Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

पूर्व प्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका पीएसओहरु के गर्छन,यदी उनीहरुनै आन्दोलनमा उत्रिँदा ? लाठी चार्ज हुन थाल्यो भने नि ?

पूर्व प्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका पीएसओहरु के गर्छन,यदी उनीहरुनै आन्दोलनमा उत्रिँदा ? लाठी चार्ज हुन थाल्यो भने नि ?

शुक्रवार बिहान ११ बजेतिर माइतीघरमा देशका तीन पूर्व प्रधानमन्त्री दखिए। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा झलनाथ खनाल प्रतिनिधिसभा विघटन भएको बिरोधमा उत्रिएका थिए। उनीसँगै  भीम रावल, जनार्दन शर्मादेखि वरिष्ठ नेता तथा पूर्व मन्त्रीहरु पनि थिए।

विवेकशील पार्टीको शैली पछ्याउँदै 'हामी यहाँ छौं' लेखिएका प्ले कार्ड उनीहरुको छातीमा थियो। चिसो भुइँमा थचक्क बसेका उनीहरुको समर्थन गर्नेसँगै व्यङ्ग्य गर्नेहरु पनि थिए। उनीहरुको सडक बसाईलाई लिएर पूर्व अर्थ सचिव रामेश्वर खनालले ट्विट गरे - पीए र गार्ड बसेनछन्?

खनालको व्यङ्ग्य स्वभाविक किन थियो भने - प्रचण्डकै मात्र ५९ जना सुरक्षाकर्मी छन् - नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर। माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्व गृह मन्त्रीहरुका सुरक्षाकर्मी पनि हुने नै भए। खनालले भने झै धर्नामा यी नेतालाई सुरक्षा दिन तैनाथ सुरक्षाकर्मीमात्रै बस्ने हो भने पनि आन्दोलनमा मानिसको चाप राम्रै देखिन्छ।

पूर्व प्रधानमन्त्री भएकै हैसियतले दाहाल र नेपाललाई सुरक्षाकर्मीको बलियो प्रवन्ध छ। डीएसपीको कमाण्डमा दाहाललाई ५९ जना सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन्। तर, परिस्थिति जब आन्दोलनको छ भने त्यतिखेर हुने सम्भावित झडपमा यी सुरक्षाकर्मीहरु के गर्छन्? नेताको सुरक्षाका लागि पहलकदम कि संगठनको निर्देशन पालन? झडप भयो र लाठी चार्च हुन थाल्यो भने नि?

त्यसो त शुक्रवारको आन्दोलनमा झडप हुनसक्ने आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंले कडा सुरक्षाको रणनीति लिएको थियो। सडकमा सशस्त्र प्रहरीसमेत परिचालित थियो। 

निषेधित क्षेत्रमा प्रर्दशनकारीको प्रवेश रोक्न बाक्लैगरी सुरक्षाकर्मी खटाइएको थियो। त्यसमाथि आन्दोलन गर्ने कम्तिका मानिस थिएनन्। पूर्व प्रधानमन्त्रीहरु नै थिए। सम्भावित भोलिका प्रधानमन्त्रीहरु पनि हुनुले प्रहरीलाई हम्मेहम्मे पर्नु स्वधाविक थियो।  त्यसैले सडकमा सुरक्षा कडा थियो। पुष्पकमल दाहाल सडकमा देखिँदा उनी सुरक्षाकर्मीको बाक्लो समुहले घेरिएको थिए। त्यस्तै नेता कार्यकर्ताको पनि सेक्युरिटी सर्कल बनाइएको थियो। प्रचण्डका सुरक्षाकर्मी उनलाई कुनै गतिविधि भइहाले जोगाउनका लागि सतर्क थिए। त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीआइपीलाई मध्यनजर गर्दै सुरक्षा दिइरहेको थियो।

माइतीघरबाट सुरु भएको प्रर्दशन कान्तिपथमा रहेको निर्वाचन आयोग आएर सकिँदै थियो। सबैभन्दा धेरै सुरक्षाको चुनौती निर्वाचन आयोगकै नजिकतिर थियो। निर्वाचन आयोग रहेको कान्तिपथ क्षेत्र निषेधित हो। त्यहाँ प्रदर्शन भयो भने लाठी चार्जदेखि हवाइ फायरसम्म खुल्न सक्थ्यो। 

