Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रहेनन् ‘यो दाजुको मिरमिरे आँखा’ गीतका सर्जक,चुँडियो सारंगीको तार

रहेनन् ‘यो दाजुको मिरमिरे आँखा’ गीतका सर्जक,चुँडियो सारंगीको तार

चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ पछिल्लोपटक पुनः रेकर्डिङ भएर नयाँ पुस्ताको स्वरमा आयो । नयाँ रेकर्डिङ अघि पनि यो निकै चलेको गीत हो । नेपाली संगीत जगत्मा उक्त सदाबहार गीत थप्ने सर्जक पोखरा बाटुलेचौरका धनबहादुर गायकको सोमबार निधन भएको छ ।

उच्च रक्तचापले बेहोस भएपछि गत शनिबार उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा निधन भएको हो । 

उनी ५९ वर्षका थिए । उनको लेखन तथा संगीतमा प्रवीण गुरुङ र बीमाकुमारी दुराले गाएको ‘मिर्मिरे आँखा’ लोक भाकाको चर्चित गीत हो । गुरुङकै स्वरमा रहेको ‘फूल मायामा नभुल’, ‘बेली र चमेली’ मा समेत धनबहादुरकै शब्द/संगीत छ । धनबहादुर चर्चित सारंगीवादकसमेत थिए । पोखराको बाटुलेचौरमा जन्मिएका उनको सारंगी संरक्षणमा योगदान छ ।

उनले झलकमान गन्धर्व सारंगी पाठशाला खोलेर नयाँ पुस्तालाई संगीत सिकाउँदै आएका थिए । राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनी संस्कृति संरक्षणका लागि भन्दै गन्धर्व संग्रहालय भवन बनाउने अभियानमा सक्रिय थिए ।

विसं २०३१ मै उनले रेडियो नेपालको काठमाडौं स्टुडियो पुगेर विभिन्न लोकगीत रेकर्ड गराएका थिए । पोखरा फर्किएर पनि अरू गीत रेकर्ड गरे । पोखरामा उनले सारंगी र मादलको प्रशिक्षकका रूपमा लामो समय काम गरे । नेपाली फिल्म कान्छी, सन्तान, पहिलो प्रेम, के घर के डेरा, फेरि भेटौंला, सिन्दूर र जापानीज छोटो फिल्ममा उनको नृत्य र सारंगीवादकका रूपमा अभिनय गरेको देख्न पाइन्छ ।

पोखरा लोक संगीत समूहका अध्यक्ष उनी हिमाली सांस्कृतिक समूह, संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा सांस्कृतिक परिवार, शुक्ला साहित्य समिति गन्धर्व समाज, गन्धर्व संग्रहालय भवन निर्माण समिति, लोक दोहोरी गीत प्रतिष्ठान कास्कीलगायतका संस्थामा आबद्ध थिए । उनको निधनले लोकगीतको क्षेत्रमा अपूरणीय क्षति भएको लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले बताएका छन् । गन्धर्वको सोमबार नै पोखरामा अन्त्येष्टि गरिएको छ । धनबहादुरको श्रीमती, एक छोरी र दुई छोरा छन् ।

जीवनका झन्डै चार दशक उनको हातमा सारंगी टुटेको थिएन । लोकसंगीतलाई माथि उठाउन उनले सारंगीसँगै मादललाई पनि लिएर हिँडेका थिए । नयाँ पुस्तालाई नेपाली मौलिक संगीतको स्वाद दिनुपर्छ भनेर अहोरात्र खटिने सर्जक धनबहादुर गायकले सधैंको निम्ति विश्राम लिँदा बाटुलेचौरको गन्धर्व बस्ती शोकाकुल छ । गन्धर्व समुदाय विकास केन्द्रका सल्लाहकार हर्क गायक भन्छन्, ‘सारंगीवादनमा सबैलाई हौस्याउने अगुवालाई हामीले गुमायौं ।’

सारंगी संस्कृति गन्धर्व समाजको मात्र नभएर सिंगो मुलुकको संस्कृति भएकाले जोगाउनुपर्ने धनबहादुरको धारणा थियो । त्यसैले उनी बालबालिकालाई सारंगी सिकाउँथे । नयाँ पुस्ता बिस्तारै अन्य पेसा तथा व्यवसायतिर आकर्षित हुन थाल्दा सारंगी बजाउने सीप बिर्सिनेमा उनलाई चिन्ता थियो । त्यसैले प्रशिक्षण गराउने मात्र नभई कार्यक्रम, भेला र जमघटमा सारंगी बजाउन उनी आफैं अघि सर्थे ।

धनबहादुर दिग्गज लोकगायक झलकमान गन्धर्वका भान्जा थिए । नेपाली संगीत जगत्मा मामाको योगदानलाई अपेक्षित रूपमा स्मरण नगरेको दुखेसो उनी गर्थे । मौलिक लोकसंगीत सिर्जना र संरक्षणमा आफ्नो जीवन अर्पेका झलकमानकै स्मरण र सारंगी संरक्षणका लागि उनले पाठशाला स्थापना गर्न अगुवाइ गरेका थिए ।

लोक संस्कृति तथा सारंगीमा धनबहादुरको योगदान अतुलनीय रहेको गन्धर्व सांस्कृतिक कला संगठनका अध्यक्ष पुजन गन्धर्वले बताए । ‘लोकबाजा सारंगी संस्कृति संरक्षणकर्ताका रूपमा उहाँ हाम्रा लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ उनले भने, ‘नयाँ पुस्तालाई उहाँले जीविकोपार्जनसँगै संस्कृतिका रूपमा ढालेर सारंगीलाई सिकाएर जानु भो ।’

उनले धनबहादुरलाई एक कुशल सारंगीवादक, मादलवादक, लोकसंगीतका प्रशिक्षक तथा नयाँ पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरे ।

प्रतिक्रिया