Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रोचक कथा, आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य

रोचक कथा, आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य

गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ । 

द्रोणाचार्य महर्षि भारद्वाजका पुत्र थिए । उनका छोरा अश्वत्थामा पनि महापराक्रमी थिए । गुरु द्रोणाचार्यको जन्मकथा महाभारतमा यसरी गरिएको छ :

भाँडोबाट जन्मेका थिए

एकचोटि महर्षि भरद्वाज बिहान गंगास्नान गर्न जाँदा घृताची नामक अप्सरालाई पानी उबाउँदै गरेको देखे । उनलाई देखेर भरद्वाजको मनमा विकार आयो र उनको वीर्य स्खलित हुन थाल्यो । यो देखेपछि उनले आफ्नो वीर्य द्रोण नाम गरेको भाँडोमा जम्मा गरे । त्यहीँबाट द्रोणाचार्यको जन्म भयो ।  भरद्वाजले पहिले नै आग्नेयास्त्रको शिक्षा आफ्ना शिष्य अग्निवेश्यलाई दिएका थिए । गुरुको आज्ञाअनुसार अग्निवेश्यले द्रोणलाई आग्नेय अस्त्रको शिक्षा दिएका थिए । 

परशुरामले दिए अस्त्र

द्रोणाचार्यले शिक्षा ग्रहण गर्ने क्रममा भगवान् परशुरामका बारेमा थाहा पाए । परशुरामले ब्राह्मणहरूलाई आफ्नो सर्वस्व दान गरिरहेको थाहा पाएपछि द्रोण पनि उहाँकोमा पुगे र आफ्नो परिचय दिए र द्रोणाचार्यले भगवान् परशुरामसँग आफ्ना सबै दिव्य अस्त्र शस्त्र माँगे र त्यसको प्रयोगविधि पनि सिके । 

पछि पाण्डवहरूलाई अस्त्रशस्त्रविद्या सिकाएर कौरवको सेवा गर्दै महाभारत युद्धमा गुरु द्रोणाचार्यले वीरगति प्राप्त गरेका थिए । 

 

प्रतिक्रिया