Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

रोचक कथा, आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य

रोचक कथा, आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य

गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ । 

द्रोणाचार्य महर्षि भारद्वाजका पुत्र थिए । उनका छोरा अश्वत्थामा पनि महापराक्रमी थिए । गुरु द्रोणाचार्यको जन्मकथा महाभारतमा यसरी गरिएको छ :

भाँडोबाट जन्मेका थिए

एकचोटि महर्षि भरद्वाज बिहान गंगास्नान गर्न जाँदा घृताची नामक अप्सरालाई पानी उबाउँदै गरेको देखे । उनलाई देखेर भरद्वाजको मनमा विकार आयो र उनको वीर्य स्खलित हुन थाल्यो । यो देखेपछि उनले आफ्नो वीर्य द्रोण नाम गरेको भाँडोमा जम्मा गरे । त्यहीँबाट द्रोणाचार्यको जन्म भयो ।  भरद्वाजले पहिले नै आग्नेयास्त्रको शिक्षा आफ्ना शिष्य अग्निवेश्यलाई दिएका थिए । गुरुको आज्ञाअनुसार अग्निवेश्यले द्रोणलाई आग्नेय अस्त्रको शिक्षा दिएका थिए । 

परशुरामले दिए अस्त्र

द्रोणाचार्यले शिक्षा ग्रहण गर्ने क्रममा भगवान् परशुरामका बारेमा थाहा पाए । परशुरामले ब्राह्मणहरूलाई आफ्नो सर्वस्व दान गरिरहेको थाहा पाएपछि द्रोण पनि उहाँकोमा पुगे र आफ्नो परिचय दिए र द्रोणाचार्यले भगवान् परशुरामसँग आफ्ना सबै दिव्य अस्त्र शस्त्र माँगे र त्यसको प्रयोगविधि पनि सिके । 

पछि पाण्डवहरूलाई अस्त्रशस्त्रविद्या सिकाएर कौरवको सेवा गर्दै महाभारत युद्धमा गुरु द्रोणाचार्यले वीरगति प्राप्त गरेका थिए । 

 

प्रतिक्रिया