Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

जहाँ राजनितिक अस्थिरता, त्यहाँ हतियारको त्रास ! किन फ्याट फ्याट भेटिन थाले पेस्तोल र गोली?

जहाँ राजनितिक अस्थिरता, त्यहाँ हतियारको त्रास ! किन फ्याट फ्याट भेटिन थाले पेस्तोल र गोली?

"मेरो हातको मोबाइल खोस्न खोज्यो, मैले प्रतिकार गरेँ। त्यसको साथमा रहेको पेस्तोल खस्यो।' आइतवार बिहानै कोटेश्वरको सडकमा एक थान पेस्तोल भेटियो। त्यो पेस्तोल कसको हो भन्ने अहिलेसम्म खुलेको छैन। एक युवकले भने आफुलाई लुट्न आएको मानिसको साथबाट खसेको बयान प्रहरीमा दिएका छन्। प्रहरीले पेस्तोल कसको हो भनेर अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्म पेस्तोल कसको भन्ने खुल्न सकेको छैन।

कोटेश्वरमा यसरी पेस्तोल भेटिनुले सुरक्षामा ठाडै प्रश्न गरेको छ। सानादेखि ठूला अपराधीसँग साना हतियार छ्याप्छ्प्ती छन् भन्ने नजरअन्दाज गर्न गाह्रो नहोला।

'हाम्रो अनुसन्धान भइरहेको छ। अहिलेसम्म पेस्तोल यसैको हो भन्ने खुल्न सकेको छैन। व्यक्ति पहिचान भएपछि पेस्तोल किन बोकेको खुल्छ,' महानगरीय प्रहरी कार्यालय काठमाडौंका एसएसपी अशोक सिंहले भने।

पेस्तोल भेटिएको केही मिटर दुरीमै अर्को घटना भयो। पेस्तोल भेटिनुभन्दा केही समय अघि धनुषा सवेला नगरपालिकाका रघुनाथ दुखीकुमार दनुवार लुटिए। उनलाई जडिबुटीमा बसभित्र रहेका ६/७ जनाको समूहले लुटेका थिए।

पेप्सीकोलाबाट गौशालामा रहेको मेनपावर कम्पनीमा जान भनेर हिँडेका दनुवारलाई जडिबुटीमा पुगेपछि गाडीमा नै भएका समूहले लुटेका थिए। उनको साथमा भएको २६ हजार लिएर त्यो समूह फरार भयो। गाडीका अन्य मानिसले प्रतिकार गर्न सकेनन्। एकाबिहानै समूह बनाएर लुट्न हिँडेका मानिसले पेस्तोल बोकेका थिए वा थिएनन, खुलेको छैन।

एकैदिन समय झन्डै उस्तैउस्तै। कतै त्यही समूहको त पेस्तोल होइन? प्रश्नको उत्तर खोजीमा प्रहरी पनि लागेको छ। दुई घटनाको कनेक्सन जोडिएको त छैन?

'प्रहरीमा उजुरी आइसकेको छ। हामी अनुसन्धान गरिरहेका छौं,' महानगरिय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले भने।

यसको एकदिन पछि …

सडकमा होइन विमानस्थलबाट नै हतियार फेला पर्‍यो। पेस्तोलमा प्रयोग हुने ‍नाइन एमएमको गोली ५० थानसहित एक युवक पक्राउ परे। झापा मेची नगर नगरपालिकाका २० वर्षीय बद्रीहाङ राई त्रिभुवन विमानस्थलकको आन्तरिक टर्मिनलट भद्रपुर जाँदै थिए। श्री एयरलाइन्सको उडान नम्बर एसएचए ९४३ बाट भद्रपुर जान लागेका उनको सामान एक्सरे मेसिनको चेकिङमा पर्‍यो।

चेकिङको क्रममा उनको ब्यागभित्र ५० थान गोली भेटियो।

विमानस्थलबाट नै गोली लिएर जानु सामान्य कुरा थिएन। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी पूर्व प्रहरीका छोरा निस्किए। उनले प्रहरीको ज्याकेटभित्र गोली हालेर लग्दै थिए। केही वर्षअघि उनका बुबा प्रहरी नायव निरीक्षक (सई) बाट अवकाश भएका थिए।

पक्राउ परेका युवकले आफूलाई ज्याकेटभित्र गोली भएको थाहा नभएको बताएका छन्।

'बुबाले ज्याकेट काठमाडौंमा छोडिएको छ। आउँदाखेरि लेराउनु भन्नु भएको थियो। त्यही ज्याकेट हालेको हुँ,' एक अनुसन्धान अधिकृतले राईको भनाई उद्धृत गर्दै भने।

यदि बाबुले त्यही भनेर छोराले चाल नपाइ गोली बोकेको भए बाबु पनि कानुनी कारबाहीमा तानिने छन्। अनि प्रश्न उठ्छ बाबुले त्यसरी गोली किन मगाए? उनको साथमा यतिका धेरै गोली कहाँबाट आयो? अब गोली कहाँ प्रयोग गर्दै थिए?

