरे पनि त्यसप्रति उठ्ने अविश्वासले चुनाव समयमा होला कि नहोला भन्ने स्थिति बन्छ ।

प्रतिक्रिया