Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

यसरी प्रयोग गर्नुहोस् सरकारले ल्याएको नागरिक एप

यसरी प्रयोग गर्नुहोस् सरकारले ल्याएको नागरिक एप

 सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ । सरकारी सेवाका लागि सकेसम्म सरकारी कार्यालय धाउनै नपर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो एप प्रयोग गर्न पनि निकै सहज छ ।

हाल यो एपबाट प्यान नम्बर लिन सक्ने व्यवस्था मिलाइएको छ । आगामी दिनमा यसैगरी क्रमशः यो एपमा अन्य सरकारी सेवा समेत लिन सकिनेछ ।

विभिन्न सरकारी निकायले सञ्चालनमा ल्याएका सबै एपहरुलाई क्रमशः यही एपमा इन्टिग्रेट गर्ने सरकारको योजना छ । यहाँ हामी तपाईंलाई नागरिक एपमा कसरी खाता खोल्ने भन्ने विषयमा बताउँदै छौं ।

यसका लागि सुरुमा तपाईंले आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि एन्ड्रोइड फोन हो भने यहाँ क्लिक गर्नुहोस् तथा आईओएस हो भने यहाँ क्लिक गर्नुहोस् ।

अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस् अनि खाता खोल्न अगाडि बढ्नुहोस् । यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस्, तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न ।

त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ । यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको कोड पठाउँछ ।

उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस् । आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् । उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ ।

त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पुरा हुन्छ । अब यसमा पिन कोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया