Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

१२ ओटा कम्पनीको ४ करोड ९२ लाखभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

१२ ओटा कम्पनीको ४ करोड ९२ लाखभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

फागुन ७, काठमाडौं । १२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आईपीओ आउने भएको हो । 

आवेदन दिएका १२ ओटा कम्पनीमध्ये आधिकांश जलविद्युत कम्पनी रहेका छन् । ९ ओटा जलविद्युत कम्पनी, एउटा जीवन बीमा कम्पनी, सिबिआइएल क्यापिटल मार्केट र डिस मिडिया नेटवर्क रहेका छन् ।

१२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ ।  

पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो सयमा नै शेयर सूचीकृत भइ दोस्रो बजारमा शेयर कारोबार शुरु हुने भएकाले आकर्षण बढेको हो । यसो त अहिले बजार पनि बढिरहेको छ ।  

छोटो सयमा नै थारै लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आर्कषण बढेको हो । पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा १५ लाखभन्दा बढीले आईपीओ भरेका थिए । 

कम्पनीले आईपीओ निष्कासन बाँडफाँट गरेको १५ दिनभित्रमा दोस्रो बजारमा कारोबारमा आएको थियो । यस कम्पनीको शेयरमूल्य कारोबारमा आएकै दिनदेखि ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि हुँदै आएको छ । अहिले ५ हजारको लगानी रू. २५ हजारभन्दा बढी पुगिसकेको छ । यसले गर्दा छोटो समयमा नै लगानीकर्ताले आकर्षक लाभ हात पारेका छन् । 

धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका तीन ओटा कम्पनीको आवेदन पाइप लाइनबाट हटेको छ । आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका तेह्रथुम पावर कम्पनी, शुभम पावर कम्पनी र इर्मजिङ नेपालको आवेदन हटेको हो । यी तीन ओटा कम्पनीले विगत ६ महीनादेखि आवेदन स्वीकृतिका लागि थप कागजातहरु माग उपलब्ध नगराएका कारण हटेको बोर्डले जानकारी दिएको छ । 

आईपीओ निष्कासन अनुमति पाइपलाइनबाट हटेका कम्पनीले आवश्यक कागजपत्र पुर्‍याएर आईपीओ निष्कासन गर्न निवेदन दिएमा पुनः स्वीकृत हुने बोर्डले जानकारी दिएको छ । 

स्रोत : नेपाल धितोपत्र बोर्ड 

प्रतिक्रिया