त्यसैले बिहानै देखि निर्वाचन आयोग क्षेत्रमा एसपी नै खटाएर सुरक्षाको सर्कल तयार पारिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंबाट एसपी सोमेन्द्र सिंह राठौरको टोली परिचालन गरिएको थियो। एसपी राठौर भिड तथा प्रर्दशन नियन्त्रणमा अम्बल प्रहरीमा गनिने गर्छन्। झडपको सम्भावना हुने आशंकामा सुरक्षा व्यवस्था मिलाए पनि असहज अवस्था भने आएन। प्रर्दशन शान्तिपूर्ण नै भयो।

यदि प्रदर्शन भड्किएको भए के हुन्थ्यो? भीआइपीको सुरक्षा कस्तो रहन्थ्यो?

'पीएसओ सहित सुरक्षाकर्मी भएका व्यक्ति प्रर्दशनमा परे झनै सजिलो हुन्छ। किनकि सबैभन्दा पहिले हामी त्यस्ता व्यक्तिलाई बाहिर निकालेर उनीहरुको सुरक्षागार्डको जिम्मा लगाएर भिड नियन्त्रणमा लिन्छौ,' एसपी राठौरले भने।

झडप तथा ढुङ्गामुडा समेत प्रहार हुने आशंकामा प्रहरीले 'वाटर क्यानोन' समेत तैनाथ राखेको थियो हिजो। प्रदर्शनमा तीन पूर्व प्रधानमन्त्री अनि पूर्व गृहमन्त्रीदेखि मन्त्री समेत सहभागी थिए। कहिले काहीँ प्रर्दशनकारीले सामान्य धकेलाधकेल गर्ने र सुरक्षाकर्मीलाई उत्तेजित बनाउनु आन्दोलनको एउटा चरित्र नै हो। त्यस्तो अबस्थामा प्रहरीले लाठी चार्ज गर्छ नै। प्रहरीको त्यो लाठी भीआइपीमाथि भयो भने प्रदर्शन थप भड्किने हुन्छ नै। 

'हामो तत्लो तहका सुरक्षाकर्मीले कहिले काहिँ पूर्व मन्त्रीहरुलाई चिन्दैनन्। लाठी प्रहार गर्दा कहिले काहीँ प्रर्दशन झन् तात्ने गर्छ। त्यस्तो अबस्थामा चुनौती देखिन्छ,' एसपी राठौरले भने।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड-नेपाल पक्षले सडक आन्दोल सुरु गरिसकेको छ। अरु दलका पनि विरोध कार्यक्रमहरु जारी छ।प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर देशभर प्रर्दशन हुनेक्रम सुरु भइसक्यो। 

'हामीले हुनसक्ने सबै प्रकारका आन्दोल, प्रर्दशन तथा अन्य गतिविधिलाई ध्यान दिएर सुरक्षा व्यवस्था मिलाएका छौं,' गृह मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले भने।

पूर्व डीआइजी भोगबहादुर थापाका अनुसार कानुनी होस् या गैरकानुनी कुनै पनि हिसाबले आफूले सुरक्षा दिइरहेको व्यक्तिलाई जोगाउनु सुरक्षा गार्डको जिम्मेवारी हो। त्यसमै उनीहरु केन्द्रित हुनुपर्ने उनले बताए। लामो समय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द लगायत भीआइपीको सुरक्षागार्डमा खटिए अनुभवी हुन् थापा। 

'राज्यले नै भीआइपी व्यक्तिको सुरक्षाको लागि खटाएको हुन्छ। अर्का सुरक्षाकर्मीले भीआइपीलाई लाठी चार्ज गरे भने पनि आफैं डाढ थापेर भए पनि जोगाउनुपर्छ,' उनले भने, 'तर, भीआइपी सडकमा ओर्लिँदा सकस नै हुन्छ।'

प्रतिक्रिया