Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जताततै आक्रामक पाटेबाघ, चुनौतीपूर्ण बन्दै बाघ संरक्षण

जताततै आक्रामक पाटेबाघ, चुनौतीपूर्ण बन्दै बाघ संरक्षण

नेपालगञ्जबाट घरतर्फ फर्किरहेका कैलाली लम्कीचुहा नगरपालिका-४ निवासी २२ वर्षीय मोटरसाइकल चालक सन्तोष थापा शुक्रबार राती पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ राजमार्गमा तैनाथ नेपाली सेनाको चेकपोष्टमा हस्याङफस्याङ गर्दै पुगे। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका-२ अम्रेनीदेखि करिब साढे ६ किलोमिटरभित्र गुमनाह पुल आसपास क्षेत्रमा आफूसँगै मोटरसाइकलमा सवार ५० वर्षीया आमा नन्दकला थापालाई पाटेबाघले मोटरसाइकलबाटै आक्रमण गरी घिसारेर जंगलभित्र पुर्‍याएपछि उनले आमाको जीवन रक्षाका लागि सुरक्षाकर्मीसँग गुहार मागे। 

थापाको खोजीका लागि तत्काल निकुञ्ज कर्मचारी, नेपाली सेना लगायतको टोली निकुञ्जभित्र पुगेर चारैतिर खोजी गरे। बाघले दगुराएकी महिलालाई उद्धार टोलीले फेला पार्न सकेन। घटनस्थलबाट अलिभित्र उनका केही कपडा फेला परे। शुक्रबार रातीको घटना भएकाले खोजी कार्य स्थगित भयो। शनिबार बिहान हात्ती लिएर खोज्ने क्रममा नन्दकलाको शव घटनास्थलदेखि २ सय मिटरको दुरीमा क्षतविक्षत अवस्थामा भेटियो। तत्काल खोज तथा उद्धारको पहल गरेपनि रात्रीकालिन समय भएकाले बाघ आक्रमणमा परेकी थापालाई फेला पार्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

शवको प्रकृति हेर्दा बायाँ खुट्टा छुट्टिएको, मुख तथा कम्मरभन्दा मुनिको भाग विक्षत अवस्थामा छ। मोटरसाइकलका चालक छोराको अवस्था सकुशल छ। मृतकको शव पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइएको छ। उनले राहत सहयोगका बारेमा केन्द्रमा कुराकानी भइरहेको जानकारी दिए। सडक क्रस गरेको बाघले पछाडिबाट आएर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ। बाघले थ्रेट महशुस गरेर आक्रमण गरेको हुनसक्छ। घटनास्थल क्षेत्र बाघको मुभमेन्ट हुने क्षेत्र भएकाले पनि जोखिम निम्तिएको हुनसक्ने अनुमान निकुञ्जको छ।

दुई दशक अघि बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा भएको घटना पुनः दोस्रो पटक दोहोरिएको छ। 'जोखिम न्युनिकरण गर्न पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको अम्रेनी–कर्णाली–चिसापानी सडकखण्डमा बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साईकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरेका छौं।घटना नदोहोरियोस् भन्ने हाम्रो तत्कालीन तयारी हो। दीर्घकालिन रुपमा समस्या समाधान गर्न हिंसात्मक क्षेत्रहरुमा स्काईव्रिज राख्नु जरुरी छ।' उनले थपे, 'आक्रामक बाघको पहिचान लगायत द्वन्दरहित बाघको दीगो संरक्षणका लागि नियमित गस्तीसँगै क्यामरा राखेर अध्ययन गर्दैछौँ।'

पछिल्लो गणनाको तथ्यांक अनुसार बर्दियामा ८७ वटा वयस्क पाटेबाघ छन्। गणनाका बेला बच्चा रहेका बाघहरु पनि वयस्क बन्ने क्रममा छन्। जसले गर्दा संख्यात्मक रुपमा बाघको बृद्धि भइरहेको छ। बर्दियाको खाता जैविकमार्ग, गेरुवा लगायत निकुञ्ज क्षेत्रमा बाघ आक्रामक बन्न थालेका छन्। साढे १ वर्षको अवधिमा बर्दियामा १२ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन्। जसअनुसार ७ जना निकुञ्ज क्षेत्र र ५ जना वनक्षेत्रमा बाघको आक्रमणमा परी ज्यान गुमाएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठ बताउँछन्। गत वर्ष १ जना निकुञ्ज कर्मचारीसहित ६ जना र यस वर्षको छ महिनामा ६ जनाको बाघका आक्रमणमा परी मृत्यु भएको हो। मानव तथा बाघबीच ह्वात्तै द्वन्द बढेकाले समयमै दीगो समस्या समाधान गर्न नसके थप जटिल चुनौती निम्तिने खतरा यसपटकको घटनाले प्रष्ट्याएको छ। 

प्रतिक्रिया