Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

तुइनमा सास्ती, नहुँदा झनै सास्ती

तुइनमा सास्ती, नहुँदा झनै सास्ती

सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन नचढी धरै छैन । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन् । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ ।

तर कोरोना महामारीका कारण चैत दोस्रो सातादेखि नै तुइन बन्द गरिएको छ । तुइन रोकिँदा त्यस क्षेत्रका करिब दर्जन गाउँका बासिन्दा अनकन्टार टापुमा बसेजस्ता हुन पुगेका छन् ।

‘हाम्रा लागि तुइनको विकल्प छैन । सरकारले नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको सुनिन्छ, यहाँको तुइन पनि खोलिदिए हुने,’ व्यास–३ का रमेशसिंह कुँवरले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७२ साल) मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरेपछि यहाँका बासिन्दा उत्साहित भएका थिए ।

तर तुइन विस्थापन गर्न यहाँ झोलुङ्गे पुल बनेनन् । उल्टै कोरोना महामारीमा तुइन पनि बन्द गरिएपछि दार्चुलावासी समस्या झनै चुलिएको बताउँछन् ।

सरकारले नभएको पुलभन्दा भएकै तुइन चढ्न दिए जाती हुने उनीहरूको भनाइ छ । ‘स्वदेशकै बाटो हिँडे सदरमुकाम पुग्न दुई दिन लाग्छ,’ व्यास–२ राप्लाका हरकसिंह बुढाथोकीले भने, ‘तुइनबाट भारत पुगेर मोटरमा जाँदा एक दिनमै सदरमुकाम पुगेर घर फर्किन सकिन्छ ।’

महाकालीको तुइन विस्थापन गरेर भरपर्दो माध्यमबाट नेपाल–भारत आउजाउ गर्ने वातावरण बनाइदिन स्थानीयले दशकौंदेखि सरकारलाई आग्रह गर्दै आएका थिए । ‘बहुदल आएदेखि नै नेताहरूलाई पुल बनाइदिन गुहारेका थियौं,’ स्थानीय जगतसिंह धामीले भने, ‘तर पुल कहिल्यै बनेन ।’

दार्चुलामा नेपाल–भारत जोड्ने महाकालीका तुइन विस्थापन गर्न १० स्थानमा झोलुङ्गे पुल बनाउन सिफारिस गरिएको थियो । तीमध्ये निर्माणाधीन ४ पुल पनि कोरोना महामारीका कारण अलपत्र परेका छन् ।

सुरक्षाका हिसाबले यो क्षेत्रमा पुल निर्माणका लागि भारतीय पक्षले आलटाल गरेकाले पनि ढिलाइ हुन पुगेको धामीको विश्लेषण छ । डेढ वर्षअगाडि भारतले व्यासका बडुगाउँ, मडगाउँ र माल तथा मालिकार्जुन गाउँपालिकाको बाकुमा झोलुङ्गे पुल बनाउन सहमति जनाएको थियो ।

त्यहाँ काम सुरु भए पनि कोरोनाले रोकियो । फेरि काम सञ्चालन गर्न ठेकेदार कम्पनीले सरकारलाई आग्रह गर्दै आएको छ । निर्माण व्यवसायीका अनुसार दुई महिनादेखि सामान भारत लैजान सहजीकरण गर्न जिल्ला प्रशासनलाई लिखित रूपमै अनुरोध गरिएको छ ।

तर सुनुवाइ नभएको पुल निर्माणमा संलग्न मनमालिका निर्माण सेवा कञ्चनपुरका प्रोप्राइटर रघुवीरसिंह साउदले बताए । ‘नाका बन्द हुँदा सामान लैजान पाइएन,’ उनले भने, ‘पुलको लट्ठा र स्टिलका सामान सदरमुकाममै छरपस्ट राख्नुपरेको छ ।’ दुई पुल बनाउने जिम्मा पाएको मनमालिका निर्माण सेवाले दुवै ठाउँमा ६० प्रतिशतभन्दा बढी काम सकिएको जनाएको छ ।

व्यास–६ बडुगाउँमा एक सय २५ मिटर, २ नम्बर वडाको मालमा एक सय ३५ मिटर, ४ नम्बर वडाको मडगाउँमा एक सय १६ मिटर र मालिकार्जुन–६ बाकुमा एक सय ३५ मिटर लम्बाइको पुल बनाउने तय भएको छ ।

बडुगाउँ र बाकुको झोलुङ्गे पुल निर्माणको जिम्मा मनमालिका निर्माण सेवा कञ्चनपुरले दुई करोड ५५ लाख ६४ हजारमा पाएको हो । माल र बर्तिघाट ९मडगाउँ० को झोलुङ्गे पुल बनाउन खम्पाचेररुबिना जेभी काठमाडौंलाई दुई करोड ७३ लाखमा जिम्मा दिइएको छ ।

तुइन बन्द भएपछि व्यासका दुम्लिङ, कासाण, साङ्नाडी, माल, तोसरपानी, राप्लालगायत गाउँका बासिन्दा मर्कामा परेका हुन् । व्यास–२ साङ्नाडीका गोविन्दसिंह विष्टले महाकालीको तुइन बन्द भएपछि स्थानीय बजारमा सामान महँगिएको बताए । ‘दुई–अढाई दिन पिठ्युँमा बोकेर सामान गाउँमा पुर्‍याउँदा महँगो भएको छ,’ उनले भने । -कान्तिपुरबाट

प्रतिक्रिया