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा संसद विघटन भएसँगै देश चुनावमा गइसकको ओलीले उद्घोष गरिसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै गुटैगुट देखिएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह अहिले सडकमा छ। सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द नेतृत्वको समूह पनि बिरोधमा नै छ। त्यो समूहले अन्य तीन समूहसँग कार्यगत एकता पनि भ्याइसकेको छ।

२०७४ सालको प्रतिनिधिसभा र स्थानीय निर्वाचमा समेत विरोध गर्दै आएको विप्लव समूह चुनावमा सुरक्षा चुनौतीको रुपमा देखिन्छ। त्यसमाथि यसरी राजधानीका सडक र विमानस्थलमा नै पेस्तोल र गोली बरामद हुनुले सुरक्षा अवस्था कुन तहमा छ भन्ने अनुमान गर्न कठिन हुन्न।

देशमा अस्थिरता कायम हुँदा साना हतियार कारोबारी र अपराधीहरुका लागि उपयुक्त समय मिल्ने पूर्व एआइजी देवेन्द्र सुवेदी बताउँछन्।

'जब देशमा अस्थिरतको सरकार हुन्छ। साना हतियार कारोबारीहरु सक्रिय हुन्छ। उनीहरुको लागि त्यो नै सबैभन्दा अवसर बन्ने गर्छ,' सुवेदीले भने।

चालु आर्थिक वर्षको ४ महिनामा देशभर विभिन्न हतियारका ४३ थान गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ। ३ थान अमेरिकन पेस्तोल, २९ थान पेस्तोल,रिभल्वर २ थान, भरुवा १ थान, कटुवा ४ थान र अन्य रहेका छन्।

प्रहरीले यही अवधिमा साना ठूला हतियारसमेत बरामद गरेको छ। देशभरबाट विप्लव समूह र अन्य अपराधिक गतिविधि संचालन गर्ने व्यक्ति तथा समूहसँग गरेर १ सय २६ वटा हतियार बरामद गरेको नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए।

प्रहरीले सबैभन्दा धेरै  १ सय २ वटा भरुवा बन्दुक बरामद गरेको हो। अमेरिकन पेस्तोल १ थान, पेस्तोल १०, रिभल्वर १, कटुवा बन्दुक ४, १२ बोर २ र कटुवा ६ वटा बरामद गरेको छ। हतियारसहित १ सय ३० जना मानिससमेत समातिएका छन्। यो अवधिमा एसएलआर भने फेला परेको देखिँदैन।

सुरक्षामा हतियारको चुनौती

पछिल्लो चार वर्षमा प्रहरीले देशभर वर्षमा दुई सयभन्दा बढी साना तथा ठूला हतियारहरु समात्ने गरेको देखिन्छ। नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने ९ सय ५८ वटा हतियारहरु समातिएका छन् यस अवधिमा। यसरी समातिएका हतियारमा सबैभन्दा धेरै भरुवा बन्दुक नै रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

आर्थिक वर्ष २०७३/७४ मा २ हजार ४२ वटा हातहतियार समातिएका थिए। जसमा ४५ वटा पेस्तोल, ३ वटा रिभल्वर, ४५ वटा कटुवा, १ सय ३२ वटा बरुवा र १७ वटा बन्दुक रहेका छन्। यही आर्थिक वर्षमा ६ सय ५५ थान टोलीसमेत समात्न प्रहरी सफल भयो। १ सय ९३ थान पेस्तोलका गोली थिए। हतियार लिएको आरोपमा ३ सय ३२ जना मानिस समातिए। जसमा ७ जना विदेशीसमेत थिए।

आर्थिक वर्ष २०७४/७५ मा बरामद हुने हतियारको सङ्ख्या केही बढ्यो। २ सय ८४ वटा हतियार समातिए। यस समयमा पनि भरुवा बन्दुक नै सबैभन्दा धेरै थिए। अर्थात् १ सय ४६ वटा भरुवा। ४० वटा पेस्तोल, ७० वटा कटुवा, ५ वटा रिभल्वर, २३ वटा बन्दुक समातिएका थिए। हतियारसहित ३ सय ७३ जना मानिस समेत समातिए। १९ जना विदेशी रहेका थिए समातिनेमा।

साना हतियार प्रहरीको लागि निकै चुनौती छ। नक्कली डलर साट्नेदेखि, सुन तस्करी र सामान्य चोरी गर्नेसँग पनि हतियार फेला पर्ने गरेको छ। काठमाडौं उपत्यकाभित्र साना हतियारको बढी विगविगी छ। 'साना हतियार प्रहरीका लागि च्यालेन्ज हो। काठमाडौं उपत्यकाभित्र यसको धेरै च्यालेन्ज छ,' पूर्व एआइजी सुवेदीले भने।

आर्थिक वर्ष २०७५/७६ मा प्रहरीले बरामद गर्ने हतियारको सङ्ख्यामा भने केही कमी आएको थियो। १ सय ४८ वटा हतियार बरामद भए त्यस वर्ष। जसमा १ सय ९३ जना मानिस समातिए। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या बढेर २ सय ८४ पुगेको थियो। जसमा ३ सय ६१ जना मानिस समातिएका थिए जसमा ७ जना विदेश रहेका थिए।

यस्ता हतियारहरु नेपालमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म पाउने गरेको पक्राउ परेका अभियुक्तले प्रहरी बयानमा बताउने गरेको प्रहरी अधिकृतहरु बताउँछन्। भारतमा भने यस्ता हतियार १० देखि २० हजार नेपाली रुपैयाँमा सजिलै किन्न पाइन्छ। तराईका नाका हुँदै हतियार उपत्यका छिर्ने गरेको छ। खुला सीमाका कारण पनि नेपालमा साना तथा ठूला हतियारको सधैं चुनौती रहेको छ।

त्यसमाथि मुलधारको राजनीतिमा रहेका पार्टी टुक्रिएर विप्लवको जस्तै समूह बनेपछि चुनौती थपिएको छ। विप्लव समूहसँग कति हतियार छ त? यकिन तथ्याङ्क राज्यसँग समेत छैन। त्यसैले सम्भावित खतराबाट बच्नु भगवान भरोसेजस्तै बनेको छ।

प्रतिक्रिया