Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संसद् विघटनबारे के लेखे ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संसद् विघटनबारे  के लेखे ?

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रमुखताका साथ प्रस्तुत गरेका छन् । 

द वासिङ्टन पोस्टले ‘सत्तारुढ पार्टीमा शक्ति संघर्षबीच नेपालमा संसद् विघटन भएको’ भन्दै समाचार दिएको छ । उसले पार्टीभित्रको झगडाले देशलाई अस्थिरतातिर लैजाने उल्लेख गरेको छ । नयाँ चुनाव खर्चिलो हुने भन्दै अघिल्लोपटकको चुनावमा ४७ करोड अमेरिकी डलर खर्च भएको पनि लेखेको छ । कोरोना भाइरसविरुद्धको खोपका लागि ६७ करोड अमेरिकी डलर खर्च हुने अनुमानबीच फेरि निर्वाचन खर्च बढ्ने उसले उल्लेख गरेको छ । 

न्युयोर्क टाइम्सले नेपाल राजनीतिक उथलपुथलमा परेको तथा चीन र भारतले नियालिरहेको भन्दै समाचार लेखेको छ । चीन र भारतको प्रभावमा धकेलिँदै आएको नेपालको राजनीतिक भविष्य संकटमा पर्दै गएको न्युयोर्क टाइम्सको समाचार छ । ‘शक्तिशाली छिमेकीहरू भारत र चीनबीच तनाब बढिरहेका वेला नेपालमा राजनीतिक अस्थिरता फेरि सुरु भएको छ’ न्युयोर्क टाइम्सले लेखेको छ ।

एसोसिएट प्रेस (एपी)ले पनि नेपाललाई राजनीतिक संकटमा धकेल्ने गरी संसद् भंग भएको भन्दै प्रमुखताका साथ समाचार दिएको छ । पूर्वमाओवादी समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष वा प्रधानमन्त्री दिन नचाहेका कारण पार्टीमा समस्या बढ्दै जाँदा संसद् विघटनसम्म आइपुगेको एपीको समाचारमा उल्लेख छ । 

रोयटर्सले पनि संसद् भंगको समाचार अनलाइन संस्करणमा प्रमुखताका साथ छापेको छ । चीन र भारतबीच स्यान्डबिचजस्तो नेपाल ठूला छिमेकीहरूको प्राथमिकताबाट प्रभावित छ । नेपालमा बढ्दो बेइजिङको चक्रव्यूहलाई भारतले आफ्नोतर्फ धकेलिरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ । रोयटर्सको समाचार अलजजिराले पनि प्रकाशन गरेको छ । 

भारतको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले अध्यक्ष प्रचण्डसँग लामो समयदेखिको राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद् भंग भएको समाचार दिएको छ । नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनका लागि सिफारिस गर्ने अधिकार नभएकोसमेत पिटिआईको समाचारमा उल्लेख छ । पिटिआईको समाचार टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ ।

हिन्दुस्तान टाइम्सले आफ्ना विरोधीलाई चकित पारेर प्रधानमन्त्री ओलीले संसद् भंग गरेको समाचार दिएको छ । एनडी टिभीले भने प्रधानमन्त्री ओलीले पार्टीको समर्थन गुमाएपछि संसद् भंग गरेको समाचार दिएको छ । द इन्डियन एक्सप्रेसले पार्टीमा शक्ति संघर्ष बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको समाचार दिएको छ । भारतका सबैजसो सञ्चारमाध्यमले नेपालको प्रतिनिधिसभा विघटनको विषयलाई प्रमुखताका साथ समाचार दिएका छन्। 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पनि प्रमुखताका साथ समाचार लेखेको छ । सिन्ह्वाले नेपालको मन्त्रिपरिषद्बाट संसद् विघटनका लागि सिफारिस गर्ने निर्णयको विरोधमा सातजना मन्त्रीले राजीनामा दिएको विषयलाई प्रमुखताका साथ समाचार दिएको छ । 

प्रतिक्रिया