Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशङ्का

तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशङ्का

मौका मिल्यो कि कन्टिर–बाबू हातमा रिमोट लिएर टेलिभिजनको स्क्रिनसामु बसिहाल्छन् र ख्याट–ख्याट रिमोटका बटनहरू थिच्न थाल्छन् । यो क्रममा केही राम्रो लागे एकछिन अडिन्छन्, होइन भने रिमोटको बन्द बटन थिच्छन् ।

कन्टिर–बाबूलाई भारतीय टेलिभिजन च्यानलमा देखाइने एक विज्ञापन बडो मन पर्छ … आओ कुछ तुफानी करते है भन्ने डाइलग भएको त्यो विज्ञापन मलाईमात्र होइन, अचेल हाम्रा ओल्बालाई पनि अचेल मन पर्न थाले जस्तो लाग्दै छ ।

उद्घाटन, शिलान्यास अनि प्रदेश एकको भ्रमणका सन्दर्भमा ओल्बाले त्यही तुफानी शैली अहिले चर्चित छ । अरे यार, प्रदेश एकमा एकै दिनमा ३० भन्दा बढी पुलको शिलान्यास, , लगत्तै औद्योगिक ग्राम शिलान्यास, क्यान्सर अस्पताल उद्घाटन ।

यी सबै काम हप्ता दिनभित्रका हुन् । आज–भोलि ओल्वा फेरि प्रदेश १ मा आउने कुरो छ । त्यसो त यो प्रदेश ओल्बाको आधारभूमि हो, आउनु स्वाभाविक हो । तर कन्टिर–बाबूले ओल्बाको यो तारन्तार तुफानी कार्यक्रमको भेउ पाउन सकेका छैनन् ।

सुरुमा सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरे आन्दोलनको आँधी–बेहरी सिर्जना गर्ने धम्की दिँदै हिँडेका ओल्बा पुनःस्थापनाको निर्णयपछि भने बहादुरीका साथ पछि हटे । आफू हार्दा पनि आत्मविश्वासलाई हार्न नदिएका ओल्बालाई थकाइ नलागेको देख्दा कन्टिर–बाबू अचम्ममा परेका छन् । नियम–कानुन, विधान मिचेर हिँड्न मन पराउने बूढाको दमखम भने अनुकरणीय लाग्छ ।

कन्टिर–बाबूलाई ओल्बाको सक्रियता र दमखम भन्दा पनि उनको तुफानी दौडाहाको अर्थ र उद्देश्य के हो ? पत्ता लगाउन मन लागेको छ । कतै उनी संसारका सबैभन्दा धेरै शिलान्यास र उद्घाटन गरेर दुनियाँ आश्चर्यचकित पार्ने प्रधानमन्त्रीका रूपमा गिनिज बुक अफ रेकर्डस्मा कीर्तिमान दर्ता गराउने रहर र योजनामा त छैनन् !

यता, संसद् पुनःस्थापनासँगै सरकारबाट बाहिरिने दिन जति–जति नजिक आउँदै छ, उति–उति ओल्बा सक्रिय हुनुलाई कसै–कसैले पदमा आफू भएकै बेला थाति काम भ्याइहालौँ भन्ने सोच पनि हुन सक्ने टिप्पणी गरेका छन् ।

तर रेकर्ड र कामको कुरा एउटा पाटोमा छ, शारीरिक आवश्यकता र स्वास्थ्यको कुरा अर्को पाटोमा । कन्टिर–बाबूको चिन्ता भने रेकर्ड र कामभन्दा पनि ओल्बाको स्वास्थ्य अवस्थाप्रति बढी छ ।

कन्टिर–बाबू माथामा हात राखेर सोचिरहेका छन्– शिलान्यास, उद्घाटन आदि अरूले गर्दा पनि हुने कुरामा मरिहत्ते पारेर बूढालाई किन दुःख दिइरहेका हुन् ? टिकटक बनाउने चक्करमा कतिपय केटा–केटीको ज्यान गए जस्तै केही तुफानी गरेर देखाउने र रेकर्ड बनाउने चक्करमा बूढाको स्वास्थ्य अवस्था तल–माथि केही भइदियो भने चाहिँ त्यसको जबाफदेही को हुन्छ ?

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया