Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दाहाल–नेपाल समूहले एकताको मापदण्ड तोक्यो , यस्ता छन मापदण्ड का १२ बुँदा

दाहाल–नेपाल समूहले एकताको मापदण्ड तोक्यो ,  यस्ता छन मापदण्ड का १२ बुँदा

राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले संगठनात्मक एकता सम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ । मापदण्ड तयार पारे पनि विभिन्न कमिटीमा खाली पदहरु कहिलेसम्म पूर्ति गर्ने भन्ने समयसीमा भने तोकिएको छैन । 

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्र (पार्टी कमिटी एवं जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार) मा यथाशीघ्र एकताका काम सक्ने विषय उल्लेख छन् । नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त छन् । यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ ।

यस्तो छ मापदण्ड

१–प्रदेश र जिल्ला इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुनेगरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।

२–सामान्यतया पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०,५० प्रतिशत हुनेगरी, विशेष स्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ।

३–पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने । वरीयतामा ध्यान दिँदा साविक घटकको सम्बन्धित कमिटी वा संगठन भित्रैबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरीयताको दृष्टिबाट योग्यलाई जिम्मेवारी दिन सकिने ।

४–एकिकरणको काम वा रिक्त्र पदको पूर्ति गर्दा सम्बन्धित घटक भित्र सामान्यतया वरीयताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आवश्यकता अनुसार प्रदेश कमिटीले निर्णय गर्ने । यसो गर्दा सक्रियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेको अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने कुरातर्फ विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्मेवारी दिने ।

५–पार्टी केन्द्रीय कमिटी सदस्यको स्थान रिक्त रहेका ठाउँमा सदस्यको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय पदाधिकारीको रुपमा उपयुक्त व्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।

६–साविक एमाले पंक्तिमा रहेका गुट तथा फुटपरस्तहरुले कार्यकर्ताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकोले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा ध्यान दिने ।

७–पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिशमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त सदस्यको स्थान पूर्ति सम्बन्धित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा माथि उल्लेख गरिएका मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनसंगठनको विधान अनुरुप सदस्यहरुको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव उठाउने ।)

८–पार्टी पंक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्वको चयन गर्ने कुरामा विशेष ध्यान दिने ।

९–उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरुको पूर्ति गर्ने ।

पुस २० गते बसेको स्थायी कमिटी बैठकले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन सम्बन्धि मापदण्ड बनाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले माघ १ को स्थायी कमिटी बैठकमा प्रतिवेदन पेस गरेको थियो । उक्त बैठकले प्रतिवेदनलाई टुंगो लगाउन सचिवालयलाई जिम्मा दिएको थियो ।

कार्यदलमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत थिए।

प्रतिक्रिया