Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २२ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

अब पोसिलो खाजा स्कुलमै नि:शुल्क पाईने

अब पोसिलो खाजा स्कुलमै नि:शुल्क पाईने

सामुदायिक विद्यालयमा पढ्ने ४ देखि १२ वर्षसम्मका ३० लाख बालबालिकालाई सरकारले नै खाजाको व्यवस्था गरेको छ। स–साना विद्यार्थीले अब चाउचाउ र चिजबलको सट्टा फर्सीको प्यान केकदेखि कोदोको हलुवालगायत पोसिलो खाजा खान पाउने भएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका लागि जंक फुड निषेध गर्दै दिवा खाजा तालिका सार्वजनिक गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको यो केन्द्रले स्थानीय स्तरमा उत्पादन हुने खानेकुरालाई प्राथमिकतामा राखेको छ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसका लागि साढे ७ अर्ब रुपैयाँ विद्यालयमा पठाइएको जानकारी दिए। महानिर्देशक अर्यालका अनुसार विद्यालयमा वर्षभरि पढाइ हुने अवधि १ सय ८० दिनसम्म प्रतिदिन प्रतिविद्यार्थी कर्णालीमा २० रुपैयाँ र अन्य क्षेत्रमा १५ रुपैयाँका दरले दिवा खाजाको शुल्क उपलब्ध गराइनेछ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै विद्यार्थीलाई स्वस्थ र ताजा खाजा खुवाउने उद्देश्यले मेनु सार्वजनिक गरिएको हो। यो सुरुवात मात्र भएकाले मेनु तथा शुल्कमा सुधार गर्न सकिने महानिर्देशक अर्यालले बताए। खाजा तालिकामा विभिन्न खाजाको पौष्टिक विवरण र त्यसलाई बनाउँदा प्रयोग गरिने सामग्रीबारे खुलाइएको छ।

तालिकाअनुसार पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुंगामा ६ प्रकारका मेनु तयार पारिएको छ। जसअन्तर्गत पोसिलो जाउलो, मकैको खिर तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाटी र आलु पनिर छ।

मध्यपहाडी क्षेत्रका जिल्ला सिन्धुली, रामेछाम, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, बर्दघाट, सुस्तापूर्व, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत र लमजुङका लागि पनि ६ वटा मेनु तोकिएको छ। जसमा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, चिउरा मासु, क्वाटी, मकैको खिर तरकारी र पानी रोटी छन्।

पश्चिम पहाडी जिल्ला बागलुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्व, पश्चिमरुकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी र डडेलधुरामा पोसिलो जाउलो, फापरको रोटी, मकैको खिर, क्वाटी, ढिंडो र कोदोको  पुवा सिफारिस गरिएका छन्।

पूर्वी तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विद्यार्थीका लागि खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, चिउरा मासु र मकैको लावा फूल तोकिएको छ। त्यसैगरी झापा, मोरङ, सुनसरी र उदयपुरमा भुटेको भात, पुरी तरकारी, भुटेको अण्डा र चिउरा, खिर तरकारी, पानी रोटी र दही चिउरा र तरकारी छन्।

पश्चिम तराईका चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका विद्यार्थीका लागि भुटेको भात, गहुँको हलुवा, गेडागुडी मिक्स, चिउरा मासु, जाउलो र मकैको भटमास तरकारी तोकिएको छ। पश्चिम तराईकै बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि भने भुटेको अण्डा र भात, चना चिउरा, खिर तरकारी, रोटी अचार, गेडागुडी साँधेको र दही चिउरा र तरकारी छन्।

पूवी हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभामा मासको जाउलो, मकैको खिर, आलु बदाम, फापरको ढिंडो, कोदोको पुवा र क्वाटी तोकिएको छ। मध्य हिमाली जिल्ला दोलखा, रसुवा, गोरखा, मनाङ र मुस्ताङमा जाउलो, अन्डा भुजा, क्वाटी, कोदोको हलुवा, हरियो मकैको तरकारी र आलुदम छन्। पश्चिमी हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरा र दार्चुलामा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, कला र सिमीको कोल, फापरको लगर, मकै भटमास र चिनोको खिर र तरकारी सिफारिस गरिएको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