Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ह्वातै बढ्यो दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, राष्ट्र बैंक भन्छ–‘भारतको प्रभाव नेपालमा देखियो’

ह्वातै बढ्यो दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, राष्ट्र बैंक भन्छ–‘भारतको प्रभाव नेपालमा देखियो’

आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको मुद्रास्फीति ह्वातै बढेको छ । तेलहन, गेडागुडी, दाल, चामलको मूल्य पछिल्लो समय आकाशिएको उपभोक्ताको गुनासो छ । 

सिनामंगलस्थित मुना किरना पसल सञ्चालक विक्रम कार्की सबै खाद्य सामग्रीको मूल्य बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा बढी मूल्य तेलमा बढेको छ ।

“दुई साताअघि १७० मा पाउने एक लिटर सनफ्लाओर तेल अहिले २०० पर्छ,” उनले भने, “चार वर्षअघि पसल खोल्दा १२० मा सनफ्लाओर तेल बेचेको, अहिले २०० पुग्यो । एक महिनाअगाडि १३ सयमा पाइने जिरा मसिनो अहिले १४ सय पुग्यो । दालमा पनि १० देखि १५ रुपैयाँ बढेको छ ।”

एक महिनामा नै मासको दाल प्रतिकेजी २० रुपैयाँसम्म बढेर १९० र रातो मसिनो दाल पनि १५ देखि २० रुपैयाँसम्मले बढेर १५० सम्म पुगेको उनीहरुको भनाइ छ ।

राष्ट्र बैंकले हरेक महिना प्रकाशित गर्ने मुद्रास्फीतिको तथ्याङ्कमा पनि गैरखाद्य तथा सेवाभन्दा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि उच्च रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहमा पनि गेडागुडी र हरियो तरकारीको मूल्यवृद्धि तुलनात्मकरुपमा बढी रहेको राष्ट्र बैंकका प्रवक्तासमेत रहेका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।

चालु आर्थिक वर्षमा समग्र मुद्रास्फीति नियन्त्रित भए पनि साउनदेखि नै खाद्यवस्तुको मुद्रस्फीति उच्च रहेको डा. भट्ट बताउँछन् ।

“तरकारीको गत महिना हेर्दा पनि २१ प्रतिशत रहेको देखिन्छ, अघिल्ल्लो महिनामा पनि २३/२४ प्रतिशत रहेको छ,” उनले भने, “यस्तै, तेलहन पदार्थको मूल्यवृद्धि ११ प्रतिशत र दाल तथा गेडागुडीको मूल्यवृद्धि १४ प्रतिशत रहेको छ ।” यसले पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च रहेको देखाउने उनको भनाइ छ ।

उपभोग्य वस्तुहरुको मूल्यवृद्धि बढी भए पनि समग्र मूल्यवृद्धि भने नियन्त्रित नै रहेको उनको दाबी छ ।

कात्तिकसम्मको उपभोक्ता मुद्रास्फीति ४.३२ प्रतिशत रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्दै उपभोक्ता मुद्रास्फीतिलाई पनि ७ प्रतिशतभित्र कायम राख्ने बताएको थियो । त्यसपछि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बजेटमा उल्लेखित ७ प्रतिशतको उपभोक्त मुद्रास्फीतिलाई सदर गरेको थियो ।

२१ प्रतिशतको क्रेडिट ग्रानेथको अपेक्षा राखेको केन्द्रीय बैंकले उपभोक्ता मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्ने लक्ष्य महत्वाकांक्षी भएको भन्दै आलोचना भयो । तर, कोभिड–१९ को कारण उपभोक्ताको क्रयशक्तिमा आएको कमीले गर्दा चालु आर्थिक वर्षको पहिलो चार महिनाको मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै कम देखिए पनि मंसिरपछिको अवस्था भने फरक हुने अनुमान लगाउन सकिन्छ ।

कर्जाको माग बढ्दै जानु, आर्थिक क्रियाकलाप वृद्धि हुनुले अब बजार चलायमान हुने संकेत गरेको र मंसिरपछि ह्वातै महँगी बढेको अनुभूति आम उपभोक्ताले गरेका छन् ।

किसानले समयमा रासायनिक मल नपाए पनि मौसमको अनुकूलताले गर्दा चालु आर्थिक वर्षमा धानको उत्पादन बढेको प्रारम्भिक तथ्याङ्क आउँदा पनि चामलको मूल्यवृद्धि भने बढेको छ ।

राष्ट्र बैंकका प्रवक्ता भट्ट आगामी दिनको अनुमानले अहिले मूल्य बढेको हुन सक्ने बताउँछन् । अर्कोतर्फ गत चैतबाट भएको लकडाउनले गर्दा सयमा बीऊ–बिजन उपलब्ध नहुँदा तरकारी तथा दलहन पदार्थको उत्पादन पनि घटेको बताइन्छ । जसले गर्दा पनि तरकारी तथा दाल र गेडागुडीको मूल्यवृद्धि तुलनात्मकरुपमा बढी भएको हो ।

औपचारिक तथ्याङक नआए पनि अनौपचारिक माध्यमबाट पुस लागेपछि झनै मूल्यवृद्धि बढेको पुष्टि हुन्छ ।

तर, नेपालमा मूल्यवृद्धिको मुख्य कारण भने भारतीय मुद्रास्फीतिको प्रभाव नै भएको उनको दाबी छ  । नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग नै निर्भर रहेको र नेपालको आन्तरिक उत्पादनले नधान्ने दैनिक उपभोग्य वस्तु भारतसँग नै निर्भर भएकोले भारतामा मूल्यवृद्धि उच्च हुँदा त्यसको प्रभाव नेपालमा देखिएको डा. भट्ट बताउँछन् ।

लगाताररुपमा भारतमा मूल्यवृद्धि लक्ष्यभन्दा माथि देखिँदै आएको छ । “उपभोग्य वस्तुको मूल्यवृद्धिको मुख्य सम्बन्ध आपूर्तिसँगको हो । उपभोग्य वस्तुको आन्तरिक उत्पादन धेरै हुनसकेन,” डा. भट्टले भने, “अर्को भनेको, भारतको पनि मूल्यवृद्धि उच्च छ, भारतको मूल्यवृद्धिको चाप पनि खाद्य समूहकै मूल्यवृद्धिको चाप हो । जसको प्रभाव पनि नेपालमा खाद्य समूहको मूल्यवृद्धि बढी भएको हो ।”

प्रतिक्रिया