Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २६ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

अब पोसिलो खाजा स्कुलमै नि:शुल्क पाईने

अब पोसिलो खाजा स्कुलमै नि:शुल्क पाईने

सामुदायिक विद्यालयमा पढ्ने ४ देखि १२ वर्षसम्मका ३० लाख बालबालिकालाई सरकारले नै खाजाको व्यवस्था गरेको छ। स–साना विद्यार्थीले अब चाउचाउ र चिजबलको सट्टा फर्सीको प्यान केकदेखि कोदोको हलुवालगायत पोसिलो खाजा खान पाउने भएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका लागि जंक फुड निषेध गर्दै दिवा खाजा तालिका सार्वजनिक गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको यो केन्द्रले स्थानीय स्तरमा उत्पादन हुने खानेकुरालाई प्राथमिकतामा राखेको छ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसका लागि साढे ७ अर्ब रुपैयाँ विद्यालयमा पठाइएको जानकारी दिए। महानिर्देशक अर्यालका अनुसार विद्यालयमा वर्षभरि पढाइ हुने अवधि १ सय ८० दिनसम्म प्रतिदिन प्रतिविद्यार्थी कर्णालीमा २० रुपैयाँ र अन्य क्षेत्रमा १५ रुपैयाँका दरले दिवा खाजाको शुल्क उपलब्ध गराइनेछ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै विद्यार्थीलाई स्वस्थ र ताजा खाजा खुवाउने उद्देश्यले मेनु सार्वजनिक गरिएको हो। यो सुरुवात मात्र भएकाले मेनु तथा शुल्कमा सुधार गर्न सकिने महानिर्देशक अर्यालले बताए। खाजा तालिकामा विभिन्न खाजाको पौष्टिक विवरण र त्यसलाई बनाउँदा प्रयोग गरिने सामग्रीबारे खुलाइएको छ।

तालिकाअनुसार पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुंगामा ६ प्रकारका मेनु तयार पारिएको छ। जसअन्तर्गत पोसिलो जाउलो, मकैको खिर तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाटी र आलु पनिर छ।

मध्यपहाडी क्षेत्रका जिल्ला सिन्धुली, रामेछाम, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, बर्दघाट, सुस्तापूर्व, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत र लमजुङका लागि पनि ६ वटा मेनु तोकिएको छ। जसमा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, चिउरा मासु, क्वाटी, मकैको खिर तरकारी र पानी रोटी छन्।

पश्चिम पहाडी जिल्ला बागलुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्व, पश्चिमरुकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी र डडेलधुरामा पोसिलो जाउलो, फापरको रोटी, मकैको खिर, क्वाटी, ढिंडो र कोदोको  पुवा सिफारिस गरिएका छन्।

पूर्वी तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विद्यार्थीका लागि खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, चिउरा मासु र मकैको लावा फूल तोकिएको छ। त्यसैगरी झापा, मोरङ, सुनसरी र उदयपुरमा भुटेको भात, पुरी तरकारी, भुटेको अण्डा र चिउरा, खिर तरकारी, पानी रोटी र दही चिउरा र तरकारी छन्।

पश्चिम तराईका चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका विद्यार्थीका लागि भुटेको भात, गहुँको हलुवा, गेडागुडी मिक्स, चिउरा मासु, जाउलो र मकैको भटमास तरकारी तोकिएको छ। पश्चिम तराईकै बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि भने भुटेको अण्डा र भात, चना चिउरा, खिर तरकारी, रोटी अचार, गेडागुडी साँधेको र दही चिउरा र तरकारी छन्।

पूवी हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभामा मासको जाउलो, मकैको खिर, आलु बदाम, फापरको ढिंडो, कोदोको पुवा र क्वाटी तोकिएको छ। मध्य हिमाली जिल्ला दोलखा, रसुवा, गोरखा, मनाङ र मुस्ताङमा जाउलो, अन्डा भुजा, क्वाटी, कोदोको हलुवा, हरियो मकैको तरकारी र आलुदम छन्। पश्चिमी हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरा र दार्चुलामा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, कला र सिमीको कोल, फापरको लगर, मकै भटमास र चिनोको खिर र तरकारी सिफारिस गरिएको छ। 

प्रतिक्रिया