Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भगवानले कुनै अन्हेर नगरुन् !

भगवानले कुनै अन्हेर नगरुन् !

कन्टिर–बाबूको भ्रमण यस पटक सुदूरपश्चिमतर्फ केन्द्रित थियो । यसै क्रममा उनी बैतडी पुगेका थिए । यहाँ पुगिसकेपछि भागिरथी भट्टको बलात्कारपछि हत्या भएको चर्चित घटना सन्दर्भले कन्टिर–बाबूलाई नतान्ने कुरै भएन । 

स्थानीय प्रशासन र प्रहरीका अनुसार हत्याको अभियुक्तलाई पक्राउ गरिसकिएको छ । स्मरणीय छ, यस घटनाको अनुसन्धानमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) आफै संलग्न थिए । हुनसक्छ, यसअघि यसै प्रदेशको महेन्द्रनगरमा भएको अपराधी अहिलेसम्म पत्ता लगाउन नसकेको निर्मला पन्तको बलात्कार र हत्याको घटनाका कारण राज्य र प्रहरी प्रशासन बढी सचेत अनि संवेदनशील थियो । यसैले फिल्डमा स्वयं डिआइजीले कमान्ड सम्हालेका थिए ।

तर खासमा यो कुरा कन्टिर–बाबूलाई ठीक लागेको छैन । यो त भयो, काम गर्ने कालु आ मकै खाने भालुवाला बात । स्थानीय प्रहरी–प्रशासनका अनुसार सबै अनुसन्धान उनीहरूले गरे आ जस जति डिआइजीले लिएर गइहाले ।

कन्टिर–बाबूको मनमा अर्काे भित्रिया कुरा पनि खेलिरहेको छ– के अब नेपालका प्रत्येक गाउँ र टोलमा हुने अपराधको अनुसन्धान डिआइजी स्वयम्ले नै गर्ने हो ? के यसो गर्नु सम्भव छ ? के डिआइजीलाई जिल्ला र स्थानीय चौकीका प्रहरीमाथि विश्वास छैन ?

कन्टिर–बाबूलाई यो प्रसङ्गमा चाहिँ हदै भएजस्तो लाग्छ । अरे, प्रहरी–प्रशासन हो, चेन अफ कमान्ड हुनु बहुत जरुरी छ । प्रहरी सन्जाललाई हौसला र ढाढस जरुरी छ । यसको अर्थ यो होइन कि बडकाहरू आफै सोझै मैदानमा कुदिहाल्ने । यसको मतलब यो होइन कि स्थानीय प्रहरी सन्जालमाथि विश्वासै नगर्ने ?

यति बेला कन्टिर–बाबूको मनमा जिज्ञासा उत्पन्न भएको छ– यस घटनापछि अपराध–अनुसन्धानबारे आमजनताको महत्वाकाङ्क्षा बढेको छ । यो नजिरका आधारमा भोलिका दिनमा जनताले हरेक घटनाको अनुसन्धानमा डिआइजीको प्रत्यक्ष उपस्थिति खोज्न थाले भने के हुन्छ ? अपेक्षित डिआइजीको भौतिक उपस्थिति नपाएर जनता नारा–जुलुस गर्न थाले भने के होला ?

कन्टिर–बाबूको प्रार्थना छ– भगवानले यस्तो अन्हेर नगरुन् । तर खुदा न खास्ता भविष्यमा यस्तो स्थिति उत्पन्न भएछ भने स्थानीय प्रहरी–प्रशासनप्रति अविश्वासको मात्रा चुलियो भने देशको हालत के होला ? कन्टिर–बाबूलाई थाहा छैन, कसैलाई थाहा भए बताइदिनुहोला !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया