ताजा अपडेट
गुगलको बग बाउन्टीबाट एक वर्षमै ह्याकरले कमाए ७८ करोड
गुगलले बग बाउन्टी नाममा सन् २०२० मा मात्रै ६.७ मिलियन अमेरिकी डलर अर्थात ७८ करोड २२ लाख रूपैयाँभन्दा बढी रकम ह्याकरलाई उपलब्ध गराएको जनाएको छ ।
गुगलका विभिन्न सर्भिसमा रहेको सुरक्षा कमजाेरी पत्ता लगाएकाे भन्दै ६२ देशका ६ सय ६२ जना सुरक्षा अनुसन्धानकर्मीलाई कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।
गुगलले बग बाउन्टीकाे नाममा एक वर्षको अवधिमा यति धेरै रकम बुझाएको अहिलेसम्मकै धेरै हो । कम्पनीका अनुसार सन् २०२० मा सबैभन्दा बढी गुगल क्रोममा देखिएको त्रुटि देखिएको थियो ।
गुगल क्रोममा गत वर्ष ३ सय वटा बग देखा परेका थिए । उक्त बग पत्ता लगाएबापत मात्रै २१ लाख अमेरिकी डलर अर्थात् करिब २४ कराेड ५२ लाख रूपैयाँ भुक्तानी गरिएको थियाे । भने, दोस्रो बग गुगलकाे एन्ड्रोइड अपरेटिङ सिस्टममा पत्ता लागेकाे थियाे ।
जसमा कम्पनीले १७ लाख ४० हजार अमेरिकी डलर अर्थात २० कराेड ३१ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ ।
त्यस्तै गुगल प्ले स्टोरमा रहेको समस्या पत्ता लगाएबापत कम्पनीले २७ लाख डलर अर्थात् ३२ कराेड ४३ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया