Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, तपाईंको त परेन ?

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, तपाईंको त परेन ?

५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ ।

फेसबुक प्रयोगकर्ताको यो डेटा लिक टेलिग्राम एपको बटमार्फत भएको बताइएको छ । भाइसको रिपोर्ट अनुसार लिक भएका फेसबुक अकाउन्टमा रहेको मोबाइल नम्बरको बिक्री २० अमेरिकी डलरमा भइरहेको छ ।

त्यस्तै थोकमा १० हजार व्यक्तिको जानकारीका लागि पाँच हजार अमेरिकी डलर मोल राखिएको छ । अन्य डेटा समेत यसैगरी बिक्री भइरहेको छ ।

रिपोर्टमा दाबी गरिएअनुसार यो डेटा सुरक्षित म्यासेजिङ एपको रुपमा प्रचार गरिएको टेलिग्राम एपबाट लिक भएको हो । डेटा लिक भएको समाचार बाहिर आएपछि फेसबुकले त्यस्तो बटले सन् २०१९ पछि बनेका अकाउन्टमा भने काम नगर्ने बताएको छ ।

सोझो अर्थमा भन्ने हो भने यो लिकबाट त्यस्ता प्रयोगकर्ताहरु प्रभावित भएका छन् जसको अकाउन्ट सन् २०१९ अघि बनाइएको थियो । फेसबुकका अनुसार यो ह्याकिङबाट सन् २०१९ भन्दा अगाडि बनाइएका अकाउन्टमा टेलिग्रामबाट पहुँच बनाउन सकिने अवस्था रहेको छ ।

यदि कुनै व्यक्तिले कसैको फेसबुक आईडी थाहा पाएको छ भने यो बटमार्फत त्यस्तो प्रयोगकर्ताको मोबाइल नम्बर पत्ता लगाउन सक्ने जोखिम रहेको थियो । त्यसैगरी यदि कुनै व्यक्तिको फोन नम्बर छ भने उक्त व्यक्तिको फेसबुक आईडी पत्ता लगाउन समेत यो बट प्रयोग गर्न सकिने अवस्था रहेको थियो ।

यद्यपी फेसबुकको उक्त भल्नरेबिलिटी (जोखिम) सन् २०१९ मै टाली सकिएको बताइएको छ । डेटा लिकमा परेका फेसबुक प्रयोगकर्ताहरु फिशिङ आक्रमण तथा अन्य किसिमका ठगीमा पर्नसक्ने जोखिम छ । फेसबुकले लामो समयदेखि टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताबाट फोन नम्बरहरु संकलन गर्दै आएको छ ।

के हो बट ?

बट एक प्रकारको सफ्टवेयर हो । जसले पूर्व निर्धारित कामलाई बारम्बार दोहोर्‍याइरहने सामर्थ्य राख्दछ ।

इन्टरनेटको माध्यमबाट काम गर्ने यस्तो बटको प्रयोग सामाजिक सञ्जालमा धेरै मात्रामा हुने गर्दछ । जसबाट कुनै कुरालाई भाइरल बनाउने, लाइक धेरै देखाउने, रिट्वीट गर्ने आदि कामहरु गर्ने गरिन्छ ।

प्रतिक्रिया