Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

धनगढिमा जता हेरेनी आँखले हेरेरै नसकिने भिड, देखियो भट्टको प्रभाव

धनगढिमा जता हेरेनी आँखले हेरेरै नसकिने भिड, देखियो भट्टको प्रभाव

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ७० हजार संख्यामा जनसहभागिता जुट्यो। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले।

सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार धनगढी उतारेका थिए। र, यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराए। 

माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्थे। पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन। सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल। दाहालकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको पाएपछि उनी असन्तुष्ट बनेका थिए। 

पार्टी एकीकरणको अढाई वर्षपछि मात्रै भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै ओलीले भट्टलाई साथ लिएका थिए। रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो।  त्यसपछि दुई नेताको राजनीतिक धार बदलियो। रावल ओलीका कट्टर विरोधी बने।

भट्ट दाहालको प्यानल त्यागेर ओलीनिकट भए। पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए। भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज हुन्। नेता भट्टले २०६४ को संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए। उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएका थिए। 

‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह र भारतसँग अन्तदेशीय नाकाको विस्तार बाहेकको विकल्प थिएन। अझ नेपालको उत्पादन भारतमा लैजान र भारतसहित तेस्रो मुलुकको उत्पादन नेपालमा सहज रूपमा भित्र्याउन सुख्खा बन्दरगाहको कुनै विकल्प थिएन। त्यसैले ०६४ सालमै मैले सुख्खा बन्दरगाह भनेको हुँ’, नेता भट्टले अन्नपूर्णसँग भने।

त्यसले चाँडै मूर्तरूप पनि लिँदै छ। कञ्चनपुरको महाकाली नगरपालिका–२ दोधारा चादनीमा मन्त्री भट्ट स्वयंले सुख्खा बन्दरगाहको शिलान्यास गरिसकेका छन्। यो दुई वर्षमा बनिसक्ने तयारी छ। भारतले उसको चम्पावत जिल्लामा पर्ने जोडबुडा नदी हँुदै गडीगो भएर नेपालको चाँदनी नजिकै सुख्खा बन्दरगाहका लागि प्रवेश विन्दु तोकेको छ। ‘नेपालले महाकालीमा बनाएको चार लेनको सडक र त्यस नजिकै नेपाल–भारतका एकीकृत भन्सार चौकीले पनि नेपालको विकासमा टेवा पुग्छ। अझ त्यसमा अन्तरदेशीय व्यापार र आर्थिक क्षेत्रको पनि तयारी भइरहेको छ’, नेता भट्टले भने।

कैलालीको डुँडेझारीमा विशेष औद्योगिक क्षेत्र, धनगढी–अत्तरिया सडकमा औद्योगिक करिडोर, कञ्चनपुरको दैजीमा विशेष आर्थिक क्षेत्रका लागि सुरुदेखि नै लडेका भट्टको त्यो सपना पनि पूरा हुँदै छ।

पहिले दाहालका विश्वासपात्र रहेका भट्टजस्तै सुदूरपश्चिममा ओलीलाई अभियन्ताको खाँचो थियो। साविकको एमाले भएका बेला ओली पक्ष सुदूरपश्चिममा निकै कमजोर थियो। पार्टी एकीकरणपछि ३९ प्रदेशसभा सदस्य रहेको प्रदेश सभाबाट मन्त्रिपरिषद्मा ओलीका एक मात्र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा मात्र राखिएका थिए। अहिले, ओलीको पक्षमा नेता लेखराज भट्ट, माओवादीबाट जितेका तर हालै राजीनामा गरेका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालगायत केही नेता पनि थपिएका छन्।

‘भीम रावलको नातावाद र कृपावादका कारण पार्टीमा असन्तुष्टि व्याप्त थियो। भट्टको आगमनसँगै ओली पक्षमा इमान्दार र योग्य नेता–कार्यकर्ता थपिएका छन्’, एक प्रदेशसभा सदस्यले भने, ‘भट्टको राजनीतिक उचाइ पनि यसले बढाएको छ।’ 

प्रतिक्रिया