Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

‘बढाएर नम्बर दिँदा’ नतिजा राम्रो

‘बढाएर नम्बर दिँदा’ नतिजा राम्रो

कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरूले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

गत वर्षहरूको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यस वर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चालन गरेर त्यहीं उत्तरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो । २० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा समेत शिक्षकहरूले आफूखुसी नम्बर दिएकाले गत वर्षको भन्दा नतिजा राम्रो आएको हुन सक्ने बोर्डका अधिकारीहरू बताउँछन् ।

आन्तरिक मूल्यांकन, होम सेन्टरमा परीक्षा र विद्यालयमै उत्तरपुस्तिका परीक्षणका कारण पनि नतिजा गत वर्षको तुलनामा राम्रो देखिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘गत वर्षभन्दा यसपालि विद्यार्थीले धेरै पढ्न पाएर पनि नतिजामा सुधार आएको हुन सक्छ,’ उनले भने । गत वर्षहरूमा वैशाख/जेठमा हुने परीक्षा यसपटक कोरोनाका कारण मंसिरमा मात्र सञ्चालन गरिएको थियो ।

अघिल्लो वर्ष (२०७६) भन्दा नियमिततर्फ करिब १८ हजार बढी विद्यार्थी परीक्षामा सहभागी थिए । दुई वर्षको नतिजा तुलना गर्दा माथिल्लो स्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या बढी छ । ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यसपटक ६ हजार ९ सय १६ छ । गत वर्ष ३ हजार ६७ जनाले मात्र उक्त समूहको जीपीए प्राप्त गरेका थिए । जीपीएका ९ समूहमध्ये मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थी यसपटक ५२ हजार मात्रै छन् । गत वर्ष ८६ हजारले उक्त जीपीए प्राप्त गरेका थिए । मध्यमभन्दा उपल्लो जीपीए (२.४ देखि २.८) ल्याउने विद्यार्थीको संख्या यसपटक सबैभन्दा बढी १ लाख ९ हजार ३ सय १२ छ । गत वर्ष ५६ हजार ५ सय ३ जनाले मात्र उक्त जीपीए ल्याएका थिए । ‘विद्यालयहरूले २/४ नम्बर बढी दिएको हुनुपर्छ,’ बोर्डका एक सदस्यले भने, ‘सबै विषयमा २/४ नम्बर बढाएर दिँदा समग्र नतिजा राम्रो देखिएको हो ।’

गत वर्ष जीपीए ३.२ देखि ३.६ ल्याउने १६ हजार २ सय ४ जना थिए भने यसपालि ३८ हजार ४ सय ८० जनाले उक्त जीपीए प्राप्त गरे । त्यस्तै जीपीए २.८ देखि ३.२ ल्याउने गत वर्ष ३१ हजार ६२ मात्रै थिए भने यसपटक ७६ हजार ८ सय ४१ जनाले उक्त जीपीए ल्याएका छन् । शिक्षकले नम्बर बढाएर दिँदा

राम्रो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको तथ्यांकले पुष्टि गर्ने बोर्डका कर्मचारीले बताए ।

कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा, ४० पूर्णाङ्कको कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । एसईईमा शतप्रतिशत नै विद्यालयलाई मूल्यांकन गर्न दिँदा ९ हजार ३ सय ९१ जनाले ४ जीपीए ल्याएका थिए । ४० प्रतिशत नम्बर कक्षा ११ को आधारमा दिइएकाले पनि एसईईजस्तो शिक्षकहरूले बदमासी गर्न नपाएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । ‘गत वर्षभन्दा केही प्रतिशत मात्रै नतिजा सुधार

भएको हो, एसईईबाट पाठ सिकेर ४० पूर्णाङ्क हाम्रो नियन्त्रणमा राखेका थियौं,’ उनले भने । यसपटक बोर्ड र नेपाल टेलिकमको वेबसाइट, टेलिकमको एसएमएस र आईभीआर सेवाबाट मात्रै नतिजा थाहा पाउने व्यवस्था गरिएको छ । बोर्डले मात्रै परीक्षा सञ्चालन नगरेका कारण नतिजा प्रकाशनलाई धेरै प्राथमिकता नदिइएको बताइएको छ । गत वर्षहरूमा विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने व्यवस्था गरिएको हुन्थ्यो ।

नियमित, ग्रेड वृद्धि र आंशिक गरी ४ लाख ३३ हजार २ सय ७१ परीक्षार्थी थिए । धेरै विद्यार्थीले एकैपटक ती वेबसाइट चलाउँदा नखुल्ने समस्या भएको थियो ।

नियमिततर्फ ६ हजार ३ सय २० विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । यीमध्ये अधिकांश विद्यार्थीको विद्यालयबाट आन्तरिक मूल्यांकनको अंक प्राप्त नभएकाले स्थगित गरिएको शर्माले जनाए । कतिपय शिक्षकले पूर्णाङ्कभन्दा बढी र पूर्णाङ्क बराबर अंक दिएकाले नतिजा इन्ट्री र रुजुका क्रममा सच्याइएको थियो । मंसिर १६ मा परीक्षा सकिएपछि पुस १५ सम्म नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । गत वर्षभन्दा परीक्षा केन्द्र धेरै भएकाले इन्ट्री र रुजुमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

गत वर्ष करिब १ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन्थ्यो । यसपटक देशभरका ४ हजार १ सय ५ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । विद्यालयमै उत्तरपुस्तिका परीक्षण गरेर बोर्डको प्रदेश कार्यालयमा नम्बर रुजु गर्दा पनि परीक्षा सकिएको दुई महिनामा नतिजा सार्वजनिक गर्न बोर्ड सफल भएको हो । गत वर्ष बोर्डमा प्रदेश कार्यालयमा उत्तरपुस्तिका परीक्षण र केन्द्रमा इन्ट्री र रुजु गर्दा साढे दुई महिनामा नतिजा सार्वजनिक गरिएको थियो ।

नियमिततर्फ एक जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने ग्रेड वृद्धितर्फ २ हजार ९ सय ८२ जनाको परीक्षा स्थगित भएको छ । आंशिकतर्फ २ हजार १ सय ८८ जनाको परीक्षा स्थगित गरिएको छ । कोभिडले परीक्षा अनिश्चित हुँदा स्नातक तहको भर्ना र पठनपाठनसमेत प्रभावित बनेको थियो । बोर्डले मन्त्रिपरिषद्बाट परीक्षा कार्यविधि स्वीकृत गराएर परीक्षा सञ्चालन गरेको हो । परीक्षा सम्मिलित विषयहरूको सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड ल्याउने विद्यार्थीलाई १५ दिनपछि शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने बोर्डले जनाएको छ । साउनमा प्रकाशित हुने नतिजा ६ महिना ढिला भएको हो । विश्वविद्यालयहरूले कक्षा १२ को नतिजा सार्वजनिक हुनुअघि नै भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

प्रतिक्रिया