Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

आज भोली जताततै मेला छ हजुर

आज भोली  जताततै  मेला छ हजुर

विभाजनपछि पार्टीमा आधिकारिकताको संघर्ष चलिरहेका बेला नेकपाका दुवै पक्ष भेला, बैठक, छलफल र कार्यक्रममा होमिएका छन् । नेता र कार्यकर्ताको संख्या आफूतर्फ धेरै रहेको देखाउन उनीहरू ज्यान फ्यालेरै लागेको देखिन्छ । त्यसैले होला आज एउटा समूहमा खुलेर लागेका ठूलै नेताहरू पनि उज्यालो नहुँदै अर्को पक्षको कार्यक्रममा झुल्किएका हुन्छन् ।

सो क्रममा अघिल्लो दिन संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी भनेर उग्र बिरोध गरेका पूर्वमाओवादी नेता प्रभु साहले भोलिपल्ट लुसुक्क बालुवाटार छिरेर मन्त्री पद पड्काए । मन्त्रीको शपथ गरेपछि प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा सबैभन्दा दह्रो खम्बा बनेर उभिएका छन् ।

प्रभु मात्र हैन, प्रधानमन्त्रीको कदमबिरुद्ध आयोजित आन्दोलनका कार्यक्रममा सहभागी गौरीशंकर चौधरीले पनि एक झट्कामा रंग फेरेका छन् । पिसाब फेर्ने निहुँ पारेर आन्दोलनबाट फुत्किएका चौधरी दौडिँदै बालुवाटार पुगेको प्रसङ्ग सामाजिक सञ्जालहरूमा अझै भेटिन्छ । नभन्दै त्यसको एक–दुई दिनमै उनले श्रम मन्त्रीको शपथ खाए ।

अघिल्लो दिन ओली समूहले बालुवाटारमा राखेको केन्द्रीय कमिटीको बैठकमा पुगेका पूर्वमन्त्री शेरबहादुर तामाङ्ग पत्नीसहितै भोलिपल्ट प्रचण्ड–नेपालको भेलामा पुगे । ओली समूहले केन्द्रीय सदस्य बनाएका झण्डै तीन दर्जन नेता तथा कार्यकर्ताले आफूलाई थाहै नदिई केन्द्रीय सदस्य बनाएको भन्दै अस्वीकार गरिदिए । राजकीय स्रोत र प्रभावको कारणले हुनसक्छ नेता तथा कार्यकर्ता तानातानमा बालुवाटार अगाडि देखिएको छ । बालुवाटारसँग हैसियतअनुसारका अफरै अफर छन् । कसैलाई संघको मन्त्री, कसैलाई प्रदेशको मन्त्री, कसैलाई राजनीतिक नियुक्ति त कसैलाई केन्द्रीय सदस्यको लोभ देखाउँदै बालुवाटारले आफूतिर तान्ने प्रयास गरेको हो । अझ सूर्य चिह्नमा ‘भावनात्मक ब्ल्याकमेलिङ’ को त कुरै नगरौं ।

केन्द्रमा प्रचण्ड–नेपाल पक्षधर भनिएकाहरूलाई मन्त्री बनाएर आफूतिर तान्न सफल भएपछि ओली पक्षले प्रदेशमा पनि त्यस्तै रणनीति अपनाएको देखिन्छ । लुम्बिनी प्रदेशको रूपन्देही ओली पक्षका महासचिव विष्णु पौडेलको गृहजिल्ला हो । त्यसैले रूपन्देहीलाई सो समूहले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । पुस पहिलो सातासम्म ओलीबिरुद्ध आगो ओकलेका प्रचण्ड–नेपाल समूहका नेताहरू रातारात ओली समूहमा लाग्नुले पनि त्यसको पुष्टि गर्ने विश्लेषकहरू बताउँछन् ।

शर्मासँगै पार्टी काममा लामो समयदेखि सक्रिय एकजना कार्यकर्ताले भने, ‘एमएस गद्दार रहेछन् । त्यता जानु नै थियो भने अस्तिको भेलामा ओली समूहलाई किन त्यति साह्रो गाली गरेको होला !’ विगतमा बाबुराम भट्टराईको विश्वासपात्र मानिएका एमएस उनलाई छाडी प्रचण्डनिकट हुँदा प्रदेश सभाको समेत टिकट टप्काएर रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित पनि भए ।

छेपारोले झैँ रंग फेर्नुको कारणबारे जनआस्थाले सोधेको जिज्ञासामा उल्टै नेताहरूको नामै लिएर गाली गरे । कुनै पदको आश्वासनमा ओलीतिर नलागेको दाबी गरेका उनले उल्टै प्रश्न गरे, ‘नेताहरूले चैँ घण्टा घण्टामा कुरा फेर्न हुने, मैले मात्रै किन नहुने ?’

मन्त्री बन्न बालुवाटारमा लर्को लाग्नेको संख्या बढिरहेका बेला यता कर्णाली प्रदेशमा भने ओली पक्षका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका छन् ।

ओली समूहबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रचण्ड–नेपालतिर लागेका छन् । त्यस्तै ओली पक्षका सांसद पदमबहादुर रोकायले पनि साथ छाडेका छन् । उनीहरू तीनै जना प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

कर्णाली प्रदेश सभामा यसै पनि कमजोर रहेको ओली समूह तीन जना सांसदले छाडेपछि थप कमजोर बनेको छ । प्रदेश सभामा नेकपाका ३३ सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । ओली पक्षमा ११ जना खुलेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