Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वादी समुदायका महिलाको गुनासो– ‘सम्मानपूर्वक बाच्न पाएनौं’

वादी समुदायका महिलाको गुनासो– ‘सम्मानपूर्वक बाच्न पाएनौं’

मेनुका ढुंगाना (अछाम)

अछाममा वादी समुदायले अझै पनि आफुले सम्मान पुर्वक बाँच्न नपाएको  छन् । अछामको मंगलसैन , साँफेबगर , बिनायकलगायतका ठाउँमा अरुको घरमा बस्दै आएका वादी समुदायले सुरक्षित बासको लागि विभिन्न निकायसम्म पटकपटक गुनासो राख्दा पनि वास्ता नगरेको बताएका छन् ।

वादी समुदायलाई फरक नजरले हेर्ने गरेको उनीहरुले बताएका छन् । विषेशगरी वादी समुदायका महिलाहरुलाई यौनकर्मीको रुपमा हेर्ने गरेको उनीहरु बताउँछन् । ‘उमेर रुप र जवानी हुने बेला बिहे गर्छौं भन्ने प्रस्ताव राखेर बाहुन देखि हाकिमसम्मले वादी महिलाको अस्तित्व लुटेका छन् । असुरक्षीत गर्भपतनको कारण धेरै वादी महिलाले अकालमा ज्यान पनि गुमाएका छन् ’  मंगलसैन ५ कि ५५ वर्षीया टंकि वादीले भनिन् ‘ अहिले हाम्रो बुढेसकाल भयो , न बस्ने घर छ न कोहि साहारा । गाउँमा माग्न जाँदा पनि दिदैनन् ।’ धेरै जसो वादी समुदायका महिलाले अनिश्चित गर्भबाट सन्तान जन्माएको र अहिले उनीहरुको विचल्ली भएको उनी बताउँछिन् ।

अर्कि स्थानीय सुपारी वादीका अनुसार पहिले वादी समुदायका महिलाले आफ्नो इच्छाअनुसार बाँच्न पाएनन् । आफूभन्दा माथिल्लो जातका पुरुषहरुले वादी महिलालाई भोग गर्ने नियतले मात्रै हेरेको उनि बताउँछिन् । ‘त्यो बेला हामीलाई केहि पनि थाहा थिएन । माथिल्लो जातका पुरुषले भन्ने बित्तीकै  उनीहरुले भनेअनुसार चल्नु पथ्र्यो । त्यहि कारणले हामीले दुःख पायौं ’ उनले भनिन् ,‘ हामीले एकछाक टार्नकै लागि यौनकर्मि हुन बाध्य भयौं । अब हाम्रा छोरीहरुले त्यस्तो भोग्न नपरोस्  । मान्छे भएर मान्छेकै जसरी बाच्न नपाउँदा धेरै पिडा हुन्छ ।’ पहिले वादी समुदायका पुरुष मादल बनाउने सुल्पा बनाउने, माछा मार्ने तथा छोरी यौन पेशालाई अपनाउने र नाच्दै मागेर गुजारा चलाउने चलननै भएको उनी स्विकार्छिन् । अहिले परिस्थित बदलिए पनि आफूहरुलाई हेर्ने नजर नबदलिएको उनी बताउँछिन् ।

पहिलेकै नजरले अहिले पनि वादी जातीका महिलालाई हेरेकै कारण छोरीहरु विद्यालय जान समेत अप्ठ्यारो मान्ने गरेको अर्कि स्थानीय ममिता वादी बताउँछिन् । ‘बिहान साँझ अरुको काम गरेर भए पनि केहि वादी समुदायमा छोरीहरु विद्यालय जान्थे । त्यहाँ पनि वादी जाती भनेपछि हेर्ने नजर नै फरक छ ’ उनले भनिन् ,‘ अरु जाती सरह मान्छे भएर बाँच्न हामीलाई पनि रहर छ ।’

गास र बासको माग

वादी समुदायका व्यक्तीले सम्मान पुर्वक बाँच्न पाउनु पर्ने र त्यसका लागि गास र बासको व्यवस्था सरकारले गरी दिनु पर्ने बताउँदै आएका छन् । चुनावताका गास , बास , रोजगारीको व्यवस्था गर्छु भन्ने नेताहरुले अहिले नहेरेको उनीहरुको आरोप छ । ‘मंगलसैनमा स्थायी बसोबास गर्ने १६ जना वादीलाई चुनावताका नेताहरुले होेटेलमै खाना खुवाए । होटेलमै सुताए । गाडी चढ्न नपाएका हामीलाई गाडी चढाए । अरुलाई ढोग्दै मागी खाने हामीलाई ढोगे  । अहिले कोहि फर्केर हेर्दैनन् ’ मंगलसैन ५ का बैरागी वादीले भने ,‘ अब हामी काम गरेर खान चाहन्छौं । हाम्रा छोरी , श्रीमती , आमालाई हामी सम्मान पुर्वक बाच्ने वातावरण दिन चाहन्छौं । त्यसको लागि सबैभन्दा पहिले हामीलाई खाने र बस्ने व्यवस्था हुनु पर्यो ।’  ४ वर्ष पहिले संघसंस्थाले एक एक वटा बाख्रा वितरण गरे पनि पाल्ने वातावरण नभएको उनले बताए । ‘आफूलाई बस्ने घरै छैन भने संघसंस्थाले दिएका बाख्रा पाल्न सकिएन ’ उनले भने ,‘अहिले हामी अरुको घरमा बसीरहेका छौं । मालिकले छोड भनेको दिन छोडेर हिड्नुपर्छ ।’ पटकपटक सरोकारवालाले गास र बास दिन्छौं भने पनि अहिले वास्ता नगरेको उनको भनाइ छ । बस्ने घर ,जग्गा जमिन ,रोजगारी र शिक्षाको अवसर पाए मागेर खाने चलन हटाउन तयार रहेको उनिहरुको भनाइ छ ।

बालबालिका पढाइबाट बञ्चित

आर्थिक समस्याका कारण वादी समुदायका बालबालिका भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्न बाध्य भएका छन् । दैनिक गुजारा चलाउन जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बसिरहेका वादी समुदायका बालबालिका विद्यालय जाने उमेरमा मजदुरी गर्नुपर्ने भएकाले उनिहरु आधारभूत शिक्षा पाउनबाट वञ्चित भएका हुन् । स्थानीय फुँगी वादीले साँझ बिहान हातमुख जोर्न पनि धौधौ परिरहने भएकाले छोराछोरी विद्यालय पठाउन नसकिएको बताइन् । ‘मेरो १४ वर्षीय छोरासमेत काम गर्न भारतमा गएको छ । हामीसँग जग्गाजमिन नभएको र परिवारको संख्या ठूलो भएकाले मजदुरी नै प्रमुख पेसा हो ।’ उनले भनिन् ।

सामुदायिक विद्यालयहरुले बालबालिका विद्यालय भर्ना गराउँदा विभिन्न शीर्षकमा शुल्क असुल्न थालेपछि वादी समुदायले बालबालिका विद्यालय भर्ना गराउन नपाएका हुन् । बस्तीका २० भन्दा बढी बालबालिका शुल्ककै अभावमा पढाइबाट वञ्चित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।  जिल्लाभरिमा विद्यालयको शुल्क तिर्न नसकेर विद्यालय भर्ना हुन नपाएका वादी समुदायका बालबालिकाको संख्या ६० भन्दा बढी रहेकोदलित समुदायका अगुवा मोती कामीले बताए ।
 

प्रतिक्रिया

ट्रेन्डिङ