Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

टेन्डर प्रक्रिया सुरु गरिँदै बूढीगंगा जलविद्युत् आयोजनामा

टेन्डर प्रक्रिया सुरु गरिँदै बूढीगंगा जलविद्युत् आयोजनामा

अछामको साँफेबगर नगरपालिका–१० स्थित घुँघरकोटमा २० मेगावाटको बूढीगंगा अर्द्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा पुगेको छ । खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानी रहने आयोजनाको निर्माण थाल्न टेन्डर प्रक्रिया सुरु हुन लागेको छ । 

६ महिनाभित्रै टेन्डर प्रक्रिया पूरा गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख सूर्यप्रसाद रिजालले बताए । ‘अहिले टेन्डर अघि पूर्वयोग्यता (आईपीओ) का सूचना जारी भइसकेको छ । पूर्वतयारीका सबै काम सकिएको छ,’ रिजालले भने, ‘निर्माण कम्पनीहरूबाट पूर्वयोग्यता खरिद प्रक्रिया पनि सुरु भएको छ । टावर राख्ने ठाउँको जग्गा अधिग्रहण बाँकी छ । अब त्यो पनि सुरु गर्छौं ।’ २०७२ असार १४ मा सम्झौता भई २०७३ पुसमा डीपीआर बनाउने जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्रालि र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले २ महिना अघि मात्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको आयोजना कार्यालयले जनाएको छ । डीपीआरको लागत १९ करोड ९१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

आयोजना बनाउन २०५२ सालदेखि अध्ययन सुरु भएको थियो । सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार आयोजनाको अनुमानित कुल लागत करिब ६ अर्ब रुपैयाँ रहेको छ । आयोजना प्रमुख रिजालका अनुसार आयोजना निर्माणका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब रुपैयाँको ऋण सम्झौता भइसकेको छ । त्यसैगरी २०१२ जुलाई ४ मा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (१.८ अर्ब रुपैयाँ) ऋण सम्झौता भएको थियो । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त ऋण सम्झौतामा उल्लेख गरिएको उनले बताए ।

आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिमका जिल्लाहरूमा खपत हुने र बाँकी कैलालीको पहलमानपुरसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८.६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्युत् गृह, टेलरेस, सव–स्टेसन र प्रसारण लाइन आदि निर्माण हुने आयोजना कार्यालयले जनाएको छ ।

नयाँ भवनमा कार्यालय सारेपछि आयोजनाले आन्तरिक काम अघि बढाएको छ । भवन निर्माणको जिम्मा पाएको बिकेओल बिल्डर्स काठमाडौंलाई पटकपटक ताकेता गरेपछि सम्झौता भएको ३ वर्षमा ८ करोड ६८ लाखको लागतमा आयोजनाको कार्यालय र आवास भवन निर्माण भएको हो । आयोजनालाई आवश्यक पर्ने २९९ रोपनी जग्गासमेत अधिग्रहण गरेको आयोजना प्रमुख रिजालले बताए ।

आयोजनाका अनुसार बाँध क्षेत्रका लागि अछामकै मेल्लेख गाउँपालिका–४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका–१३ बाब्लामा ३२ रोपनी जग्गा अधिग्रहण गरिएको छ । डुबान क्षेत्रमा पर्ने कुस्कोटमा करिब ११ रोपनी र बाजुराको बूढीगंगा नगरपालिका–१० बाह्रबिसमा करिब २२ रोपनी जग्गा अधिग्रहण भएको छ ।

यसैगरी बाँधस्थल तथा सर्जट्यांकका लागि हात्तीकोटमा करिब ९१ रोपनी र क्याम्प स्थल तथा पहुँच मार्गका लागि घुँघुरकोटमा करिब ६५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । पुल बनाउन २०७३ साउन ९ मा करिब १ करोड २५ लाखमा श्याम सुन्दर/श्री गीता/हिम सगरमाथा जेभी काठमाडौंसँग सम्झौता भएको थियो । हाल पुल निर्माणका लागि ट्र्याक खोलिएको र अन्य कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

आजको कान्तिपुर मा समाचार छ ।

प्रतिक्रिया