Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

देशभरका भन्सार कार्यालय कडा निगरानीमा

देशभरका भन्सार कार्यालय कडा निगरानीमा

भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।

पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न र आवश्यकताअनुसार निर्देशन दिन सक्ने विभागको दावी छ ।

यस नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याउन भन्सार कार्यालयको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिस्टममा सञ्चालित अनुगमन प्रणाली मुलुकका २४ वटा भन्सार कार्यालयमा लागु भइसकेको छ ।

अनुगमनमा खटिने कर्मचारीले जाँचपासको क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्कालै कार्यालयका कर्मचारीलाई फोन गरी सोधपुछ गर्न सक्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुमन दाहालले भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि सेन्ट्रल मनिटरिङ सिस्टम एकदमै उपयोगी एवं फलदायी हुने अपेक्षा गरिएको बताए । विश्व बजारमा देखिएका विभिन्न नवीनतम प्रविधिको प्रयोगबाट भन्सार कार्यालयलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधंै विभागको प्राथमिकतामा रहेको भन्दै उनले अहिले यस्तो प्रणाली सञ्चालनमा ल्याएको बताए । उनले विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने बताए ।

काठमाडांैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका अन्य विमानस्थल एवं स्थलगत भन्सार नाकालाई थप व्यवस्थित र पारदर्शी बनाउने अभियानमा केन्द्रित विभागले यसअघि गत साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आशिकुडा प्रणाली (नेपाल कस्टम्स अटोमेडेड सिस्टम) अन्तर्गत विकास गरिएको मेनिफेस्ट मोड्युल सञ्चालनमा ल्याएको थियो ।

मेनिफेस्ट भन्नाले वायुसेवा कम्पनीका सञ्चालकले आफ्नो विमान गन्तव्यका लागि प्रस्थान गर्नुअघि कार्गो ह्यान्डलिङ गर्ने कम्पनीलाई दिनुपर्ने मालवस्तुको विवरणलाई जनाउँछ । यस्तो मेनिफेस्टमा मालवस्तु बोक्ने विमान, छुटेको स्थान, मालवस्तु धनी, कार्गोको संख्या, मालवस्तुको तौल र प्याकेजिङको प्रकारलाई समेत समावेश गरिने भएकाले यो प्रणाली निकै पारदर्शी भएको विभागले जनाएको छ ।

यस्तो मेनिफेस्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो ह्यान्डलिङ गर्ने कम्पनीले विमानस्थलमा कार्गो व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई उपलब्ध गराउने र त्यो कम्पनीले आफ्नो प्रणालीमा प्रवीष्ट गरेपछि स्वतः भन्सारको एनईसीएएस प्रणालीको मेनिफेस्ट मोड्युलले प्रशोधन गर्ने गरी भन्सारको स्वचालित प्रणालीलाई प्राप्त हुने प्रविधि विकास गरेर कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ । यसले अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गरी राजस्व जोखिक न्यूनीकरण गर्ने कार्यलाई पनि थप सहज बनाएको विभागको दाबी छ ।

यो प्रणाली सञ्चालनमा आएसँगै हाल भन्सारलाई प्राप्त अग्रिम सूचनाका आधारमा मालवस्तुमा रहेको जोखिम अध्ययन गर्न पर्याप्त समय भएको विभागले बताएको छ । यस्तो नयाँ प्रणालीको उपयोगबाट कुन दिन कस्ता जोखिमपूर्ण मालवस्तु पैठारी हुँदै छ भन्ने अनुमान गरी सो दिन भन्सारले थप निगरानीका उपाय अपनाउने, धेरै मालवस्तु आउने दिन त्यसैअनुसार पर्याप्त कर्मचारी खटाउन पूर्वतयारी गर्न सक्नेलगायतका कामलाई थप बलियो र पारदर्शी बनाउन यो प्रणाली निकै उपयोगी र फलदायी भएको विभागको दाबी छ । जसले विमानस्थलको भन्सारमा न्यून घोषणा हुने सम्भावना पनि अन्त्य भएको विभागको दाबी छ ।

प्रतिक्रिया

ट्रेन्डिङ