ताजा अपडेट
गुगलको बग बाउन्टीबाट एक वर्षमै ह्याकरले कमाए ७८ करोड
गुगलले बग बाउन्टी नाममा सन् २०२० मा मात्रै ६.७ मिलियन अमेरिकी डलर अर्थात ७८ करोड २२ लाख रूपैयाँभन्दा बढी रकम ह्याकरलाई उपलब्ध गराएको जनाएको छ ।
गुगलका विभिन्न सर्भिसमा रहेको सुरक्षा कमजाेरी पत्ता लगाएकाे भन्दै ६२ देशका ६ सय ६२ जना सुरक्षा अनुसन्धानकर्मीलाई कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।
गुगलले बग बाउन्टीकाे नाममा एक वर्षको अवधिमा यति धेरै रकम बुझाएको अहिलेसम्मकै धेरै हो । कम्पनीका अनुसार सन् २०२० मा सबैभन्दा बढी गुगल क्रोममा देखिएको त्रुटि देखिएको थियो ।
गुगल क्रोममा गत वर्ष ३ सय वटा बग देखा परेका थिए । उक्त बग पत्ता लगाएबापत मात्रै २१ लाख अमेरिकी डलर अर्थात् करिब २४ कराेड ५२ लाख रूपैयाँ भुक्तानी गरिएको थियाे । भने, दोस्रो बग गुगलकाे एन्ड्रोइड अपरेटिङ सिस्टममा पत्ता लागेकाे थियाे ।
जसमा कम्पनीले १७ लाख ४० हजार अमेरिकी डलर अर्थात २० कराेड ३१ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ ।
त्यस्तै गुगल प्ले स्टोरमा रहेको समस्या पत्ता लगाएबापत कम्पनीले २७ लाख डलर अर्थात् ३२ कराेड ४३ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया