Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

यी राष्ट्रपतिलाई अब घर फर्काउनुपर्छ : गगन थापा

यी राष्ट्रपतिलाई अब घर फर्काउनुपर्छ : गगन थापा

कांग्रेस युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका गलत काममा समर्थन गरेको भन्दै अब संसद् पुनःस्थापनापछि उनलाई घर फर्काउनुपर्ने बताएका छन् ।

 उनले भनेका छन्, “एउटाचाहिँ राष्ट्रपति आफ्नो संवैधानिक कर्तव्यबाट च्युत भएको कुरासँग हो । हामी के पनि भन्छौँ भने सरकारले लगेको कुरालाई राष्ट्रपतिले इफ, बट नगरी उहाँले स्वीकार गर्नुपर्छ भनिरहँदा, यस्तै बेलामा हो, राष्ट्रपतिले संविधानको संरक्षक हो, संविधानको पालक हो भनेर देखाउने । सरकारले देखादेखी संविधानमा नाङ्गो हस्तक्षेप गरिसकेपछि कार्यकारीलाई सम्झाउने प्रयास गर्छ, लोकले देख्ने गरी मैले सारा प्रयत्न गरेँ, ती प्रयत्नहरु सफल हुन पाएनन्, मेरा हातपाउ बाँधिएका छन् भन्यो भने त्यसलाई लोकले मान्छ । तर, सीमासम्म प्रयास ग¥यो कि गरेन भनेर हेर्ने हो । आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्दैगर्दा पक्कै पनि राष्ट्रपतिले इमानदार प्रयास गर्नु भएन ।”

थापाले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश सरकारले जारी गर्नका लागि गरेको सिफारिस राष्ट्रपतिले महिनौंसम्म पारित नगरिदिएको उल्लेख गर्दै अहिले संसद् विघटन गर्दा पनि तत्कालै स्वीकृत गरेको भन्दै आक्रोश व्यक्त गरे ।

“उहाँ एकदमै अनैतिक हुनुभयो । त्यसका उदाहरणहरु पर्याप्त छन् । केही समयअघि चिकित्सा शिक्षासम्बन्धी अध्यादेश सरकारले पारित ग¥यो । अहिलेकै तर्कलाई मान्ने हो भने त्यो अध्यादेश राष्ट्रपतिले सरासर पारित गर्नुपथ्र्यो । तर, उहाँले महिनौँसम्म अध्यादेश मकहाँ आएकै छैन वा के के भन्दै अध्यादेश पारित नै गर्दिनु भएन । प्रधानमन्त्री ओलीले गर्न चाहेका, उहाँका नितान्त वैयक्तिक स्वार्थका कामहरुमा राष्ट्रपति साझेदार बन्नुभयो । वैशाखमा त्यत्रो महासंकट परेको बेलामा प्रधानमन्त्रीको दल फुटाउन सहज हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक अध्यादेश पारित गर्नुभयो । त्यसपछि केही दिनअघिको मात्र कुरो त नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै ८३ जना सांसद् संसद् बोलाउन समावेदन दिन जाँदा त्यसलाई अस्वीकृत गर्ने काम गर्नुभयो,” थापाले भनेका छन्, “यी कुरालाई एकैठाउँ राख्दै गर्दा एउटा, उहाँ चरम अनैतिक हुनुभयो । अर्को, संवैधानिक कर्तव्य पालना गर्दैगर्दा चरम भ्रष्ट हुनुभयो । भ्रष्ट भनेको त आचरणबाट निर्लज्ज बाहिर निस्कनु हो नि त । त्यसकारण राष्ट्रपति, चरम भ्रष्ट, चरम अनैतिक र संवैधानिक अपराधको साझेदार, प्रधानमन्त्रीको एउटा सानो गिरोह छ, त्यो गिरोहको एउटा सदस्य । हामी अनुमान लाउन सक्छौँ नि बाहिर बसेर, प्रधानमन्त्रीले ८–१० जनासँग बसेर आइडिया बनाउनुहुन्छ । त्यो गर्दैगर्दा राष्ट्रपतिलाई पनि त्यसको एउटा सदस्यजस्तो मानेर काम लगाउने । हामीलाई राष्ट्रपति भन्ने संस्थाप्रति विशेष सम्मान छ । तर, यो ठाउँमा पुगिसकेपछि पात्रप्रति हाम्रो आक्रोश हो । किनभने, हामीलाई राष्ट्रपति संस्थाप्रति माया छ नि । राष्ट्रपति संस्थालाई पूर्वराजासँग तुलना अरुले गर्दैगर्दा हामीलाई पोल्छ । राष्ट्रपति संस्थालाई जनताको सर्वोच्च संस्था बनाउन सकिन्छ भनेर विश्वास गरेर आन्दोलनमा लागेको मान्छे हो नि म त । यो आन्दोलनमा लागेका कारणले पनि अलि बढी आक्रोश आएको हुनसक्छ । संस्थाप्रति मेरो अहिले पनि सम्मान छ । तर, पात्रले संस्थाप्रति न्याय गर्न नसकेका कारण पात्रप्रति नै आक्रोश हो ।”

त्यसो भए राष्ट्रपतिमा रहेको पात्रलाई फेर्ने त ? भन्ने बाह्रखरीको प्रश्नमा थापाको भनाई थियो, “मेरो त स्पष्ट धारणा के हो भने अदालतले यो असंवैधानिक कदम नउल्टाइकन धरै छैन । त्यसपछि संसद्को बैठक जब चल्छ, त्यसपछि राष्ट्रपतिलाई आफ्नो घर फर्काउनुपर्छ । किनभने, राष्ट्रपतिलाई हामीले यति धेरै प्रश्नहरु, आलोचनाहरु र आशंकाहरु गरिसकेपछि त्यो संस्थाप्रति उहाँबाट न्याय हुन सक्दैन । राष्ट्रपतिप्रति अविश्वास र शंका भएपछि त्यो संस्थाको साख गिरेर जान्छ र जनताको सम्मान पनि घटेर जान्छ । त्यो भनेको हाम्रो गणतन्त्रको लागि प्रत्युत्पादक हुन्छ ।”

प्रतिक्रिया